परराष्ट्रमन्त्री ज्ञवालीद्वारा ‘बोकाको मन’ सार्वजनिक

काठमाडौँ । साहित्यकार काशीनाथ मिश्रित (ज्ञवाली) द्वारा रचित ‘बोकाको मन’ (व्यङ्ग्य निबन्धसङ्ग्रह) सार्वजनिक गरिएको छ । 

 

भुँडीपुराण प्रकाशनद्वारा यहाँ आयोजित पुस्तक विमोचन कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो व्यङ्ग्य निबन्धसङ्ग्रहको विमोचन गरे । सङ्ग्रहमा नेपालको राजनीतिलगायतका विषयलाई व्यङ्ग्य गरिएका दुई दर्जन निबन्ध समावेश गरिएका छन् । 

 

सो अवसरमा मन्त्री ज्ञवालीले देशमा लामो सङ्घर्षपछि राजनीतिक परिवर्तन प्राप्त भएको सन्दर्भमा सांस्कृतिक परिवर्तनका लागि अझै केही समय लाग्ने बताउनुभयो । उहाँले व्यङ्ग्यलाई जबर्जस्ती ढङ्गभन्दा पनि शालिन ढङ्गबाट प्रस्तुत गर्न आग्रह गरे । 

 

‘बोकाको मन’ का लेखक ज्ञवालीले अपाङ्गता भएका व्यक्तिको राज्यका हरेक संरचनामा समान सहभागिता हुनुपर्ने माग गरे । रुरु–५ सुन्डाँडा, गुल्मीमा विसं २०३० मा जन्मिएका दृष्टिविहीन साहित्यकार ज्ञवाली गाउँकै विद्यालयमा शिक्षक हुन् । उनी कविता, काव्य र निबन्ध लेखनमा पनि सक्रिय हुनुहुन्छ । ज्ञवालीका यसअघि ‘रक्सी’ (खण्डकाव्य), ‘केही अभिव्यक्तिः केही परिभाषा’, ‘भोकमारी’ सहलेखन र ‘दुर्भाग्य’ (महाकाव्य) प्रकाशन भइसकेका छन् । 


थप समाचार

खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

  • 1 hour ago
खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतै रोकिएकी छन् ।

नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

  • 1 hour ago
नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरबाट ३ थान बन्दुक बरामद गरिएको छ ।

पाँच कम्पनीकाे शेयर सूचिकृत

  • 1 hour ago
पाँच कम्पनीकाे शेयर सूचिकृत

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।