अमिताभले भुल्न नसकेको त्यो दिन...

एजेन्सी । बलिउडका कुनै समयका चर्चीत अभिनेता हुन् राजकुमार । उनले बलिउडमा जति पनि फिल्म गरे ति सबै सफल नै रहे ।

 

राजकुमारसँग बलिउडका धेरै अभिनेताहरुले काम गर्ने अवसर पाउँदा आफुलाई ठुलो गर्वको महसुस गर्थे । आइकोनिक इमेजका कारण पनि उनको बलिउडमा आफ्नै पहिचान रहेको थियो र अझै पनि रहेको छ ।

 

रिल लाइफमा तथा रियल लाइफमा उनी व्यंग गर्न, मजाक गर्न निकै माहिर मानिने गर्थे । यस्तै उनको मजाकको शिकार भए अमिताभ बच्चन ।

 

एक पार्टीमा दिलिप कुमार र राजकुमार गफ गरेर बसिरहेका थिए । यसै बखत अमिताभ बच्चन त्यहाँ आइपुगे । राजकुमारले अमिताभको सुटको तारिफ गरे ।

 

राजकुमारले तारिफ गरेपछि अमिताभले पनि खुसी हुँदै उक्त सुट किनेको ठाउँ बताउनै लागेका थिए, तर राजकुमारले अमिताभभन्दा पहिला नै आफ्नो व्यंग हानि हाले । उनले भने,‘मलाई घरमा पर्दा सिलाउन थियो । त्यसकारण सोधेको ।’

 

यो कुरा सुनेपछि अमिताभ केही बोल्न सकेनन तर हाँसिनै रहे । उनले बुझिसकेका थिए कि राजकुमारले मजाक गर्दैछन् ।

 

उनलाई यो पनि थाहा थियो कि राजकुमारको बोलीलाई लिएर कसैले पनि नराम्रो सोचदैन्थे । उनले पनि उक्त कुरालाई मजाकमा नै लिए ।

 


थप समाचार

आफ्नै शिशुलाई मारेर फरार भएकी आमा पक्राउ

  • 9 minutes ago
आफ्नै शिशुलाई मारेर फरार भएकी आमा पक्राउ

काठमाडौँ । आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ ।

वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

  • 31 minutes ago
वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

काठमाडौँ । मुलुकको विकास निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ ।

नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

  • 43 minutes ago
नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

भरतपुर । कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।