शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्मको यात्रा

फाइल फाेटाे
Education Park

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

 

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश, सरकारका सचिव तथा उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो । 

 

संवैधानिक परिषद्को सिफारिसमा मिश्रको नाम आजै संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 

कामु प्रधानन्यायाधीश मिश्रलाई यही भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उनले आज साँझ नै पदबहाली गर्ने जनाइएको छ ।

 

कानून मन्त्रालयको शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेका मिश्रलाई आजदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर प्राप्त भएको छ । 

 

रुपन्देही जिल्ला रायपुरमा वि.सं. २०१० पुस २८ गते पिता महेशदत्त र माता अन्नपूर्ण मिश्रको सन्तानका रुपमा जन्मेका ओमप्रकाश मिश्रले वि.सं. २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गरेका हुन् ।

 

त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक, राजनीतिकशास्त्रमा स्नातकोत्तर र भारत नयाँदिल्ली विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर मिश्रले कानून मन्त्रालयमा शाखा अधिकृतका रुपमा काम गर्दागदै २०४२ साल कात्तिक ११ देखि मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा जगेडा जिल्ला न्यायाधीशका रुपमा काम शुरु गरे ।

 

त्यसैगरी उनले जाजरकोट, प्युठान, कैलाली, मोरङ र काठमाडौँमा जिल्ला न्यायाधीशका रुपमा क्रियाशील भएर काम गरे । मिश्रले वि.सं. २०६२ चैत १० गतेदेखि पुनरावेदन अदालत विराटनगरको न्यायाधीशका रुपमा काम शुरु गरी विशेष अदालत हुँदै २०६९ पुस २६ गतेदेखि तत्कालीन पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधीशका रुपमा काम गरे ।

 

वातावरण र भ्रष्टाचार मुद्दामा छवि 

 

वि.सं. २०७१ जेठ १३ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीशका रुपमा काम शुरु गरेका मिश्रले वातावरण, भ्रष्टाचारलगायत मुद्दामा राम्रो फैसला गर्ने न्यायाधीशको छवि बनाएका छन् । मिश्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्यायिक अनुभव पनि छ ।

 

नवनियुक्त प्रधानन्यायाधीश मिश्रले जापान र दक्षिण कोरियामा पुगेर मेलमिलाप पद्धतिको थप विकास र परिमार्जनसम्बन्धी अध्ययन गरेका छन् । सूचना प्रविधिलाई थप प्रभावकारी बनाउन उनले चीनको अदालतको अभ्यासको अध्ययन गरेका छन् ।

 

त्यसैगरी न्यायपालिकाको योजना, अभ्यास र प्रक्रियाका सम्बन्धमा फ्रान्स, जर्मनी, बेलायत, बेल्जियम र अमेरिकामा उनले अध्ययन भ्रमण गरेका छन् । उनले मुद्दा व्यवस्थापन र मेलमिलाप सम्बन्धमा जापान र न्याय प्रणाली एवं न्यायपालिकासम्बन्धी अध्ययनमा अष्ट्रेलिया, श्रीलङ्का र फिलिपिन्सको अध्ययन भ्रमण गरेका छन् । 

 

मिश्रले कामु प्रधानन्यायाधीशका रुपमा गत साउन २० गतेदेखि काम शुरु गरेका हुन् । प्रधानन्यायाधीशका रुपमा उनले ५ महिना काम गर्नेछन् । आगामी पुस १८ गते सर्वोच्च अदालतको न्यायाधीशको ६५ वर्षे उमेर हदका कारण उनले अवकाश पाउने छन्  । उनको अवकाशपछि वरिष्ठतम न्यायाधीशका हैसियतले न्यायाधीश चोलेन्द्रशम्शेर जबराको हातमा न्यायालयको जिम्मेवारी आउनेछ ।


थप समाचार

सुन्दर युवतीका क्रुर श्रीमान !

  • 5 hours ago
सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्

रेखाबारेको त्यो तितो सत्य !

  • 5 hours ago
रेखाबारेको त्यो तितो सत्य !

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

  • 5 hours ago
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।