Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘शताब्दी –यात्रा’ गर्ने ‘पण्डित माता’

‘शताब्दी –यात्रा’ गर्ने ‘पण्डित माता’


काठमाडौँ। पौराणिक कथा तथा किंवदन्तीहरूमा विश्वास गर्ने हो भने मानिसको सरदर आयु एक सय वर्ष हो। मन र शरीर स्वस्थ्य रहेमा त्यसभन्दा बढी पनि बाँचेका उदाहरणहरू छन्। कोही बुढ्यौली उमेरलाई ‘दिन काट्ने काल पर्खने’ भन्छन् त कोही ‘बुढो भयो सब रङ्ग गयो, आँगन भयो परदेश।’ तथापि स्वस्थ्य मानिसहरूलाई उमेरले केही गर्दैन। प्रौढ मानिसले अरूलाई दिन सक्ने खास चिज हो– अनुभव। त्यो पनि लिखित रूपमा आएमा भविष्यका पुस्तालाई उपयोगी हुने छ।

नेपालबाट बालकै कालमा म्यान्मा पुगी पुनः नेपालको मोरङ हुँदै हाल ललितपुर, कुुसुन्ती आइपुग्नुभएका इन्द्रमाया पौड्यालले आफ्नो सय वर्षे जीवनका तिनै अनुभव पस्केर पाठकहरूलाई गुन लगाएका छन्। ‘शताब्दी –यात्रा’ (प्रकाशक स्वयं, २०८०) एउटी वृद्धाको देशविदेशमा रहँदाको दुःख, सङ्घर्ष र आनन्दानुभूतिको पनि कथा हो।

मूल माइतीघर नेपालको ताप्लेजुङ भएका पौड्याल सानैमा परिवारसाथ म्यान्मा पुगी उतै बिहावारी भई पछि भारत हुँदै नेपाल फर्किएका हुन्। नेपाल–भारत–म्यान्मा–भारत हुँदै फेरि नेपाल आइपुगेका उनी अन्य नेपाली नारीभन्दा यस अर्थमा फरक हुन् कि गीता पाठ गर्थे, हिन्दू संस्कारका कर्मकाण्ड गराए। महिलाहरूलाई स्वस्थानी व्रत समापन गराइदिने, बालकहरूको व्रतबन्ध गराइदिने, जनै बाट्ने जस्ता पुरुषले गर्ने काम पनि गर्न सक्ने उनको विशेषता थियो। उनको जिकिर छ, मूल संस्कृत रामायणमा नभएको दुई प्रसङ्ग भानुभक्तको ‘रामायण’ मा छैनन्– पहिलो रावणपत्नी मन्दोदरीको बालिसँगको सहबासपछि छोरा अङ्गद जन्मेको कुरा र दोस्रो ब्रह्माले रावणलाई दिएको कालवाण आफ्नो राजमहल निर्माण गर्दा जगमा लुकाएर राखेको कुरा। यदि यसो हो भने छुटेका कुरा थप्न सके भानुभक्तको ‘रामायण’ले अझ पूर्णता पाउँथ्यो।

आफूले जन्माएका पाँच छोराछोरी सानैमा बितेको, पतिको युवावस्थामा निधन भएको र परिवारका अन्य सदस्यको पनि मृत्यु भएको –यस्तो पीडा खप्नुभएका ‘माता’ ले नेपालमा विसं १९९० र ०७२ को भूकम्प तथा ‘बर्मा’ मा दोस्रो विश्वयुद्धको त्रासदी पनि भोगे। राजा महेन्द्रका प्रयासबाट अन्य नेपाली परिवारका साथ भारत कोलकाता हुँदै नेपाल फिर्ती भएका उनको ११ जनाको परिवार मोरङ, तत्कालीन बर्दङ्गा गाउँपालिका, कल्याणपुर फक्र्यो र झोडा फाँडेर बस्न थाल्यो र ऋण लिएर बस्यो, साहुले जाली तमसुक बनाएर घरबार उठायो र कनिका खाँदै दुःखका अरू दिन काट्यो।

तैपनि उनले ससानो चियापसल गर्दै गाउँका बालबालिकालाई कखरा, नेपाली र संस्कृत भाषा पढाउँदै जीवन चलाए। उनकै पिता दामोदर खतिवडाले काले राई (डा स्वामी प्रपन्नाचार्य)लाई बालकैमा पढाएका रहेछन्। “शिक्षाले मानिसलाई आँट, साहस दिन्छ। सोचको दायरालाई र दृष्टिकोणलाई फराकिलो बनाउँछ। …नारी शिक्षाको महत्त्व कति छ भन्ने कुरा मैले आफ्नै जीवनबाट अनुभव गरेकी छु”, शतवर्षीया लेखिका पौड्याल भन्छिन्।

पछि ज्वाइँछोरीहरूका सहायताले बेलायत, अस्ट्रेलिया भ्रमणका साथै भारत र नेपालका केही तीर्थस्थलको भ्रमण गरेका उनले केही दुर्घटना र स्वास्थ्य समस्या पनि निकै भोगिन्। कान्छी छोरी बिमला पौड्यालले अन्तरजातीय विवाह गर्दा निकै पछि मात्र आफूले समर्थन दिएको, उनी परराष्ट्रमन्त्री हुँदा घरमा परिवारसहित खीर खाएको, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको, अङ्कबाट पनि भाषा अर्थात् कुराकानी गर्ने सूत्र जानेको जस्ता अन्य रोचक प्रसङ्ग पनि कृतिमा उल्लेख छ।

कृतिको भूमिकामा पूर्वसांसद विन्दा पाण्डे (पिएचडी) लेख्छिन्, “जीवन बुझ्नु पहिला नै विवाह, प्रवासी जीवनले सँगालेका अनुभव, युद्धभूमिमा सामान्य नागरिकको जीवन र देश फर्कँदाको त्यो त्रासदीपूर्ण अवधिमा धैर्यमा तैरिएर पारि किनारा पुगेको जीवन साँच्चै साहसिक लाग्छ।” अरुणिमा बस्ती, कुसुन्तीमा मातासँग एउटै आवासीय क्षेत्रमा रहेका वरिष्ठ पत्रकार युवराज घिमिरे पुस्तक एक व्यक्ति, एक नारी, एक योद्धा र एक विदूषी र एक आमाको रहेको रहेको जनाउँछन् भने पत्रकार अमृता लम्साल आइपर्ने कुनै पनि कठिन परिस्थितिमा आत्तिनुहुन्न र सुखद परिस्थितिमा मात्तिन हुन्न भन्ने पाठ उनको भोगाइले पढाउने विश्वास व्यक्त गर्छन्।

पत्रकार शुभेच्छाविन्दु तुलाधरले सम्पादन गरेका कृतिमा केही शब्दगत (‘अष्टवेद’–हुनुपर्ने अश्वमेध), वर्णविन्यासगत र व्याकरणगत त्रुटि तथा पुनरुक्ति जस्ता दोष छन्। आवरणपृष्ठमा कृतिको शीर्षक अपेक्षाकृत सानो अक्षरमा र लेखिकाको नाम कोष्ठमा राखिनुपर्नाको कारण बुझिएन। लेखिकाको वंशावली, सम्बन्धित तस्बिर र पत्रहरूले कृतिलाई अझ ओजपूर्ण बनाएको छ। हरेक मानिसले यसरी आफ्ना अनुभव बाँड्दै जाने हो भने हाम्रो इतिहास संरक्षण गर्न मद्दत पुग्ने छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्धक्क भई मतदानमा सहभागी हुन आयाेगकाे आग्रह

काठमाडौँ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर

काठमाडाैँ विश्वकै प्रदूषित शहर बन्याे

काठमाडौँ । काठमाडौँ विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको ‘आईक्यू एअर’ ले गरेको मापनअनुसार आज

नेपाल र चीनबीच बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकाससम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल र चीनबीच दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयसँग विश्वव्यापी

पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छः आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता

प्रधानमन्त्री र एडीबीका उपाध्यक्षबीच लगानी सम्मेलनका विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास

Techie IT