Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालगोर्खा वारियरमा हाम्रो कथा देखाइएको छ: प्रधानसेनापति शर्मा

गोर्खा वारियरमा हाम्रो कथा देखाइएको छ: प्रधानसेनापति शर्मा


काठमाडौँ । शुक्रबार बेलुकी आयोजित चलचित्र ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी हेरेपछि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले चलचित्रमार्फत गोर्खालीको वीरता प्रस्तुत भएको प्रतिक्रिया दिए । उनकी श्रीमती तथा सैनिक श्रीमती सङ्घकी अध्यक्ष सुनिता शर्मासँग विशेष प्रदर्शनीमा पुगेका थिए ।

“चलचित्रबारे जति सुनेको थिए, त्यति नै राम्रो पाएँ । जङ्गलको परिवेशलाई खिच्न निकै मुस्किल हुन्छ । यसको पहिलो दर्शक बन्न पाउँदा खुसी छु”, प्रधानसेनापति शर्माले भने, “यो चलचित्र उत्कृष्ट बनेको छ ।”

उनले यस्ता चलचित्रमार्फत वीरताको कथालाई आगामी दिनमा समेत प्रस्तुत गर्न निर्माता तथा निर्देशक मिलन चाम्सलगायतका निर्माण समूहलाई आग्रह गरे । चलचित्र हेरेपछि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पर्दामा राम्रो कथा हेर्न पाएको प्रतिक्रिया दिए ।

उनले भने, “गाउँ आउँदा लाहुरेलाई चिटिक्क देख्नेले उनीहरूको जीवनसँग नजिक हुन् पाउने छन् । यसले उनीहरूको वीरतासँगै परिवारको कथासमेत भनेको छ । स्वदेश मात्र नभई विदेशीले पनि यो कथालाई उत्तिकै रुचाउनेमा विश्वस्त छु ।” उनले प्राविधिकरुपमा चलचित्र निकै अब्बल बनेको प्रतिक्रिया दिँदै सम्पूर्ण निर्माण समूहलाई बधाईसमेत दिए । निर्देशक चाम्सले पाएको प्रतिक्रियाले आफूलाई ऊर्जा थपेको बताए ।

“म आफैँ पूर्वगोर्खा सैनिक भएकाले यसलाई एकदशकको मेहनतमा बनाएको हुँ । यस्ता चलचित्र पैसाभन्दा पनि चाहनाले बन्छ । अब हामीले हाम्रो कथा भन्न सुरु गर्नुपर्छ भनेर सुरुआत गरेँ”, निर्देशक चाम्सले भने, “मलाई नेपाली आर्मीको वीरताको कथा पनि पर्दामा ल्याउन मन छ । हाम्रो वीरतासँग विश्वसँगै अहिलेको पुस्तालाई चलचित्रको माध्यमले परिचित गराउनु आवश्यक छ ।”

गोर्खालीको वीरतालाई यही भदौ २४ मा बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा विशेष प्रदर्शनी गर्न लागिएको जानकारी दिए । उनले भने, “हलिउड र बलिउडका चलचित्र प्रिमियर हुने स्थानमा रातो कार्पेटमा नेपाली कलाकारलाई हिँडाएर विदेश प्रदर्शनको आरम्भ गर्दछौँ । जहाँ बेलायती सेनाको ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुति दिने छन् । यस्ता गतिविधिले हाम्रो चलचित्र र हाम्रो कथालाई विश्वसामु पुर्‍याउन मद्दत गर्नेछ ।”

सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा बनेको ‘गोर्खा वारियर’को आयोजित विशेष प्रदर्शनीमा नेपाली सेनाका उच्च पदस्थ व्यक्तित्वसँगै सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक दुर्जकुमार राई, निर्माता सुमन राई, लेखक तथा सहायक निर्देशक गिरिराज घिमिरे, सम्पादक मिलन श्रेष्ठको, छायाङ्कन निर्देशक सुदीप बराल, द्वन्द्व निर्देशक हिमाल केसी, सञ्चारकर्मी नरेश भट्टराईलगायत उपस्थित थिए ।

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्धक्क भई मतदानमा सहभागी हुन आयाेगकाे आग्रह

काठमाडौँ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर

काठमाडाैँ विश्वकै प्रदूषित शहर बन्याे

काठमाडौँ । काठमाडौँ विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको ‘आईक्यू एअर’ ले गरेको मापनअनुसार आज

नेपाल र चीनबीच बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकाससम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल र चीनबीच दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयसँग विश्वव्यापी

पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छः आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता

प्रधानमन्त्री र एडीबीका उपाध्यक्षबीच लगानी सम्मेलनका विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास

Techie IT