देवघाटमा २७ बिगाहभन्दा बढी जग्गा अतिक्रमण, एक टुक्रा जग्गाकाे पाँचदेखि १० लाखसम्म

पूर्वप्रधानन्यायाधीशदेखि पूर्वमन्त्री र सचिवसम्मका कुटी

फाइल फाेटाे
Education Park

चितवन । पवित्र तीर्थस्थल देवघाटको चितवनतर्फको २७ बिगाहभन्दा बढी ऐलानी क्षेत्र मठमन्दिरको नाममा अतिक्रमण भएको छ । सो क्षेत्रमा पहुँचका आधारमा आश्रम र कुटीका नाम दिएर ठूलाठूला महलहरु बनेका छन् । 

 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार पूर्वप्रधानन्यायाधीशसँगै पूर्वमन्त्री र सचिवहरुका कुटी र आश्रमका नाममा ठूलाठूला महलहरु बनेका छन् । यहाँ २० वटाभन्दा बढी मठमन्दिरसँगै ३०० भन्दा बढी कुटीका नामका भवनहरु निर्माण भएका पौडेलले बताए । यससँगै विभिन्न जातजातिका कुल पूजा गर्ने स्थलहरुमा भवनहरु बनेका र बन्दै गरेका छन् ।

 

बुद्ध धर्मावलम्बीहरुको गुम्बादेखि विभिन्न जाति समुदायको २० भन्दा बढी कुल पूजास्थल निर्माण गरिएको पौडेलले बताए । त्यस क्षेत्रमा बनेका संरचना र खाली जमीन किनबेचसमेत हुने गरेको पौडेलको भनाइ छ । उनका अनुसार एक टुक्रा जग्गाको कागज गरेर रु. पाँच लाखदेखि १० लाखसम्ममा कारोबार हुने गरेको छ ।

 

किन्ने र बेच्नेहरुले मठमन्दिर तथा आश्रमलाई दस्तुरसमेत बुझाउने गरेको पौडेल बताउँछन् । पौडेलले भने, ‘यहाँको ऐलानी जग्गामा मठमन्दिर र आश्रमलाई दस्तुर बुझाएर सामाजिक वैधानिकता दिने समेत गरेको पाइएको छ ।’ उनी सरकारले नीतिगत निर्णय गरेर तत्कालै पवित्र तीर्थस्थलमा भएको अतिक्रमण रोक्नुपर्ने र अन्यथा भविष्यमा देवघाटको पहिचान र महिमा लोप भएर जाने धारणा राखे । 

 

देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष टङ्कनाथ पौडेल आफू अध्यक्ष रहँदा जग्गा अतिक्रमण रोक्न भरतपुर महानगरपालिकालाई पटकपटक पत्राचार गरेको भए पनि रोक्ने काम नभएको बताउँछन् । ठूलाबडा र पहुँचका आधारमा दिनानुदिन अतिक्रमण बढेको भन्दै उनले मठमन्दिर, आश्रम, कुटी र कल्पवासका नाममा जग्गा अतिक्रमण हुन दिन नहुने भनाइ राखे । 

 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले त्यहाँ जग्गा अतिक्रमण भएको विषयमा आफू प्रमुख भएपछि जानकारी नभएको भन्दै महानगर अतिक्रमण भएको जग्गाको खोजीमा लागिरहेको बताइन् । त्यहाँको अवस्थाका बारेमा वडा कार्यालयमार्फत बुझ्ने प्रमुख दाहालको भनाइ छ । 

 

डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु पौडेलले तीन वर्षअघि गरिएको सर्वेक्षणमा जिल्लामा अतिक्रमण भएका एक हजार ६८८ हेक्टर जमीनमध्ये देवघाटमा १७ दशमलव ७९ हेक्टर जमीन अतिक्रमण भएको बताए । सो क्षेत्रमा वि.सं. २०३० यता अतिक्रमण हुँदै आएको छ । 

 

यसअघि पटकपटक सो क्षेत्र खाली गर्न प्रयास गरेको भए पनि चाडपर्व, बर्षातको समय, निर्वाचनलगायतका नाममा खाली गर्न नसकिएको पौडेलको भनाइ छ । स्थानीय तह, प्रशासन, राजनीतिक दल, नागरिक समाज सबैको सकारात्मक सहयोग रहेमा अतिक्रमित क्षेत्र खाली गर्न सकिने पौडेलले बताए । 

 

देवघाट क्षेत्रको विकास गर्न २१ वर्षे गुरुयोजना निर्माण गरी काम भइरहेको छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने महत्वपूर्ण धार्मिक गन्तव्य देवघाटलाई व्यवस्थित गर्न अतिक्रमण रोक्नुपर्ने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरे बताउँछन्  । 

 

धार्मिक हिसाबले निकै महत्वपूर्ण देवघाटको विकासका लागि निकै धेरै क्षेत्र आवश्यक पर्ने भन्दै उनले जग्गाको अभावमा काममा अवरोध पुग्ने भएकाले ऐलानी जग्गाको सुरक्षामा लाग्नुपर्ने बताए । 

 

देवघाट क्षेत्रमा हुने मेला महोत्सवमा ठूलो सङ्ख्यामा तीर्थालु भक्तजनहरु आउने गर्दछन् । चितवनतर्फको भाग अतिक्रमित संरचनाले भरिएसँगै मेला महोत्सव व्यवस्थापनमा समेत कठिनाइ हुने गरेको घिमिरेको भनाइ छ । (रासस)


थप समाचार

सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

  • 2 hours ago
सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

हेँटौडा । प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले अहिले सरकारले गरेका कामको गलत तरिकाले व्याख्या भइरहेको बताएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको

असार २६ गतेदेखि भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

  • 2 hours ago
असार २६ गतेदेखि  भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

काठमाडौं । आउँदो अषाढ २६ देखि २९ गतेसम्म भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला आयोजना हुने भएको छ । शैक्षिक परामर्श संघ नेपालले विगत १२ वर्षदेखि लगातार रुपमा हरेक वर्ष वृहत शैक्षिक मेलाको आयोजन गर

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

  • 2 hours ago
तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

विचित्र विश्व

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

एजेन्सी । अष्ट्रेलियामा एक पाइथनले गोही निलेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलियाको दोस्रो ठुलो पाइथनले एउटा सिंगो गोही निलेको तस्बिर भाइरल भएको हो । कायाकेर मार्टिन मुलरले यी तस्बिहरु खिचेका हुन् ।