IIMS College

ISMT

HUB Education

अष्ट्रेलिया विशेषः यसरी ढुकुटी खेल्नु कत्तिको जोखिमपूर्ण हुन्छ ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

साथीहरुले महिनाको ५०० डलरको ढुकुटी खेलौं भनेर निकै दवाव दिइरहेका छन् । तपाईंको विचारमा यसरी ढुकुटी खेल्नु कत्तिको जोखिमपूर्ण हुन्छ ?

 

 बाध्यतावश वचत गर्ने बानीको विकास र भोलि चाहिएको बेलामा पैसा सजिलै चलाउन सकिने आशामा साथी–साथी मिलेर ढुकुटी खेल्ने चलन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायमा व्यापक रुपमा बिस्तार हुँदै गएको देखिन्छ । 

 

तर, ढुकुटीभित्र रहेका विकृति र अनुभवलाई विभिन्न स्रोतबाट सुन्न पाइरहेको हुँदा ढुकुटी खेल्दा हुने जोखिमको बारेमा पनि जानकारी राख्नु पर्दछ ।

 

सबैभन्दा पहिलो कुरो त, यसको कानूनी रुपमा अभिलेख नरहने हुँदा ढुकुटी खेलाउने व्यक्तिलाई तल–माथि केही भयो भने बाँकी पैसा कसले तिर्ने भन्ने प्रष्ट हुँदैन ।

 

 

यस्ता घटना बिरलै हुन्छन् तर हुनै नसक्ने भन्ने चाहिँं होइन । त्यसैले लामोभन्दा छोटो समयमा सकिने ढुकुटी खेलेर यो जोखिमलाई थोरै भए पनि व्यवस्थापन गर्न सकिन्छ । दोस्रो कुरा, साथीभाइको नाता र पैसाको नाता फरक हुन्छ भन्ने कुरामा पनि तपाईंं जानकार हुनु पर्दछ । पैसाको कुरामा किचकिच परेर थुप्रै मित्रताहरु टुट्ने र शत्रुतामा बदलिने गर्दछन् ।

 

 त्यसैले,ढुकुटी खेल्नुभन्दा अगाडि कस्ता–कस्ता मान्छे सदस्य छन् र भोलि मैले तिनीहरुसँग कसरी डिल गर्न सक्छु भनेर पूर्व–अध्ययन गरिनु पर्दछ । तेस्रो कुरा, सकिन्छ भने चिठ्ठा तानेर खानेभन्दा पैसा छोडेर खाने ढुकुटी अलि तार्किक हुन्छ ।

 

 समयसंँगै पैसाको मूल्य अवमूल्यन हुने हुँदा पैसा छोडेर खाने ढुकुटीमा अन्तिममा खाने व्यक्तिलाई पनि केही राहत महसुस हुन्छ । अन्तिम तर महत्वपूर्ण कुरा चाहिँ, यस्ता ढुकुटी खेल्ने बारेमा निर्णय गर्दा घरपरिवारमा सल्लाह गर्नु बेस हुन्छ ।

 

 सामूहिक रुपमा गरिने निर्णयले भोलि कथंकदाचित पैसा फसिहाल्यो भने पनि पारिवारिक मनमुटावमा केही कमी ल्याउने आशा गर्न सकिन्छ । 

 


थप समाचार

नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

  • 6 hours ago
नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

काठमाडौँ । काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

  • 6 hours ago
अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अज्ञात समूहद्वारा डोजरमा आगजनी

  • 6 hours ago
अज्ञात समूहद्वारा डोजरमा आगजनी

काठमाडाैँ । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।