२३ जना विद्युत चोर पक्राउ

राजविराज । सप्तरीमा विद्युत चोरी नियन्त्रण अभियानअन्तर्गत विद्युत चोरी गरिरहेको आरोपमा बिहीबार साँझ २३ जनालाई पक्राउ गरिएको छ। 

 

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त टोलीद्वारा गरेको अनुगमनका क्रममा विभिन्न स्थानबाट २३ जना व्यक्तिलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख चन्द्रनारायण सिंहले बताए।

 

पक्राउ परेकाको साथबाट ६ वटा विद्युत मिटर, दुई वटा एलइडी टिभी, चार थान पानी तान्ने मोटर बरामद गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रमुख साहले जानकारी दिए।

 

पक्राउ परेकालाई विद्युत चोरी नियन्त्रण ऐनअन्तर्गत प्रत्येक व्यक्तिबाट १५ हजार ५ सय २ रुपैयाँ राजस्व तिराइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। 

 

केही दिनयता विद्युत चोरीको दर बढ्न थालेपछि नेपाल विद्युत प्राधिकरण, राजविराजले ‘हुकिङ’ नियन्त्रण अभियानलाई तीव्रता दिएको बताइएको छ। 


थप समाचार

नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

  • 11 minutes ago
नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

भरतपुर । कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

सात दशमलव ५७ विन्दुले घटेर शेयर बजारकाे ओरालो यात्रा जारी

  • 18 minutes ago
सात दशमलव ५७ विन्दुले घटेर शेयर बजारकाे ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ ।

मुटुकाे शल्यक्रियापछि ब्रह्मानन्दमकाे स्वास्थ्य अवस्था सामान्य

  • 28 minutes ago
मुटुकाे शल्यक्रियापछि ब्रह्मानन्दमकाे स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । सबैभन्दा धेरै फिल्म खेल्ने कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका चर्चित भारतीय हास्य कलाकार ब्रह्मानन्दम कन्नेगन्तीको मुटुको शल्यक्रिया गरिएको छ ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।