गोरखाको ‘स्यात्ला’ अवैद्य सुन ओसार्ने अर्को नाका

गोरखा । गोरखा र चिनको तिब्बत जोड्ने ‘स्यात्ला’ नाकाको प्रयोग गरेर अवैद्य सुन ओसार प्रसार गर्ने गरेको खुल्न आएको छ । सोही नाका प्रयोग गरेर गत शनिबार काठमाण्डौ लैजादै गरेको १० किलो सुन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । गोरखाको चुननुब्री गाउँपालिका वडा नम्बर ३ फिलिम प्रहरी चौकीको चेकपोष्ट अगाडी चेकजाँचका क्रममा लुकाइछिपाई ल्याइएको १० किलो सुन प्रहरीले बरामद गर्न सफल भएको हो ।

 

प्रहरी नायव निरिक्षक तुल बहादुर सेनको कमाण्डले १० किलो सुन सहित चुननुब्री ७ छेकम्पारका ५८ बािर्षय मुटुप लामा भनिने छिरिङ ङटुप लामा र सोही स्थानका २८ बर्षिय लोप्चा तेन्वेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट भेटिएको सुन, गरगहना सहित उनिहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय गोरखाले पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ ।

 

उनीहरुको साथबाट एक÷एक किलोका १० वटा सुनका बिस्कुट र २ थान कानमा लगाउने ‘कन्दरा’ ७ तोला र १ तोलाका २ थान टप भेटिएको एसपी बिमल बस्नेतले बताएका छन् । उनीहरुले गलबन्दीभित्र सिलाएर कम्मरमा बाँधेर ल्याउदै गरेको अवस्थामा फेला परेको उनको भनाई छ ।

पक्राउ परेकाहरुले आफुहरु भरिया मात्रै भएको बयान दिएका छन् । छेकम्पारबारबाट रासन लिन तिब्बत पुगेका उनिहरुलाई सुन काठमाडाैँ पु¥याउदिए वापत च्याङचिन  भनिने चिनिया नागरिकले ५० हजार दिने आश्वासन दिएको प्रहरीलाई बयान दिएका छन् । 

 

पक्राउ परेका उनीहरुले सुरुमा प्रहरीलाई पाँच किलो सुन दिने भन्दै आश्वासनमा पार्न खोजेका थिए । प्रहरी नमानेपछि १० किलो नै राखेर आफुहरुलाई छोडिदिन प्रहरीसमक्ष आग्रह गरेका थिए । तर, आफुहरु उनिहरुको प्रलोभनमा नपरी जिल्ला प्रहरी कार्यालयलाई खबर गरेको प्रहरी नायव निरिक्षक सेनको बनाई छ ।


थप समाचार

हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

  • 59 minutes ago
हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

काठमाडौं । प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले महाअभियोगको सामना गर्न आफु तयार रहेको बताएका छन् । सत्तारुढ दल नेकपाले महाअभियोग प्रस्ताव पेश गर्ने भन्दै आफ्ना स

खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

  • 1 hour ago
खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

काठमाडौं । संसदीय सुनवाई विशेष समितिबाट प्रधानन्यायधीशमा अस्वीकृत दीपकराज जोशी विरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सत्तारुढ दल नेकपाका सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ । नयाँ प्रधानन्यायाधीश न

फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

  • 1 hour ago
फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

काठमाडौँ । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको