सरकारी उपचार कोषबाट १९४ जना लाभान्वित

बागलुङ । सरकारले बनाएको ‘विपन्न नागरिक औषधि उपचार कोष’बाट गत आवमा यहाँका एक सय ९४ जनाले आर्थिक सहायता पाएका छन् । 

 

स्वास्थ्य मन्त्रालयले तोकेबमोजिम कडा रोगबाट पीडित विपन्न नागरिकलाई आर्थिक सहायता दिइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

 

उपचारमा लागेको खर्चमध्ये बढीमा रु एक लाखसम्म उक्त कोषबाट दिन सकिने व्यवस्था छ । क्यान्सर, मिर्र्गौलामा असर, मुटुरोग, पार्किन्सन÷अल्जाइमर्स र स्पाइनल तथा हेड इन्जुरीका पीडितले मात्र कोषबाट सहायता पाउँछन् । आव ०७४÷७५ मा आर्थिक सहायता पाउनेमा सबै भन्दा बढी क्यान्सरबाट पीडित १०२ जना छन् । 

 

त्यस्तै मुटुरोगी ५० जना, मिर्र्गौला सम्बन्धी रोग लागेका ३२ जना, स्पाइनल इन्जुरीका ६ र हेड इन्जुरी भएका चार जनाले कोषबाट लाभ लिएका हुन् । कोषको निर्देशिकामा उल्लेख भएका र मन्त्रस्तीय निर्णयबाट तोकिएका अस्पतालबाट मात्रै उक्त सेवा प्रदान हुने गरेको छ । 

 

कोषबाट आर्थिक सहायता लिन बिरामीलाई प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्लास्तरीय सिफारिस समितिले सम्बन्धित अस्पतालमा सिफारिस गर्नुपर्ने र ती अस्पतालले गरेको रोग पहिचानको प्रमाणपत्र, वडाले दिने विपन्नताको सिफारिस, बिरामी या आफन्तको हस्तलिखित निवेदन, नागरिकताको प्रमाणपत्र पेश गरेको आधारमा समितिले सिफारिस गर्ने गरेको छ । 

 

उपचारमा लाग्ने खर्चमध्ये बढीमा रु एक लाखसम्मको उपचार निःशुल्क हुने समितिका सदस्य एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले बताउनुभयो । उहाँका अनुसार निःशुल्क उपचार गरेको रकम स्वास्थ्य मन्त्रालयले अस्पताललाई शोधभर्ना गर्ने गरेको छ । 

 

मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने बिरामीलाई भने रु दुई लाखसम्म आर्थिक सहायता उपलब्ध हुने गरेको छ । मिर्गौला प्रत्योरापण गरेका बिरामीलाई औषधिबापतको उपचार खर्च भनेर छुट्टै रु एक लाख दिने व्यवस्था छ । 

 

‘आर्थिक अभावमा उपचारबाट वञ्चित व्यक्तिलाई कोषले ठूलो राहात मिलेको छ,’ प्रशासक तिवारीले भन्नुभयो, “कोषको प्रचारप्रसारले सेवा लिनेको संख्या वर्षेनी बढ्दो छ ।” उहाँका अनुसार कोषबाट गत आवमा जिल्लाका विपन्न नागरिकलाई रु दुई करोड भन्दा बढी आर्थिक सहायता उपलब्ध भएको छ । 

 

कोषबाट आउने रकमले जटिल रोगमा सबै उपचार सम्भव नभएपछि राज्यले विपन्न नागरिकको उपचारमा ठूलो खर्च गरेको छ । 

 

सरकारले तोकेका अस्पतालमा मात्रै विपन्न नागरिक कोषबाट आर्थिक सहायता लिन सकिन्छ । 

 

क्यान्सरका लागि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायतका अस्पताल तोकिएको छ । त्यस्तै मिर्र्गौला रोगको उपचारका लागि पनि वीर अस्पताल, कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, मुटुरोगको लागि वीर अस्पताल, सहित गंगालाल हृदयरोग केन्द्रलगायत अन्य रोगका लागि पनि विभिन्न अस्पताल तोकिएका छन् । 

 


थप समाचार

माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

  • 29 minutes ago
माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्दा पछाडी बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

  • 32 minutes ago
प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

बेलायतमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कविता संग्रह 'पानीको विद्रोह' हालै प्रकाशित भएको छ ।

तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

  • 40 minutes ago
तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्नो झुर सिजन सकेको छ । सिजन २०१८–१९ को अन्तिम खेलमा पनि घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियल बेटिससँग २–० गोलको हार ब्यहोर्दै रियलले सिजनका सबै खेल सकेको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।