Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठविचित्र विश्वसंसारकै महँगो आँप

संसारकै महँगो आँप


एजेन्सी । संसारमा आँपका धेरै प्रजाति छन् । आँपलाई राजकीय फलको दर्जा पनि दिइन्छ । विश्वका विभिन्न देशका आँपको पनि आ–आफ्नै विशेषता छन् । यसैबीच यस्तो आँपको बारेमा चर्चा गरौं जसको मूल्यले तपाईलाई अचम्मित पार्नेछ । उक्त आँप जापानमा पाइन्छ ।

जापानमा पाइने विश्वको सबैभन्दा महँगो आँपको नाम तइयो नो तमांगो हो । यो जापानको मियाजाकीमा पाइन्छ । आम मानिसले यो आँप किन्ने सपना पनि देख्न सक्दैनन् ।

यो आँप सामान्यतया जापानको क्युशु प्रिफेक्चरको मियाजाकी सहरमा उत्पादन गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा यो आँपको मूल्य प्रतिकिलो रु ४।३२ लाख रहेको छ । यो आँप खाँदा मिठासका अलावा नरिवल र भुइँकटहरको पनि हल्का स्वाद हुन्छ ।

यो आँप विशेष तरिकाले तयार गरिन्छ । आँपको रुखमा फल आएपछि प्रत्येक फललाई जालीको कपडामा बाँधिन्छ । जसका कारण आँपको रंग फरक हुन्छ । बैजनी रंगको यो आँप हेर्नमा पनि निकै सुन्दर देखिन्छ ।

जापानमा तइयो नो तमांगो आँपको खेती ७० र ८० को दशकमा सुरु भएको थियो । संसारकै महँगो मानिने यो आँप लामो समयसम्म तातो मौसम, घाम र पानी परेपछि पाक्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोप–२८ः जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

काठमाडौँ । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि,

चर्चामा संसारकै पातलो होटल ‘पिटूरुम्स’

एजेन्सी । इन्डोनेसियाको एउटा होटल हाल चर्चामा छ । सेन्ट्रल जाभाको सलाटिगा टाउनमा रहेको ‘पिटुरुम्स’ होटललाई विश्वको सबैभन्दा पातलो होटल

गाजामा हमासको नियन्त्रण समाप्त हुँदै ! इजरायलले गाजाको संसद भवन…

एजेन्सी । इजरायल र हमासबीच जारी युद्ध भएको एक महिनाभन्दा बढी भइसकेको छ । इजरायलले हमासमाथि लगातार आक्रमण गरिरहेको छ

कोरियाली युद्धको बारेमा धेरैलाई थाहा नभएका १० तथ्यहरु

एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाको सम्बन्ध आज पनि उत्तिकै कमजोर रहेको छ । लामो समय युद्धको मार झेलेका

किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !

एजेन्सी । उत्तर कोरियाको बारेमा धेरै कम जानकारी बाहिर आउँछ । उत्तर कोरियालाई पुरुष प्रधान देश पनि भनेर चिनिन्छ ।

मुकेश अम्बानीलाई अज्ञात व्यक्तिद्वारा ज्यान मार्ने धम्की

एजेन्सी । भारतका धनी व्यापारी मुकेश अम्बानीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । उक्त व्यक्तिले इमेलमा २० करोड

Techie IT