ISMT

HUB Education

हिनतावोध र निराशाका प्रसंग सृजनामा नराखौं

  • आइतबार, १७ भदौ, २०७५
  • 11 months ago
  • बिचार
Education Park

 

Kathmandu Trade Show

 

 

 दुई युवा साहित्यकारहरुले हातेमालो साहित्य संगमझद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यिक माहौललाई निकै रोमाञ्चक वनाए । कविता तर्फ सुदेश सत्याल र गजलमा छवि श्रेष्ठको बेजोड प्रस्तुति रहेको सो कार्यक्रममा अन्य ३० जना सर्जकहरुले समेत आफ्ना रचनाहरु सुनाएका थिए।  ञशाब्दिक समारम्भ’नाम दिइएको सो नियमित माषिक श्रृङ्खला लाजिम्पाटमा रहेको  डिल्लीरमण (कल्याणी स्मारक पुस्तकालयको हलमा भएको थियो । संस्थाका अध्यक्ष सुनिल अधिकारीको सभापतित्वमा समपन्न  उक्त कार्यक्रमको सन्चालन संस्थाकै महासचिव विपिन मर्मले गरेका थिए भने  स्वागत मन्तव्य संस्थाकी  सदस्य सदस्य पुष्पा धमालाले गरेकी  थिइन्।

 

प्रमुख अतिथि डा. देवी नेपालले हातेमालो साहित्य सङ्गमले गरेको  कार्यक्रम अन्य साहित्यिक कार्यक्रमहरु भन्दा निकै भिन्न  रहेको टिप्पणी गरेका थिए । मन्तव्यको क्रममा डा.नेपालले कुनै पनि सर्जकले आफूले लेखेका जुन रचना च्यातेर नफाली जतन गर्न मन लाग्छ  त्यो रचना नै सबै माझ सुनाउन योग्य बन्ने अभिव्यक्ति  दिंदै अहिले सर्जकहरु ४ पुस्तामा विभाजित भएको र ति ४ पुस्ताले एउटै ञजूनझलाई अलग अलग तरिकाले बिम्बको रुपमा  प्रयोग गर्ने गरेको प्रसंग उदाहरण सहित वताएका थिए।साँच्चै भन्दा डा . देवी नेपालको मन्तव्य मन्तव्य मात्र नभएर सर्जकहरुका लागि एउटा राम्रो पाठ थियो।सृजना आशावादी हुनुपर्छ र निराशावादी सृजनाले आशावादीहरुलाई समेत निराश वनाउन सक्छ  ।

साहित्यमा निराशा र हिनतावोधका प्रसंग नराख्न समेत सुझाव दिएका थिए।डा नेपाल यतिमा मात्र रोकिएनन् कतिपय सर्जकहरु रचना प्रस्तुत गर्दा मेरो रचना राम्रो त छैन हतारमा लेखेको या आउँदा आउँदै वाटोमा लेखेको भन्ने गर्छन् र जसलाई आफ्नै खुवि प्रति विश्वाश छैन त्यस्ता सर्जकले कार्यक्रमको समय मात्र लम्व्याउने कष्ट नगरेकै राम्रो भन्ने टिप्पणी गरेका थिए।अन्तमा  उनले हरेक विधामा  साधना, सङ्कल्प, समर्पण, धैर्यता, निरन्तरता अनि सकारात्मक सोच नै सफलताको लागि  सबैभन्दा सशक्त अस्त्र हुने बताए ।

 


थप समाचार

एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा शुरु

  • 3 minutes ago
एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा शुरु

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा क

भिषण आगलागीले १० हजार घरबारविहीन

  • 4 minutes ago
भिषण आगलागीले १० हजार घरबारविहीन

एजेन्सी । बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् ।

पुडासैनी मृत्यु प्रकरण : संयम भएर फैसला कुर्नुभन्दा अरु केही देखिँदैन

  • 10 minutes ago
पुडासैनी मृत्यु प्रकरण : संयम भएर फैसला कुर्नुभन्दा अरु केही देखिँदैन

नुवाकोट । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

अध्ययन कोठामा कुन भगवानको तस्बिर राख्ने ?

अध्ययन कोठामा कुन भगवानको तस्बिर राख्ने ?

एजेन्सी । यदि बच्चाको पढाइमा मन नजाने, पढेको कुरा याद नहुने भएमा सबै दोष बच्चाको मात्र हुँदैन । त्यसमा वास्तु दोष पनि हुन सक्छ । वास्तु दोषको कारणले घरको वातावरण नकरात्मक हुन्छ । यसका लागि अध्ययन कोठामा यी उपायहरु अपनाई उक्त दोष हटाउन सकिन्छ ।

विचित्र विश्व

यी हुन् विश्वकै सर्वाधिक महँगा लिपिस्टिक

यी हुन् विश्वकै सर्वाधिक महँगा लिपिस्टिक

एजेन्सी । महिलाले प्रयोग गर्ने सामाग्रीहरुको बजारमा मुल्य फरक फरक छन् । त्यो पनि ब्राण्ड अनुसार मुल्य निर्धारित हुन्छ । युवतीहरुले सबैभन्दा बढी प्रयोग गर्ने सौन्दर्यको सामाग्री हो लिपिस्टिक ।