हाइड्रोको बाँध निर्माणस्थलमा पहिरो खस्दा चार जना बेपत्ता

सांकेतिक फाेटाे

काठमाडौं । अरुण तेस्रो परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा दुई भारतीयसहित चार जना सुरुङभित्रै थुनिएर बेपत्ता भएका छन्।मकालु गाउँपालिका–५ को फ्याक्सिन्दा दोभानमा शुक्रबार राति करिब ८ः४० बजे पहिरो खसेको हो।

 

पहिरोले पुरिएर चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी श्याम सारु मगरले जानकारी दिए। मगरले भने, ‘जलविद्युत् परियोजनाको बाँध निर्माणस्थलमा सुरुङ निर्माण क्रममा उत्तरतर्फको पहाड खस्दा पुरिएर पाँच जना बेपत्ता भएका छन्।’

 

बेपत्ता हुनेमा कालिकोटका कामदारहरू ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनगर नगरपालिका(१ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्डका अपरेटर ५५ वर्षीय बुधन मुण्डा र भारत विहारका पम्प सहयोगी ४५ वर्षीय नन्द किशोर रहेका छन्।

 

सुरुङ मार्ग निर्माण प्रयोग गरिएको बुमरसहित सुरुङभित्र चार जना कामदार फसेको र उनीहरू सुरक्षित रहेको हुन सक्ने उद्धारमा सक्रिय नेपाली सेनाले जनाएको छ। बाहिरी भाग मात्र पहिरोले पुरिएको हुनाले बेपत्ताको तत्काल उद्धार गर्ने हो भने जीवितै बाहिर निकाल्न सकिने स्थानीय बताउँछन्। मकालु(५ मा रहेको बाँध निर्माण स्थलमा हाल सुरुङ मार्गसहित अन्य आयोजनाको निर्माण कार्य सञ्चालन भइरहेको थियो। आजको अन्नपूर्ण पोस्ट्बाट । 


थप समाचार

आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

  • 3 minutes ago
आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

गलेश्वर । नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ ।

नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

  • 15 minutes ago
नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

सिराहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँ नै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ ।

लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन

  • 19 minutes ago
लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन

काठमाडौँ । जर्मन क्लब बार्यन म्युनिखका विङ्गर आर्जेन रोबेनले लिभपुलको घरेलु मैदान सबैभन्दा खराब मैदान भएको बताएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।