आयरल्याण्डमा स्व. ईशान प्रसाईको स्मृतिमा सांगीतिक सांझ

  • मंगलबार, २९ साउन, २०७५
  • 5 months ago
  • युके

डब्लिन । आयरल्याण्डको डब्लिनमा आयोजित ईशान प्रसाईं मेमोरियल सांझ भव्य रुपमा सम्पन्न भएको छ । ९७७ क्रु र ईशान प्रसाईं मेमोरियल ट्रस्टको संयुक्त आयोजनामा उक्त सांगीतिक सांझ आयोजना गरिएको थियो । 

 

१८ वर्षको कलिलो उमेरमै स्वर्गारोहण भएका एनआरएन आयरल्ण्डका पूर्व अध्यक्ष, पर्यटन दूत तथा व्यवसायी गणेश प्रसाईंका सुपुत्र ईशानको स्मृतिमा स्थापित मेमोरियल ट्रस्टले कार्यक्रम गरेको हो । कार्यक्रममा नेपालकी चर्चित गायिका नलिना चित्रकार सहितका कलाकारहरुले विभिन्न प्रस्तुति गरेका थिए । 

 

कार्यक्रमका प्रमुख अतिथी नेपाली दूतावासका उपप्रमुख शरदराज आरनले स्व इशानको तस्बिरमा माल्यार्पण र दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वर्गीय ईशानको स्मृतिमा रचनात्मक शैलीको कार्यक्रम आयोजना हुनु प्रशंसनीय रहेको धारणा व्यक्त गरेका थिए । ईशान मेमोरियल ट्रस्टलाई दूतावासको तर्फबाट आवश्यक सहयोगका लागि उनले प्रतिबद्धता व्यक्त गरेका थिए । 

 

कार्यक्रमका विशेष अतिथी कवि दुश्यन्त भट्टराईले एक मार्मिक कविता वाचन गरेका थिए ।  गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष नवराज कोइरालाले कार्यक्रम आयोजक ९७७ को सराहनीय कार्यको प्रसंसा गर्दै इशान प्रसाई ट्रस्टका बारेमा प्रस्ट पारेका थिए । एनआरएन अन्तराष्ट्रिय समन्वय समिति सदस्य राजन काफ्लेले स्व इशान प्रसाईको यो शोकलाई शक्तिमा बदल्नुपर्ने विचार व्यक्त गरेका थिए ।  

 

कार्यक्रममा आयरल्याण्डका विभिन्न क्षेत्रबाट नेपाली कलाकारहरुको उल्लेख्य सहभागिता थियो भने ट्रस्टको निमन्त्रणामा अतिथि कलाकारका रुपमा नलिना चित्रकारले विभिन्न गीतहरु मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन् । नर्वेदेखि सुबास मैनाली , आयरल्याण्डका लिम्रिक कोर्क तिपेररी कार्लो पोर्त्लिजÞ गल्वे वेस्टपोर्ट, नाभन लगायत स्थानबाट उल्लेख्य रुपमा सुभेच्छुकहरुको सहभागिता रहेको इशान प्रसाई मेमोरिअल ट्रस्ट आयरल्याण्ड कोर्डिनेटर भिम गौतमले जनाए । 

 

 

ईशान प्रसाई ट्रस्टका लागि वेवसाइट लगायतको प्राविधिक सहयोग ओम अधिकारीले गरेका थिए । एनआरएन कोषाध्यक्ष जंग अधिकारी , रवि बोगटी , अभेध्य पानी गौतम , सुमन गुरुङ , राज कुमार प्रसाई , नारायण सिवाकोटी , रेशम गुरुङ , गणेश गुरुङ , बिनोद कार्की ,अच्युत गैरे , पूर्व अध्यक्ष जीवन तिमल्सिना , नेपाल आयरल्याण्ड समाज अध्यक्ष दिपेशमान शाक्य , उपाध्यक्ष चन्द्रकला निरौला , महिला संयोजक अन्जु काफ्ले , झापाली समाज अध्यक्ष सनम थापा , लिमिरिक अध्यक्ष प्रेम घले , जन सम्पर्क समिति अध्यक्ष शुक्रराज न्यौपाने, भिम गौतम ,जनजाती संघ अध्यक्ष चन्द्र बोम्जन,  सुनिता कार्की, रेखा प्रसाई नर्बे , गोपाल आचार्य लन्डन, गुराश मैनाली आदिको सक्रिय सहयोग रहेको कार्यक्रमका लागि नेपालबाट समेत पुष्पराज कोइराला, सुनिल दाहाल , गोबिन्द खरेलले लगायतले सहयोग गरेको ट्रस्टले जानकारी दियो । 

 

त्यस्तै, एनआरएन आइसिसी पूर्व अध्यक्ष देवमान हिराचन, एनआरएन अन्तराष्ट्रिय समन्वय समिति महासचिव डा बद्रि केसी, एनआरएन युके अध्यछ योग कुमार फगामी , उपाध्यक्ष ललित न्यौपाने, महासचिव राज कुमार त्रिपाठी, पर्यटन दुत जर्मनी सन्तोष भट्टराई , सुबास पोख्रेल, जितु नेपाल , लन्डन नेपाल  न्यूजका शिब भण्डारी , जुना प्रसाई , एनआरएन आइसिसी सहकोषाध्यक्ष सोम सापकोटा र उपाध्यक्ष कुल आचार्य  लगायतले शुभेच्छा व्यक्त गरेको पारिवारिक स्रोतले जनाएको छ । 

 

स्व ईशानको परिवारका तर्फबाट शुभेच्छुक, सहभागी,आयोजक  सबैलाई पिता, पर्यटन दुत तथा एनआरएन आयरल्याण्डका पूर्व अध्यक्ष गणेश प्रसाई र माता गोमादेवी प्रसाईले धन्यवाद ज्ञापन गरेका थिए । ३०० भन्दा बढीको सहभागिता रहेको उक्त सांगीतिक  कार्यक्रमलाई करुणा थापा , श्रृष्टी पाण्डे र प्रकाश श्रेष्ठले संचालन गरेका थिए ।


थप समाचार

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 11 minutes ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच

बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

  • 20 minutes ago
बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

लन्डन । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग गरेको बहिर्गमन (ब्रेक्जिट) सहमतिलाई अस्वीकृत गरेको छ । स्थानीय समयअनुसार मङ्गलबार राति भएको उक्त मतदानमा ब्रेक्जिटको विपक्षम

सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्न काँग्रेसकाे माग

  • 29 minutes ago
सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्न काँग्रेसकाे माग

जनकपुरधाम । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नंं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गरेका छन् ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।