Techie IT
२०८१ वैशाख २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपृथ्वीको तापक्रम वृद्धि दर घटाउने सम्बन्धमा अमेरिकी र चिनियाँ अधिकारीबीच भेटवार्ता

पृथ्वीको तापक्रम वृद्धि दर घटाउने सम्बन्धमा अमेरिकी र चिनियाँ अधिकारीबीच भेटवार्ता


एजेन्सी । जलवायुमामिला सम्बन्धी जिम्मेवारी तोकिएका अमेरिकी दूत जोन केरीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार बेइजिङमा चार घण्टा लामो वार्ता गरी पृथ्वीको तापक्रम वृद्धि घटाउने विषयमा रोकिएको कूटनीतिक वार्तालाई पुनर्जीवित गर्नुभएको छ ।

गत वर्ष अमेरिकी संसदकी तत्कालीन सभामुख न्यान्सी पेलोसीले स्वशासित ताइवानको भ्रमण गरेर बेइजिङलाई आक्रोशित बनाएपछि दुई ठूला हरितगृह ग्यास उत्सर्जक देशहरूबीचको जलवायु वार्ता रोकिएको थियो ।

वासिङ्टन र बेइजिङबीच ताइवान र अन्य थुप्रै विषयमा विवाद भए पनि पूर्व विदेशमन्त्री केरीले चीनसँग तुलनात्मक रूपमा सुमधुर र निरन्तर सम्बन्ध राख्दै आएका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उहाँले आफ्ना चिनियाँ समकक्षी सी झेन्हुआसँग जलवायुपरिवर्तनले पृथ्वीमा ल्याएको वातावरणीय सङ्कट र यसको नियन्त्रणका लागि विश्वका प्रमुख अर्थतन्त्र र प्रदुषणका लागि बढी जिम्मेवार मानिएका मुलुकहरूको भूमिकाप्रति सोमबार बेइजिङमा भएको चार घण्टा लामो वार्ताका क्रममा छलफल भएको थियो ।

“जलवायु परिवर्तनसम्बन्धी मामिलाका लागि चीनका विशेष दूत सी झेनहुआले उहाँका अमेरिकी समकक्षी जोन केरीसँग करिब चार घण्टा छलफल गर्नुभएको छ,” सरकारी प्रसारक सिसिटिभीले छलफल भएका बुँदा र सहमतिबारे थप विवरण सार्वजनिक नगरिकन वार्ताको पुष्टि गरेको छ ।

केरीले आइतबार सीएनएनलाई बताएअनुसार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बेइजिङलाई ‘आफू विकासशील राष्ट्र हो भन्ने कुनै पनि प्रकारको दाबीको पछाडि नलुक्न’ दबाब दिने अमेरिकी अडान रहेको बताएका थिए ।

सुलिभानले भने, “चीनलगायत सबै देशको उत्सर्जन घटाउने जिम्मेवारी छ र मलाई विश्वास छ, विश्वले चीनलाई उत्सर्जन घटाउन अझ नाटकीय कदम चाल्न दबाब दिनुपर्छ र प्रोत्साहित गर्नुपर्छ ।”

चीनले लामो समयदेखि विकासशील राष्ट्रको रूपमा आफ्नो आधिकारिक हैसियतलाई आफ्नो उच्च उत्सर्जनको औचित्य पुष्टि गर्न प्रयोग गर्दै आएको छ तर यस सम्बन्धमा उनीहरूका लागि अझै धेरै काम गर्न बाँकी छ,” सुलिभानले भने । “विदेशमन्त्री केरीले बेइजिङमा रहँदा यो कुरा राख्नुहुनेछ,” उनले भने ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अर्थमन्त्री जेनेट येलेनले अमेरिका र चीनबीचको सम्बन्धलाई स्थिर बनाउने उद्देश्यले गरेका अन्य दुई उच्च स्तरीय भ्रमणपछि केरीको यो भ्रमण हुन लागेको हो ।

उत्तरी गोलार्धमा ग्रीष्मकालीन गर्मीको रेकर्ड कायमै रहेका बेला उहाँको चीन भ्रमण भएको वैज्ञानिकहरूले बताएका छन् ।

‘ग्रान्थम रिसर्च इन्स्टिच्युट अन क्लाइमेट चेन्ज एन्ड द इन्भाइरोमेन्ट’ का वरिष्ठ सदस्य चुनपिङ सीले एएफपीसँग भन्नुभयो, “केरीको भ्रमण र जलवायु अन्तरक्रियाको पुनरुत्थानले जलवायु सङ्कटलाई सम्बोधन गर्न समन्वयात्मक प्रयासको महत्वपूर्ण महत्वलाई जोड दिन्छ ।

“यसले साझा भलाइलाई बढावा दिन जटिल भूराजनीतिक सम्बन्धलाई पुनः स्थापित गर्ने उनीहरूको साझा दृढतालाई पनि प्रदर्शित गर्दछ,” सीले भने ।

जलवायु परिवर्तनलाई निम्त्याउने हरितगृह ग्यासको प्रमुख उत्सर्जकका रूपमा चीनले सन् २०३० सम्ममा कार्बन उत्सर्जनलाई उच्च बनाउने र सन् २०६० सम्ममा पूर्ण कार्बन तटस्थता हासिल गर्ने प्रतिबद्धता जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि सन् २०२६ देखि कोइलाको प्रयोग घटाउने बताएका छन् ।

तर बेइजिङले अप्रिलमा कोइला ऊर्जामा ठूलो वृद्धिलाई अनुमोदन गरेको थियो । वातावरण संरक्षणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था ग्रीनपीसका अनुसार चीनले कोइला ऊर्जामा ठूलो वृद्धिलाई अनुमोदन गरी उत्सर्जन घटाउने प्रतिज्ञाभन्दा ऊर्जा आपूर्तिलाई प्राथमिकता दिएको र यसले चीनको आफ्नो लक्ष्य पूरा गर्न असफल हुने चिन्तालाई बढावा दिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु भएको छ । बिहान ७ बजेबाट त्यहाँ मतदान

ब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ता

काठमाडौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् ।

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

काठमाडाैँ । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

Techie IT