IIMS College

ISMT

HUB Education

प्रधानमन्त्री ओलीले चीनलाई गैंडा हस्तान्तरण गर्दा जे देखियो (फोटोफिचर)

  • बिहीबार, २८ आषाढ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र चीनलाई एकजोडी गैंडा हस्तान्तरण गरेका छन् । उनले गैंडा हस्तान्तरण गर्दै चीनसँग आपसी सम्बन्ध थप विस्तार भएको बताए ।  

 

नेपाल सरकारबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई एक जोडी एक सिंगे गैंडा (भद्र र रुपसी) उपहार हस्तान्तरण समारोहमा उनले आपसी भेटघाट आदानप्रदानले चीनसँगको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ बन्दै गएको धारणा व्यक्त गरे । 

 

प्रधानमन्त्री ओलीले केही समयअघिको आफ्नो चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट भएको स्मरण गर्दै भ्रमणका बेला भएको पारवहन र यातायातसम्बन्धी सम्झौता कार्यान्वयनको काम दु्रतगतिमा अघि बढेको जानकारी गराए । 

भृकुटी र अरनिकोबाट शुरु भएको नेपाल–चीनबीचको सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । चीनलाई हस्तान्तरण गरेका गैंडालाई चीन सरकारले उचित वातावरणमा हुर्किने व्यवस्था मिलाउने अपेक्षा गर्दै उनले मुलुकको भौगोलिक र जैविक विविधतामार्फत विभिन्न देशसँग नेपालको सम्बन्ध प्रगाढ बनेको बताए । 

 

नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०७३ असार २६ गतेको बैठकबाट चीन सरकारलाई दुई जोडी गंैंडा दिने निर्णयअनुसार चितवन राष्ट्रिय निकुञ्जबाट एक जोडी गैंडा ल्याई हस्तान्तरण गरिएको हो । अर्को जोडी गैंडा आगामी साउनभित्र हस्तान्तरण गरिसक्ने बताइएको छ । 

 

कार्यक्रममा प्रधानमन्त्री ओलीले साइटिस निर्यात प्रमाणपत्र र प्रजाति उत्पत्ति प्रमाणपत्रसहित एक जोडी गैंडा नेपालका लागि चिनियाँ राजदूत यु होङ मार्फत चीन सरकारलाई हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गैंडा हस्तान्तरण कार्य बहुआयामिक महत्वको भएको बताउँदै यसले आगामी दिनमा नेपालको पहिचानको चर्चा विश्वमा अझ बढ्ने धारणा व्यक्त गरे ।  

 

हस्तान्तरण गरिएका एक जोडी गैंडामध्ये भालेको नाम ‘भद्र’ र पोथीको नाम ‘रुपसी’ राखिएको छ भने दुवैको उमेर एकदेखि दुई वर्षको छ । भाले गैंडाको तौल अनुमानित ९०० केजी छ भने पोथी गैंडाको तौल एक हजार २०० केजी रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । 

दुवै गैंडालाई आजै साँझ चीनबाट आउने कार्गो विमानमा राखेर लैजाने र गैंडालाई चीनको गोन्जाउ प्रान्तको चेमोलोङ सफारी पार्कमा प्राकृतिक वातावरणमा राखिने यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । 

 

कार्यक्रममा चिनियाँ राजदूत यु होङले गैंडा उपहार चीन सरकारका लागि विशेष उपहार भएको बताउँदै उक्त गैंडा उचित वातावरणमा आफ्नै घर ठानेर हुर्किने विश्वास व्यक्त गरिन् । 

 

वन्यजन्तु संरक्षण एवं प्रवद्र्धनका लागि नेपाल सरकारद्वारा हालसम्म मित्रराष्ट्र भारत, संयुक्त राष्ट्र अमेरिका, जापान, थाइल्याण्ड, अष्ट्रियालगायत मुलुकलाई २६ वटा गैंडा उपहारस्परुप प्रदान गरिसकिएको छ । 

 

 


थप समाचार

बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

  • 6 minutes ago
बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको केही समय नबित्दै प्रधानमन्त्री के पी शर्मा ओलीले उनलाई सिफारिस गर्न अ

रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

  • 19 minutes ago
रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर थिवाउट कोर्तोवा जहिले पनि अरुभन्दा अघि हुन चाहान्छन् । बेल्जियमको राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य कोर्तोवाले चेल्सी पिटर चेकलाई पछि पारे । रियलमा गएपछि पन

सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

  • 26 minutes ago
सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘ बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।