Techie IT
२०८१ वैशाख २६, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेल‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेटमा १२ टोली

‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेटमा १२ टोली


कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिता आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एकेडेमीका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताए । प्रतियोगिताको च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने अध्यक्ष आचार्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार र ‘म्यान अफ द म्याच’ ले नगद रु पाँच हजार पुरस्कार पाउनेछन् । खेल सम्पन्न गर्नका लागि रु ७५ लाख खर्च लाग्ने र विभिन्न व्यापारिक प्रतिष्ठान, स्थानीय सरकारबाट सहयोग सङ्कलन गरिएको आयोजकले जनाएको छ ।

पोखरामा हुने क्रिकेटको राष्ट्रियस्तरको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेल कौसल प्रदर्शनका लागि सहयोग पुग्ने बताइन्छ । एकेडेमीले खेल पर्यटनलाई आधार बनाइ उत्पादन रोजगार र समृद्धिको यात्रामा समाजका हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारलाई आत्मसात गर्दै आएको अध्यक्ष आचार्यको भनाइ छ ।

अध्यक्ष आचार्यले भने, “अनुशासित, राष्ट्रप्रेमी, मेहनती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल गतिविधि, खेल प्रशिक्षण र प्रतिस्पर्धा आयोजना गर्ने गरेका छौँ । यसबाट स्वस्थ नागरिकसहित देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादनमा सहयोग पुग्नेछ ।”

एकेडेमीमा खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, निर्णायक, गुुरुवर्ग र खेललाई माया गर्ने खेलप्रेमीहरू आबद्ध रहेको बताइन्छ ।

‘सबैका लागि खेलकुद’ को नारासहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको थियो । प्रतियोगिताको उद्घाटन एकेडेमीका परिकल्पनाकार एवं संरक्षक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने निश्चित भएको आयोजकले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वकप खेल्ने नेपाली क्रिकेट टिम अमेरिका पुग्यो

काठमाडौँ । आइसीसी टि२० विश्वकप २०२४ खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

Techie IT