IIMS College

ISMT

HUB Education

पाेखरामा नेकपाकाे विजयसभा, विद्या भट्टराईले गरिन् यस्ताे बचनबद्धता

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नं. २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जीत प्राप्त गरेपछि आज पोखरामा विजयसभाको आयोजना गरेको छ ।

 

विजयसभालाइ सम्बाेधन गर्दै नवनिर्वाचित भट्टराईले सो क्षेत्रका तत्कालीन सांसद रवीन्द्र अधिकारप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनका अधुरो सपनालाई पूरा गर्ने वचनबद्धता प्रकट गरिन् ।

 

जनताले दिएको अभिमत र निर्देशनलाई पूरा गर्न आफू दृढसङ्कल्पित रहेको उल्लेख गर्दै उनले सडक खानेपानी, स्वास्थ्य सेवा गुणस्तर बनाउनका लागि प्रतिबद्ध रहने धारणा प्रकट गरिन् ।

 

भूमिहीनको समस्यालाई समाधान गर्न एक वर्षभित्रमा लालपुर्जा वितरण गर्ने व्यवस्था मिलाउने जानकारी गराउँदै उनले समृद्ध पोखराका लासग स्वास्थ्य तथा शिक्षा, उज्यालो पोखराका लागि विद्युतका साथै सौर्य ऊर्जाको व्यवस्था, पोखराको आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्रका रुपमा विकास र अन्तर्राष्ट्रियस्तरको खेलकूद मैदान लगायतलाई  प्राथमिकता राखिएको स्पष्ट पारिन् ।

 

 

सभामा नेकपाका गण्डकी प्रदेशका इन्चार्ज एवम् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित विद्या भट्टराईलाई बधाई दिए ।

 

उनले विकास र राष्ट्रियता बचाऊ अभियानमा कम्युनिष्ट पार्टीको विकल्प हुन नसक्ने भन्ने सन्देश उपनिर्वाचनले दिएको उल्लेख गर्दै जनताले सरकारको लिएको विकास निर्माणको नीतिलाई उपनिर्वाचनको माध्यमबाट अनुमोदन भएको स्पष्ट पारे ।

 

राष्ट्रिय स्वाधीनता र ‘समृद्ध नेपाल र सुखी नेपाली’को सरकारको नीतिको पक्षमा जनताको अभिमत रहेको उल्लेख गर्दै उनले अर्को पटकको आम निर्वाचनमा नेकपाले दुई तिहाइ स्थानमा जीत प्राप्त गर्ने जिकिर गरे ।

 

उनले स्वतन्त्र, भयरहित र निष्पक्ष रुपमा निर्वाचनसम्पन्न गराउन सुरक्षाकर्मीका साथै निजामती कर्मचारीले खेल्नुभएको भूमिका प्रशंसनीय रहेको जनाए ।

 

नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले जनताको अभिमतलाई व्यवहारमा उतार्नुपर्ने र जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए ।

 

गण्डकी प्रदेशका सहइन्चार्य एवम् सांसद् खगराज अधिकारीले कास्की क्षेत्र नं. २ को जीतलाई पार्टी एकताको समेत अनुमोदन गरेको तथा सङ्घीय, प्रदेश र स्थानीय सरकारले विकास र समृद्धिका लागि चालेका कदमलाई जनताले अनुमोदन गरेको रुपमा लिनुपर्ने धारणा प्रकट गरे ।

 

 

नेकपाका कास्की इन्चार्ज राजकाजी गुरुङले जीतलाई उन्मादका रुपमा नलिइएको र जनताले दिएको जिम्मेवारीलाई पूरा गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे ।

 

नेकपाका जिल्ला इन्चार्ज कृष्ण थापाले कास्कीलाई भ्रष्टाचारमुक्त र सामाजिक न्यायको जिल्ला बनाउनका लागि पार्टी सङ्कल्पित रहेको बताए । नेकपा कार्यकर्ताले पार्टी र पार्टीको चुनाव चिह्नको झण्डा बोकेर पोखरामा विजययात्रा गरेका थिए ।

 

महेन्द्रपुलबाट शुरु भएको विजय जुलुस बजार परिक्रमासहित नयाँबजारस्थित प्रदर्शनी केन्द्रको परिसरमा पुगेर सभामा परिणत भएको थियो ।


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 5 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 7 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 7 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।