Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्कः अध्यक्ष ओली

मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्कः अध्यक्ष ओली


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्कका रूपमा रहेको बताउँदै यस विरुद्ध सचेतना जगाउन आह्वान गरेका छन्।

मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले मानव बेचबिखन तथा ओसारपसार गर्ने प्रवृत्ति विरुद्ध एकजुट भएर लाग्न आग्रह गरेका हुन्।

अध्यक्ष ओलीले आफ्नो पार्टी सामाजिक न्याय, मानवता, नागरिकको समान अधिकार र अवसरका लागि आन्दोलनको अगुवाइ गरिरहेको जनाउँदै मानव बेचबिखन तथा ओसारपसार विरुद्धका हरेक अभियानमा एमाले निष्ठापूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि उचित नीति तर्जुमा गरी भरपर्दो कानुनी र संरचनात्मक आधार तय गर्न उनले सरकारसँग आग्रह पनि गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच

Techie IT