भेरी–बबई डाइभर्सन तोकिएकै समयमै सकिने

बाँके । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी)को सुरुङमार्ग निर्माण तोकिएकै अवधिमा सम्पन्न हुने सम्भावना बढेको छ । निर्माणका क्रममा विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टिबीएम) रेडजोन (खतरा क्षेत्र) पार गरेर अघि बढेपछि निर्माण अवधिमै सम्पन्न हुने भएको हो । 

 

निर्माणकर्ता चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुपले निर्माण थालेको सो डाइभर्सनको भौगर्भिक सर्वेक्षणका बेला सुरुङ खन्न निकै कठिन र चुनौतीपूर्ण मानिएको स्थान पार गरेर अघि बढिसकेकाले समयमै निर्माण सम्पन्न गर्न सहज देखिएको आयोजना निर्देशक शिवकुमार बस्नेतले बताए । 

 

उनले भने, ‘जिओलजिकल सर्भेमा छिन्चु नजिकैको तोली खोलामा जोखिम देखिएको थियो । त्यो क्षेत्रबाट उक्त उपकरण अघि बढेपछि अब सुरुङ निर्माणको काम तीव्र गतिमा अघि बढ्छ ।’

 

निर्देशक बस्नेतका अनुसार दुई वर्षभित्र सुरुङ खन्ने लक्ष्य रहे पनि हालसम्मको प्रगति हेर्दा तोकिएको अवधिभन्दा अघि नै काम सकिने देखिएको छ । सात महिनामा उक्त उपकरणले आधाभन्दा बढी सुरुङ खनिसकेको छ । हालसम्म छ हजार ३५० मिटर सुरुङ खनिएको छ । सो उपकरणले दैनिक ५१ मिटरका दरले सुरुङ खनिरहेको आयोजनाले जनाएको छ । 

 

आयोजनाका प्रशासन प्रमुख नृपजंग शाहीले भने, ‘आयोजना समयमै बन्ने निश्चित भयो, कठिन र चुनौतीपूर्ण काम सम्पन्न भयो । रेडजोन पार गर्न नसकिने त्रासमा आयोजनाले अन्य काम थाती राखेर सुरुङ निर्माणलाई पहिलो प्राथमिकता दिएको थियो ।’ 

 

रेडजोनकै कारण सुरुङ निर्माण सफल हुने नहुनेमा आशंका देखिएपछि आयोजनाले पावरहाउस र बाँध निर्माण प्रक्रिया शुरु नै नगरेको प्रशासन प्रमुख शाहीले जानकारी दिए । उनले भने, ‘जोखिम मानिएको काम सफल भएपछि आयोजनाले पावर हाउस र बाँध निर्माणलगायतका अन्य काम पनि धमाधम अघि बढाउने भएको छ ।’ 

 

आयोजनाले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गर्ने, त्यसको क्षतिपूर्ति वितरण तथा मूल्याकंन गर्ने र आवश्यक पूर्वाधार निर्माणका काम थाल्ने जनाएको छ । सुर्खेतकोे भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ । 

 

आयोजना प्रमुख बस्नेतले भने, ‘जोखिमपूर्ण मानिएको क्षेत्र पार भइसकेको छ, अब पावरहाउस र हेडवक्र्सको काम अघि बढाउन कागजात बनाउने काम भइरहेको छ ।’ विद्युत् उत्पादनका लागि चिप्लेमा हेडवक्र्स र हात्तीखालमा विद्युतगृह बनाउनका लागि बोलपत्र आह्वानको प्रक्रिया अघि बढिसकेको छ । 

 

भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसालेर विद्युत् उत्पादनसँगै बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पु¥याइने लक्ष्यका साथ सुरुङ निर्माण भइरहेको छ । 

 

सुरुङ निर्माणका क्रममा तोली खोलामा पर्ने भागलाई प्राविधिकले रेडजोनका रूपमा लिएका थिए । यो खोलामुनि पानीको तलाउ वा कडा चट्टान हुनसक्ने र यसले चुरे पहाडमा १२ किलोमिटर लामो सुरुङ खन्ने काममा अवरोध पु¥याउने आशंका गरिएको थियो । 

 

सात महिनाअघि परम्परागत हिसाबले बिष्फोट गर्दै सुरुङ खन्न थालिएको थियो । टिबिएमले सुरुङ खन्न थालेपछि दुई वर्षभित्र सक्ने लक्ष्य लिइएको थियो । हालसम्मको प्रगति हेर्दा तोकिएको अवधिभन्दा अघि नै काम सकिने देखिन्छ । सात महिनामा टिबिएमले आधाभन्दा बढी सुरुङ खनिसकेको छ । सुरुङ निर्माणमा ८० चिनियाँ प्राविधिक र ५५० नेपाली मजदूर संलग्न छन् । 


थप समाचार

हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

  • 3 hours ago
हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

काठमाडौं । प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले महाअभियोगको सामना गर्न आफु तयार रहेको बताएका छन् । सत्तारुढ दल नेकपाले महाअभियोग प्रस्ताव पेश गर्ने भन्दै आफ्ना स

खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

  • 4 hours ago
खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

काठमाडौं । संसदीय सुनवाई विशेष समितिबाट प्रधानन्यायधीशमा अस्वीकृत दीपकराज जोशी विरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सत्तारुढ दल नेकपाका सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ । नयाँ प्रधानन्यायाधीश न

फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

  • 4 hours ago
फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

काठमाडौँ । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको