गरिव तथा विपन्न वर्गले अबदेखी निःशुल्क स्वास्थ्य सेवा पाउने , कुन रोगको उपचार कुन अस्पतालबाट

तस्विर-इन्टरनेट

काठमाडौं । सरकारले ८ रोगको निःशुल्क उपचार गर्नका लागि अस्पतालहरु निर्धारण गरेको छ । मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको निःशुल्क उपचारका लागि सरकारले अस्पतालको नाम तोकेको हो । स्वास्थ्य सेवा विभागका अनुसार उपचार खर्च अभावमा कुनै पनि नागरिकले मृत्युवरण गर्न नपरोस् भन्ने उद्धेश्यले निःशुल्क उपचारका लागि अस्पतालहरु निर्धारण गरिएको हो ।

 

क्यनान्सर


क्यान्सर रोगको उपचारका लागि क्यान्सर केयर अस्पताल जावलाखेल, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल चितवन, कान्ति बाल अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सिभिल अस्पताल नयाँबानेश्वर र महिलालाई हुने क्यान्सर रोगको उपचारका लागि प्रसूति गृह थापाथली तोकिएको छ ।

 

मिर्गौला

 

यस्तै मिर्गौला रोगको उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पताल तोकिएको छ ।

 

मुटु


यस्तै, मुटु रोगको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी र मनमोहन कार्डियाक अस्पताल काठमाडौंलाई तोकिएको छ ।


सिकलसेल

सिकलसेल रोगको उपचार गर्न नवलपरासी जिल्ला अस्पताल, बुटवल अञ्चल अस्पताल, कपिलबस्तु अञ्चल अस्पताल, घोराही उपक्षेत्रीय अस्पताल दाङ, भेरी अञ्चल अस्पताल बाँके, धनगढी अञ्चल अस्पताल, गुलरिया जिल्ला अस्पताल र महाकाली अञ्चल अस्पताल महेन्द्रनगर तोकिएको छ ।

 

हेड इन्जुरी, स्पाइनल इन्जुरी

 

हेड इन्जुरी, स्पाइनल इन्जुरी (टाउको र मेरुदण्डको समस्या) को निःशुल्क उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, महाराजगञ्जको शिक्षण अस्पताल र पाटन अस्पताल तोकिएको छ ।

 

पार्किन्सन्स, अल्जाइमर

 

यस्तै पार्किन्सन्स, अल्जाइमरको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पताललाई तोकिएको छ । पायक पर्ने अस्पतालमा शैया नपाएमा वा विभिन्न कारणवस त्यहाँ भर्ना हुन नपाएमा स्वास्थ्य सेवा विभागमार्फत अर्को उपचार सुविधा भएको अस्पतालमा सिफारिस गराउन सकिने व्यवस्था गरिएको छ ।

 

सरकारले घोषणा गर्दा आठ प्रकारको रोगलाई निःशुल्क भनेको छ । तर, उपचारका क्रममा लाग्ने सबै खर्च भने सरकारले व्यहोर्दैन । यसरी सिफारिस गरिएका अस्पतालमा विरामीले उपचार लिए वापत सो अस्पतालले विभागमा माग सोध भर्ना गरी उपचारमा खर्च भएको रकम प्राप्त गर्नेछ । त्यस्ता अस्पतालले प्रत्येक महिना अस्पतालमा भर्ना भएका वा उपचार लिएका विरामीको संख्याका आधारमा विभागसँग रकम लिँदै आएको छ । त्यसका लागि विभागले अर्थ, गृह र स्वास्थ्य सचिव, विभागका निर्देशक, लगायतका पदाधकारीसहितको बैठक बसी रकम निर्धारण गरेर अस्पताललाई रकम दिँदै आएको छ ।

 

यदि विपन्न वर्गमा पर्ने तर, उपचारका क्रममा त्यसका लागि अवश्यक पर्ने कागज पत्र र सिफारिस नभएमा आफू विपन्नमा पर्ने कुरा सम्वन्धित अस्पताललाई समयमै जानकारी गराउनुपर्छ । र, अस्पतालले डिस्चार्ज गर्नु अघि नै आवश्यक प्रक्रिया मिलाउन समय दिनेछ । यस्तो समय सामान्यतया ५ दिनसम्म दिने प्रचलन छ ।

 

अधिकतम ५ लाख सम्मको निःशुल्क उपचार

 

स्वास्थ्य सेवा विभागअन्तर्गतको विपन्न इकाईका जनस्वास्थ्य अधिकृत दयाराम न्यौपानेका अनुसार आठ प्रकारकै रोगमा सरकारले एक लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्ने हो । बाँकी रकम भने विरामी र उनका परिवारले नै व्यहोर्नु पर्नेछ । यद्यपि उपचार खर्च नै व्यहोर्न नसक्नेहरुको हकमा ५ लाखसम्म सरकारले व्यहोर्ने व्यवस्था पनि छ । तर, यसका लागि थप प्रक्रिया अपनाउनु पर्दछ । एक लाख भन्दा माथिको उपचारको हकमा विभागले संसद तथा मन्त्रालयमा थप उपचार खर्चका लागि सिफारिस गर्छ । र, त्यहाँबाट स्वीकृत भएमा मन्त्रिपरिषदबाट निर्णय गराएर उपचार खर्च दिने प्रचलन छ ।

 

अब सातामा तीन पटक निशुल्क डाइलोसिस सुविधा

 

सरकारले पछिल्लो समय मिर्गौला रोगबाट पीडित भएकाहरुलाई सातामा दुई पटक निःशुल्क डाइलोसिस सुविधा दिँदै आएको थियो । अब भने सातामा तीनपटक बनाइएको छ । जस अन्तर्गत दुवै मिर्गौला फेल भएका मानिसहरुले दुई वर्षमा झण्डै २०८ साइकल (पटक) डाइलोसिस गराउन पाउँथे । यो भनेको झण्डै आठ लाख बीस हजार रुपैयाबराबरको उपचार शुल्क हो । तर वर्तमान सरकारले यो सेवा आजीवन निःशुल्क बनाएको छ । अब दुवै मिर्गौला फेल भएका विरामीले तोकिएको कुनै पनि अस्पतालबाट आजीवन यो सुविधा उपभोग गर्न सक्नेछन् । तर, त्यो सम्पन्न परिवारका लागि नभई विपन्न वर्गका लागिमात्र भएको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, विपन्न इकाईका जनस्वास्थ्य अधिकृत न्यौपाने बताए ।

 

विपन्न वर्गको निःशुल्क उपचार लागि निश्चित मापदण्ड तोकिएको छ । स्वास्थ्य सेवा विभागको विपन्न इकाईका अनुसार तीन महिना, ६ महिना वा नौ महिना खानै नपाउने तथा न्युन आयस्रोत भएका व्यक्तिका आधारमा विपन्न वर्ग भए÷नभएको तय गरिनेछ । मापदण्डमा अनिवार्य ‘विपन्न वर्ग’ हुनपर्छ । सम्बन्धित वडा तथा गाविसमा ‘विपन्न भएकाले आर्थिक सहयोग पाउँ’ भनी गाविसमा एउटा निवेदन दिनुपर्छ ।

 

सो निवेदनको आधारमा गाविसले जिल्लामा सो रोग निदानका लागि सिफारिस गरिदिन्छ । सोही सिफारिसका आधारमा जिल्ला विकास कार्यालयमा विपन्न वर्गका लागि बनाइएको समितिले उक्त रोगको निदानका लागि कागज बनाइदिन्छ । त्यसका लागि व्यक्तिले निवेदनसहित दुई वटा फोटो तथा नागरिकताको फोटो कपी, चिकित्सकले दिएको रिपोर्ट तथा गाविसले दिएको सिफारिस पत्र पेश गर्नुपर्छ ।

 

सो पत्रकै आधारमा जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, समाजसेवी, उपचारमा संलग्न चिकित्सक, जनस्वास्थ्य अधिकृत, अस्पताल प्रमुख लगायतका व्यक्तिको उपस्थितमा बसेको बैठकले ‘उक्त व्यक्ति विपन्न वर्गको हो’ भनेर प्रमाणित गरेपछि उपचारका लागि सम्बन्धित अस्पताललाई सिफारिस गर्छ । सिफारिसका लागि व्यक्तिले आफ्नो पायक पर्ने अस्पतालको नामसहित उपचार लिन चाहेको रोगको विवरण खुलाउनुपर्छ । त्यसकै आधारमा बैठकले निर्णय गरी सम्बन्धित अस्पताललाई पत्र लेख्दछ । त्यसरी पत्र लेख्दा विरामीले सिधै सो अस्पतालबाट तोकिएको रकम बराबरको सेवा लिन सक्नेछन् ।

 

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष ०७० सालदेखि ०७२/७३ सम्म झण्डै २८ हजार ६ सय ७ जनाले यो सेवा लिइसकेका छन् । स्वास्थ्य सेवा विभाग विपन्न इकाईका अनुसार आर्थिक वर्ष ०७०/७१ मा १० हजार ८ सय २८ जनाले विभिन्न अस्पताल मार्फत यो सेवा लिइसकेका छन् । आर्थिक वर्ष ०७१/७२ मा ७ हजार ७ सय ४९ जनाले र आर्थिक वर्ष ०७२/७३ मा १० हजार ३ सय २० जनाले यो सेवा लिएका छन् । अाजकाे राजधानी दैनिकमा समाचार छ ।



    Your Comment

    थप समाचार

    मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

    • 6 minutes ago
    मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

    यहि २५ नोभेम्बरका दिन हेज एण्ड हार्लिङटन कम्युनिटी सेन्टर, अलबर्ट रोडमा मोर्गेज, कर, कानुन, वील्स, स्टेट प्लानिङ आदि विषयमा विषयगत बिज्ञहरुद्धारा निशुल्क सचेतना तथा परामर्श कार्यक्रम गर्न लागिएको हो ।

    जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

    • 4 hours ago
    जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

    चितवन, मंसिर ५ । जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनकाे निधन भएकाे छ । वाम गठबन्धनको चितवनमा मंगलबार भएको कार्यक्रममा प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै उनी ढलेका&n

    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    • 4 hours ago
    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्रा


    Loading...

    भिडियो

    hamropatro

    प्रेम र यौन

    किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

    किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

    एजेन्सी । जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

    जीवनशैली

    तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

    तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

    एजेन्सी । समुद्र शास्त्रको अनुसार तपाईको निधारका ७ रेखाले तपाईको भविष्य बताउने विश्वास गरिन्छ । शास्त्रको अनुसार शारीरिक अंगको आधारमा मानिसको व्यक्तित्व र सोचको जानकारी पत्ता लगाउन सकिन्छ ।