अध्यारोबाट उज्यालोमा जाने चित्रकला “तमसोमा ज्योतिर्गमय’’

काठमाडौँ ।  चित्रकार सन्ध्या रेग्मीको नवौ एकल चित्रकला प्रदर्शनी “तमसोमा ज्योतिर्गमय“ शीर्षकमा नेपाल कला परिषदमा प्रदर्शनी भइरहेको छ । 

 

यही असार २३ गतेदेखि शुरु भई असार २९ गतेसम्म चल्ने प्रदर्शनीमा ३३ वटा बत्ती, ॐ, गायत्री मन्त्र, महामृत्युजन्य मन्त्र लगायत यथार्थवादी, अमुर्त र अर्धमुर्त शैलीका चित्रहरु राखिएका छन् । 

 

कलाकार रेग्मीले ५ बर्षदेखि गरेको सिर्जना र मेहनतबाट निर्माण भएका ती चित्र अध्यात्मवादसँग सम्बन्धित छ भने समाजलाई अन्ध्यारोबाट उज्यालोतिर, असत्यबाट सत्यतिर, मृत्युबाट जीवनतिर लैजाने दार्शनिक मान्यतालाई चित्रले प्रतिविम्बित गरेको छ । 

 

 

इञ्जिनियरसमेत रहेकी कलाकार रेग्मीले प्रत्येक चित्रको संरचना हेर्दा पहेलो, रातो, खैरो रंगको प्रयोग राम्रोसँग गणितको हरहिसावलाई व्यवस्थापन गरेको पाइन्छ । सन् २०१३ मा “बुद्धका अनुहारहरु“ शीर्र्षकमा सातौ एकल चित्रकला गरेकी रेग्मीले स्वदेश र बिदेशमा गरी नौ पटक सम्म आफ्ना पेन्टिङहरुको प्रदर्शनी गरिसकेकी छिन् । 

 

बरिष्ठ कला समीक्षक रमेश खनालले चित्रका किनारामा धमिलो हुँदै केन्द्रमा चहकिलो रंग भरेको शैलीले बोधिसत्व प्राप्तिका लागि अध्यारोबाट उज्यालोमा जाने विधिलाई चित्रमार्फत देखाउन खोजिएको बताए । 

 

मुलुकमा भएको १० वर्ष लामो गृहयुद्धमा सर्वसाधारण नागरिकमा परेको असहज परिस्थिति, भयलाई प्रस्तुत गर्न आकाश रिसाउँदा समुन्द्रमा रगत बगेको बिम्बमा चित्र तयार पारिएको छ । 

 

सूर्य भगवानलाई सर्वशक्तिमान, सर्वव्यापी मानिएका केही चित्रमा सर्वज्ञका रुपमा शिवशक्तिको महत्वलाई प्रस्तुत गरिएको छ भने ॐ को नाममा चित्र कोरिएको छ । सात वटा चित्र ॐ सँग सम्बन्धित छन् भने ॐ बाट शिव तथा महादेव देखाइएको छ । 

 

ॐ को अगाडि पछाडि बलिरहेको दियो, डमरु र त्रिशुल प्रतिकका रुपमा चित्रमा प्रस्तुत गरिएका छन् । विश्व ब्रम्हाण्डमा ॐ को महत्व, अविनाशी, अजर र अमर शक्तिका रुपमा सिर्जना अभिव्यक्त गरिएको छ । 

 

भूकम्पको समयमा नागरिकमा आएको निराशालाई केही चित्रबाट देखाउन खोजिएको छ । गायत्री मन्त्रका आधारमा मृत्युबाट जीवन, अन्धकारबाट उज्यालोमा जान सक्ने शिक्षा र सन्देश चित्रमा देखाइएको इन्जिनियर दिनेश शिवाकोटीले बताए । 

 

समाजलाई सकारात्मक परिवर्तनका लागि कला क्षेत्र सशक्त माध्यम बन्नसक्दछ किनभने यसको प्रभावले मानिसमा चाँडो परिवर्तन आउँछ । वेदको गहन अध्ययनबाट प्राप्त गरेको शिक्षाका आधारमा कलाकार रेग्मीले कोरेका चित्रले आध्यात्मिक दर्शनका माध्यमबाट समाजलाई सकारात्मक सन्देश दिन सकिने विश्वास गरिएको छ ।

 

अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्यले चित्रमा वैदिक परम्पराको मौलिकता रहेको बताउँदै आफूलाई चित्रले राम्रो प्रभाव पारेको विचार व्यक्त गरे । 

 

बुद्धले बोधिसत्व प्राप्त गरेपछि पनि दिव्य ज्ञानका माध्यमबाट अन्धकारबाट अन्धकार, अन्धकारबाट उज्यालो, उज्यालोबाट अध्यारो र उज्यालोबाट उज्यालोलाई अनुभूत गर्न सकिने शिक्षाका बारेमा उपदेश दिनुभएको प्रसंग अनुत्तर निकायमा पाइन्छ । 

 

कलाकार रेग्मीले मानव सभ्यताको विकास क्रममा वैदिक सभ्यता र संस्कृतिको ठूलो महत्व रहेको बताउँदै ज्ञानबाट प्राप्त गरिने सत्यको स्वानुभूतीलाई विभिन्न चित्रमा अध्यात्मिक चिन्तनका अभिव्यक्ति दिएको बताए । 

 

उनले भने–‘जीवन र जगतलाई बुझ्ने सबैका फरक फरक भोगाई र विश्लेषण नै ज्ञानका हो, त्यो सत्य वा असत्य दुबै हुन सक्तछ ।’ विभिन्न उमेर समुहका दर्शकहरुले ती चित्रलाई महत्व दिएर हेर्न आएको पाइएको छ । 

 

प्रदर्शनीको अर्को आकर्षणमा कलासँग साहित्य र पनि मिसाइएको छ । प्रत्येक चित्रमा कवी गोपीकृष्ण प्रसाईंले नेपालीमा र कवि तुसार सुबेदीले अंग्रेजीमा कविता रचना गरेको देख्न सकिन्छ । 

 


थप समाचार

ला लिगाका खेल सकिए, कुन टिम च्याम्पियन्स लिग खेल्दै कुन रेलिगेट ?

  • 1 minute ago
ला लिगाका खेल सकिए, कुन टिम च्याम्पियन्स लिग खेल्दै कुन रेलिगेट ?

काठमाडौँ । स्पेनिस घरेलु लिग ला लिगाको खेलहरु सकिएका छन् । लिगको उपाधि बार्सिलोनाले जितेको छ । बार्सिलोनासहित एट्लेटिको मड्रिड, रियल मड्रिड तथा भ्यालेन्सिया च्याम्पियन्स लिगको लागि छनोट भएका छन् ।

प्रहरीले गोली हानेर पक्राउ गरेकाे ‘डाँका काले’को वीर अस्पतालमा उपचार हुँदै

  • 16 minutes ago
प्रहरीले गोली हानेर पक्राउ गरेकाे ‘डाँका काले’को वीर अस्पतालमा उपचार हुँदै

काठमाडौँ । प्रहरीले सर्वाधिक खोजीको सूचिमा रहेका ‘डाँका काले’ भनिने विष्णु तामाङलाई गोली हाने नियन्त्रणमा लिएको छ । सोमबार बिहान प्रहरीले काठमाडौँको टोखाबाट गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको हो ।

मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

  • 34 minutes ago
मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

काठमाडौँ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी घरेलु लिग ला लिगाको उच्च गोलकर्ता बन्दै पीचीची अवार्ड पाएका छन् । उनले लिगको सबै खेल सक्दा कूल ३६ गोल गरे ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।