Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिइलाम – २ को उपचुनावमा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

इलाम – २ को उपचुनावमा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय


काठमाडौँ । नेकपा एमालेले इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा हुने उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

सुहाङ दिवङ्गत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् । एमालेका तत्कालीन उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते निधन भएपछि इलाम–२ को सांसद पद रिक्त थियो ।

एमालेले उम्मेदवार बनाएका सुहाङ पेशाले अधिवक्ता हुन् ।

यस्तै, एमालेले बझाङ–१ को प्रदेशसभा (क) मा हुने उपचुनावमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

सचिवालय बैठकले बझाङ–१ को प्रदेशसभा (क) बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस क्षेत्रमा विजयी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गएको वर्ष गाडी दुर्घटनामा परेर निधन भएको हो ।

आउँदो वैशाख १५ गते इलाम प्रतिनिधि सभा क्षेत्र नंबर २ र बझाङ–१ को प्रदेशसभा (क) मा हुने उपचुनावको लागि यही चैत २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

उम्मेदवारको विरोधमा चैत २५ गते उजुरी दिन सकिने छ । २५ गते नै दिउँसो ३ बजेदेखि चैत २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय हुने आयोगले जनाएको छ । चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने कार्यक्रम छ । वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान केन्द्रमा मतदान हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच

Techie IT