IIMS College

ISMT

HUB Education

मिनु भईन् मिसेस नेपाल ग्ल्याम विजेता

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिसेस नेपाल ग्ल्याम २०१९’को ताज मिनु प्रधान श्रेष्ठले जितेकी छन् । कोटेश्वर निवासी मिनुले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । मोस्टफ्रेड्ली उपाधि समेत हात परेकी मिनुले ताजसहित विभिन्न अवसर र गिफ्ट पुरस्कारको रुपमा प्राप्त गरेकी छन् ।

 

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार अबेरसाँझ सम्पन्न प्रतियोगितामा सोनिका कार्की फष्ट रनरअप र प्रज्ञा श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए । सोनिकाले बेष्ट र्याम्प वाक र मोष्ट ट्यालेन्ट उपाधि समेत हात पार्द प्रज्ञा फेसबुक च्वाईस र यु ट्युव मोष्टम्युज बिजेता बनिन् ।

 

आकाश गिरी इभेन्ट म्यानेजर रहेको प्रतियोगितामा अंजु खड्का राई बेस्ट पर्सनालिटी उपाधि सहित थर्ड रनर अप भइन् भने बेस्ट स्पीच सहित फोर्थ रनर अप देवकी सेवा नेपाली बन्न सफल भइन् । 

 

अश्विनी झाको कार्यक्रम संचालन तथा कोरियोग्राफी प्रतियोगितामा बिभिन्न आधादर्जन बिधामा समेत बिजेता छानिएको थियो । जसमा कल्पना प्रधान पब्लिक च्वाईस र भ्यूवर्स च्वाईस, बीनू शाही बेस्ट फिट्नेस, सुनीता फुयाल क्षेत्री बेस्ट हेयर, शिल्भा तुलाधर मोस्ट फोटोजेनिक, पनीता राई बेस्ट स्किन, सीमा शर्मा बेस्ट स्माइल, सीमा घतान विश्वकर्मा सोशली रेस्पोन्सिबल, सोना राई लामा फेसन आइकान र प्रतिमा अधिकारी मोस्ट क्रिएटिव विजेता बने । 

 

विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उदेश्यले आयोजना गरिएको  आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिइयो प्रिती कार्कीले जानकारी दिइन् ।

 

अन्तिम स्पर्धाको निर्णायकमा अभिनेता रमेश बूढ़ाथोकी, हिस्सानका अध्यक्ष तथा गोल्डेन गेट कलेजका प्रमुख रमेश सिलवा, अध्यापक तथा संगीतकार सरोज प्याकुरेल, अभिनेता गजित बिष्ट, गायक तथा डाक्टर आभास लाभ, आईडीयल स्कूलका संस्थापक पूर्ण लामा, मिसेस नेपाल इंटरनेशनल तथा मिसेस एसिया प्यासिफिक चंदा थापा गिरी रहेका थिए ।

 

विभिन्न धमाकेदार सांगीतिक प्रस्तुतिले कार्यक्रममा सहभागी मोहित भएक थिए । 

 


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 32 minutes ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 35 minutes ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 39 minutes ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।