ISMT

HUB Education

राज्यले निजी क्षेत्रलाई शिक्षामा लगानी गर्न नदिने कुरै छैनः प्रधानमन्त्री ओली

Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशलाई माया गर्ने शिक्षा आफ्नै देशमा पाउनुपर्ने बताएका छन् । बिहीबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) एडु फेयरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनुचित खर्चको मारमा विद्यार्थी नपरोस् भन्दै आफ्नो देशलाई माया गर्ने शिक्षा अरुको देशमा गएर प्राप्त गर्न नसकिने बताएका हुन् । 

 

यसको लागि सरकारले निजी क्षेत्रलाई शिक्षा क्षेत्रमा लगानी गर्नको लागि प्रोत्साहित गरेको उनको भनाई थियो । विदेशमा गएर पढेको शिक्षा सर्टिफिकेटसँग मात्र सम्बन्धित रहेको तर, समाजमिल्दो विषय अरु देशको आवश्यकता नभएको कारणले गर्दा नेपालमै लिइने शिक्षा प्रभावकारी हुने उनको भनाई थियो । नेपाल विविधताले भरिएको देश भएको यस विविधताकाबीच स्नेहभाव राखेर अघि बढ्नुपर्ने शिक्षा नेपालमा हुनुपर्नेमा उनले जोड दिए । 

 

केही प्राविधिक विषयको ज्ञान लिनको लागि विदेश जान सकिए पनि नेपालको भूगोल सुहाउँदो शिक्षा नेपालमा नै पाइने उनको भनाई थियो । 

 

त्यस्तै, उनले नेपालका शिक्षित भनिएका वर्गप्रति कटाक्ष पनि गर्न भ्याए । उनले भने ‘शिक्षित जमात पनि शिक्षित जमात जस्तो लागिरहेको छैन । जसले आफ्नो भूमि बढेन, आफ्नो समाज बढेन, आफ्नो आवश्यकता बढेन । आफ्नै ठाउँबाट आफ्नै आवश्यकत परिपूर्तिका लागि उम्रिएको शिक्षा प्रणाली यी कुराहरु नपढेको कारणले उसले त्यतापट्टी ध्यान दिन पाएन ।’ 

 

प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई सरकारले घाँटी निमोठ्न लागेको भन्ने कुराको पनि खण्डन गर्दै बरु सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरिरहेको भनाई राखे । कार्यक्रममा बोल्दै उनले नेपालको पढेकाले बाटोको धुलो देखेर, हाम्रा पहाड, तराई, हिमाल, गर्मी चिसो भोगेर नेपाललाई बुझ्ने बताए । उनले निजी क्षेत्रलाई शिक्षामा थप लगानी गर्नको लागि आग्रह समेत गरे । उनले भने ‘शक्षाको क्षेत्रमा लगानी गर्नुस् । यो क्षेत्र सुरक्षित छ । हामी यस क्षेत्रलाई प्रोत्साहित पनि गरिरहेका छौं । राज्यले निजी क्षेत्रलाई शिक्षामा लगानी गर्न नदिने कुरै छैन ।’

 

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आजदेखि जेठ १२ गतेसम्म राजधानीको भृकुटीमण्डप, प्रदर्शनीहलमा यस मेला संचालन भइरहेको छ । नेपालमै संचालित शिक्षालयहरूले दिने गुणस्तरीय र उत्कृष्ट शिक्षाका उचित जानकारी र परामर्श दिन यस मेला उपयोगी हुने आयोजकको विश्वास छ । 

 

मेलामा विश्वविद्यालयबाट सम्बन्धन लिई विभिन्न कार्यक्रम संचालन गरेका शैक्षिक संस्था तथा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमांचल र सुदूरपश्चिमांचल विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटिईभिटि)को सम्बन्धनमा संचालित १ सय ५० बढी शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजकले बताइएको छ । 

 


थप समाचार

अन्ततः रवि पक्राउ प्रकरणबारे बोलिन् भरतपुरकी मेयर रेणु दहाल

  • 5 hours ago
अन्ततः रवि पक्राउ प्रकरणबारे बोलिन् भरतपुरकी मेयर रेणु दहाल

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि चितवनमा विकास भएका एकपछि अर्को घटनाबारे मौन रहेकी भरतपुर महानगरपलिकाकी मेयर रेणु दाहालले मुख खोलेकी छिन् ।

यी हुन् बलिउडका प्रभावशाली जोडिहरु

  • 6 hours ago
यी हुन् बलिउडका प्रभावशाली जोडिहरु

एजेन्सी । बलिउड विश्वमा छुट्टै पहिचान बनाएको फिल्मी दुनियाँ हो । बलिउडको चर्चा विश्वमै हुने गर्छ । बलिउड आँफैमा ठूलो परिवार रहेको छ, भने यस क्षेत्रभित्र पनि आफ्ना श्रीमान–श्रीमतीको छुट्टै पहिचान रहेको

घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव

  • 6 hours ago
घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव हुँदा एउटै सचिवले तीन वडामा सेवा दिनुपर्ने बाध्यता छ । एउटा वडा सचिवले फरक फरक वडामा गएर सेवा दिँदा आफूलगायत स्थानीयवासीलाई समस्या हुने



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

काठमाडौं । महाभारतको वनपर्वमा उल्लेख गरिएको छ, सत्य बोल्ने मानिसलाई के–के फाइदा हुन्छ । यसका अलावा महाभारतमा सबै कुराहरु बताइएको छ जसले हाम्रो जीवनसँग सरोकार राख्छ । यसका साथै सत्य बोल्नाले भगवान पनि प्रसन्न हुन्छन् । मुख्यतया सत्य बोल्ने व्यक्तिलाई यी चार कुराहरु प्राप्त हुन्छ ।

विचित्र विश्व

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

एजेन्सी । अष्ट्रेलियाका नौ वर्षे बालक ज्या इलियटले समुद्री किनारमा बोतलभित्र रहेको एक सन्देश भेटेका छन् । उक्त सन्देश ५० वर्षभन्दा अघि ब्रिटिस लेखक पल गिलमोरले हिन्द महासागरमा छाडेका थिए ।