पोखराको फुटबल स्टेडियम बनाउने कम्पनीद्वारा स्थलगत निरिक्षण,

  • मंगलबार, २४ पुष, २०७५
  • 1 week ago
  • खेल

‘हामीले सर्भे गरेपछि काम शुरु गर्छौ । सर्भे मंगलबार या बुधबार हुन्छ ।’ पोखरा रंगशालास्थित फुटबल स्टेडियम निर्माणको जिम्मा पाएको भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर -जे.भी-का पदाधिकारीले सोमबार विहान स्थलगत निरिक्षण गरेपछि भने–‘फुटबल मैदान वरिपरीको झाडी फाड्छौं । सर्भे गरेर सकेपछि कामको रफ्तार हुने छ ।’

 

फुटबल मैदानको चारैतिर निरिक्षण गरेपछि एम.ए कन्ट्रक्सनका सञ्चालक हरिकुमार न्यौपानेले तोकिएकै समयभित्र विना अडचन काम पुरा गर्ने स्पष्ट पारे । ‘केही अप्ठ्यारा परिस्थति नआउन काम शुरु गर्नुभन्दा पुर्व नै सहमति हुनुपर्छ । त्यसै अनुसार काम गर्ने हो । भोलि काम गर्दै गएपछि यसो गर्ने र उसो गर्ने भन्दा काममा बाधा अडचन आउन सक्छ ।’ उनले जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समिति एवं राष्ट्रिय खेलकुद परिषदका कर्मचारीसँगको छलफलमा भने । पुर्वाधारको काम शुरु गरेपछि समस्या नआउने गरी काम गर्नुपर्नेमा उनको भनाई थियो ।

 

राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता लगत्तै कम्पनीको टोली पोखरा आईपुगेको हो । पोखरामा आउँदो माघ १५ गतेदेखि हुने मनकामना केवलकार कप फुटबल प्रतियोगितालाई भने असर नपर्ने गरी काम गर्ने बताइएको छ । ‘कुनै प्रतियोगिताको नाममा पुर्वाधार निर्माणको काम भने रोकिनु र ढिला हुनु हुदैन् । हाम्रो पहिलो प्राथमिकता र महत्वको विषय बस्तु जे हो त्यसैलाई अगाडि बढाउनुपर्छ ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले भने ।

 

भारतीय कम्पनी ग्रेट स्पोर्टसका प्राविधिक सिद्धान्त परदेशी समेत पोखरा रंगशाला आईपुगेर बस्तुगत अध्ययन गरेका छन् । ‘भविष्यलाई हेरेर काम गर्नुपर्छ । त्यसैले अहिले नै केही कुराहरुलाई टुग्याउन जरुरी छ ।’ उनले भने । कम्पनीले टर्फ खेल मैदान, सिन्थेटिक ट्रयाक र स्टिल स्ट्रक्चर हुने जनाएको छ । भारतीय प्राविधिक सिद्धान्तका अनुसार टर्फ मैदान अमेरिकाबाट आउने छ । सिन्थेटिक ट्रयाक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट आउने छ । प्यारापिटसहितको फुटबल मैदान बनाउन कम्पनीलाई १० महिनाको समयावधि छ । ‘काम भन्दा पहिला निर्णय हुनु महत्वपूर्ण हुन्छ । निर्णय नहुदाँ काममा समस्या आउन सक्छ ।’ भारतीय प्राविधिक सिद्धान्तको भनाई थियो ।


थप समाचार

संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

  • 23 minutes ago
संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

बुधबार सांझ हाउस अफ कमन्समा मतदान हुँदा प्रधानमन्त्री मेको पक्षमा ३ सय २५ मत परेको छ भने विपक्षमा ३ सय ६ मत खस्यो ।

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा मतदान हुँदै

  • 2 hours ago
बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा मतदान हुँदै

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि बुधबार सांझ बेलायती संसद (हाउस अफ कमन्स) मा मतदान हुंदैछ ।

मानव बेचबिखनमा दाेषी ठहर गर्दै बीस वर्ष जेल सजायँ

  • 6 hours ago
मानव बेचबिखनमा दाेषी ठहर गर्दै बीस वर्ष जेल सजायँ

नुवाकोट । युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक जनालाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।