Techie IT
२०८१ वैशाख २६, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजनताको विश्वास गुम्दै गएपछि जापानमा एकैपटक फेरिए १३ मन्त्री

जनताको विश्वास गुम्दै गएपछि जापानमा एकैपटक फेरिए १३ मन्त्री


काठमाडौँ। जापानका प्रधानमन्त्री फुमियो काशिदाले सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।

बुधबार प्रधानमन्त्रीले सरकार र आफ्नो सत्तारुढ डेमोक्रेटिक पार्टी (एलडीपी) पार्टीप्रति जनताको विश्वास घट्दै गएपछि मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। उनले एकैपटक १३ मन्त्री फेरेका छन्।

पुनर्गठनमा १९ मध्ये १३ जना मन्त्री परिवर्तन भएका छन्। जसमध्ये ११ जना पहिलो पटक मन्त्री बनेका हुन्। बुधवार घोषणा गरिएअनुसार अर्थमन्त्री शुनिची सुजुकी, मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनो र उद्योगमन्त्री यासुतोशी निशिमुरालगायत ६ जना वर्तमान क्याबिनेट सदस्य आफ्नै पदमा रहनेछन्।

योशिमासा हयाशीको स्थानमा परराष्ट्रमन्त्रीमा पूर्वन्यायमन्त्री योको कामिकावा नियुक्त भएका छन्। मन्त्रिपरिषद्मा महिलाको संख्या दुईबाट पाँच पुगेको छ।

जापानमा राष्ट्रिय परिचयपत्र प्रणालीलाई लिएर जनताको असन्तुष्टि, मूल्य वृद्धिलगायतका कारण सरकारको आलोचना हुँदै आएको थियो।

गत वर्षयता प्रधानमन्त्री फुमियोले दोस्रो पटक मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु भएको छ । बिहान ७ बजेबाट त्यहाँ मतदान

ब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ता

काठमाडौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् ।

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

काठमाडाैँ । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

Techie IT