चार जना प्रहरी र ८७ जना आतङ्ककारी मारिए

काबुल । अफगानिस्तानको दुई वटा प्रान्तमा भएको हवाई कारबाही र दोहोरो गोली हानाहानमा चार प्रहरी अधिकारी र ८७ जना आतङ्ककारी मारिएका स्थानीय सुरक्षा अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । 

 

अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहारमा अफगान हवाइ सेनाले तालिवान आतङ्ककारीविरुद्ध सोमबार मध्यरातमा गरेको कारबाहीमा ५७ आतङ्ककारी मारिनुको साथै १६ जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल रजाकले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । 

 

कन्दाहारको प्रान्तीय राजधानी कन्दाहारबाट पश्चिमतर्फको एक जिल्लालाई कब्जामा लिने कोसिसमा तालिबानी आतङ्ककारीहरु रहेका थिए । 

 

त्यसैगरी अफगान सुरक्षाफौज र अमेरिकाआवद्ध नेटो संयुक्त गठबन्धनले अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको बाहलान इ मार्काजी जिल्लामा तालिबान आतङ्ककारी विरुद्ध चलाएको हवाइ कारबाहीमा ३० जना आतङ्ककारी मारिनुको साथै अन्य १६ जना घाइते भएका सेनाका प्रवक्ता हनिफ रेजाइले बताएका छन् । 

 

शुक्रबार राति सोहीे जिल्लामा भएको आतङ्ककारी आक्रमणमा २० जना सैनिकको मृत्यु भएपछि प्रतिशोधको रुपमा यो कारबाही भएको बताइएको छ । 

 

अफगानिस्तानमा आगामी अक्टोबर २० मा संसदीय र जिल्ला परिषदको निर्वाचनको तयारी भइरहेको अवस्थामा अफगान सुरक्षाफौजले संयुक्त गठबन्धन सेनाको सहयोगमा आतङ्ककारीविरुद्ध भीषण जमिन र हवाई कारबाही शुरु गरेको छ । 

 

तालिबान आतङ्ककारी समूहले भने यस विषयमा केही टिप्पणी गरेको छैन । 


थप समाचार

फलफुल बाेकेकाे मिनिट्रक दुर्घटना, चालक गम्भीर घाइते

  • 18 minutes ago
फलफुल बाेकेकाे मिनिट्रक दुर्घटना, चालक गम्भीर घाइते

प्यूठान । बडडाँडा–दर्भान सडकखण्ड अन्तर्गत पाकुरी खोलामा फलफुल बोकेको मिनिट्रक दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

अन्ततः प्रहरीको फन्दामा परे साइको किलर सुनिल

  • 30 minutes ago
अन्ततः प्रहरीको फन्दामा परे साइको किलर सुनिल

एजेन्सी । हाम्रो छिमेकी राष्ट्र भारतमा पनि बलात्कार र हत्या लगाएतका जघन्य अपराधहरुले सीमा नाघिसकेको छ ।

इन्टरपोलको प्रमुखमा रूसी उम्मेदवारलाई नस्वीकार्न आलोचकको आग्रह

  • 37 minutes ago
इन्टरपोलको प्रमुखमा रूसी उम्मेदवारलाई नस्वीकार्न आलोचकको आग्रह

मस्को, रसिया । रूस विरोधी केही आलोचकहरूले बुधबार हुन लागेको इन्टरपोल प्रमुखमा रूसी उम्मेदवारलाई नछान्न आग्रह गरेका छन् । प्रहरीको अन्तराष्ट्रिय सञ्जाल (इन्टरपोल) मा रूसी नेतृत्व आएमा मस्कोले र



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।