ब्रेक्जिटपछि बेलायतको भिसामा युरोपेली र गैरयुरोपेलीलाई समान मापदण्ड

  • मंगलबार, २ असोज, २०७५
  • 4 months ago
  • युके

 

लण्डन । ब्रेक्जिटपछि बेलायतमा काम गर्ने शिलशिलामा युरोपेली देशका नागरिकहरुलाई कुनै बढि प्राथमिकता नदिइनुपर्ने सिफारिस गरिएको छ । 

 

द माइग्रेसन एड्भाइजरी कमिटीले गैरयुरोपेली मुलुकबाट आउने कामदार र युरोपेली देशबाट आउने कामदारहरुलाई समान मापदण्डमा भिजा दिने व्यवस्था गर्न बेलायत सरकारलाई सुझाव दिएको छ । 

 

सो कमिटिीले बेलायतमा काम गर्न आउने हाइली स्किल्ड कामदारहरुको लागि भिजा प्रक्रिया थप सजिलो बनाइनुपर्ने बताएको छ । गैरयुरोपेली मुलुकहरुबाट आउने यस्ता कामदारको लागि तोकिएको वार्षिक २० हजार ७ सयको कोटा समेत हटाउन सिफारिस गरिएको छ । 

 

कमिटीको प्रतिवेदनलाई बेलायत सरकारले विचारपुर्वक ग्रहण गर्ने बताएको छ । विपक्षी लेबर पार्टीले भने गैरयुरोपेली आप्रवासीहरुप्रति हुंदै आएको नीतिगत भेदभावको अन्तय हुनुपर्ने भन्दै प्रतिवेदनको समर्थन गरेको छ । 

 

प्रतिवेदनले पछिल्ला वर्षहरुमा युरोपेली मुलुकहरुबाट बेलायतमा आउने आप्रवासीहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भएपनि त्यसले बेलायतलाई खासै असर नगरेको समेत देखाएको छ । 

 

'युरोपेली आप्रवासीहरुले भत्ता सुविधाभन्दा बढि कर तिरेका छन्, एनएचएसबाट लिएको स्वास्थ्य सेवाभन्दा बढि योगदान स्वास्थ्यकर्मीको रुपमा गरेका छन् र युरोपेली आप्रवासीहरुको कारण अपराध दर बढेको कुनै प्रमाण पनि छैन', प्रतिवेदनमा उल्लेख छ । 

 

कमिटीका प्रमुख एलन म्यानिङका अनुसार कतिपयले भनेजसरी युरोपेली आप्रवासीहरुको कारण बेलायतलाई ठूलो घाटा पुगेको छैन न त ठूलो फाइदा नै भएको छ । 

 

गत वर्ष बेलायत सरकारकी तत्कालीन गृह मन्त्री एम्बर रुडले गरेको आग्रहमा यो कमिटीले अध्ययन प्रतिवेदन बुझाएको हो । अब बेलायत सरकारले ब्रेक्जिटपछिको इमिग्रेसन नीति तय गर्ने क्रममा यो प्रतिवेदनको सिफारिसलाई ध्यानमा राखिने विश्वास गरिएको छ । 

 


थप समाचार

गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन

  • 8 hours ago
गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वामित्वलाई सर्वोपरी राख्दै भूतपूर्व गोर्खाहरुले न्याय र समानताको लागि उठाएका मागहरु र औंल्याएका समस्याहरुको समाधान गर्न सरकारलाई समितिले सुझाएको छ ।

काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम

  • 9 hours ago
काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम

काभ्रेपलाञ्चोक । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा सञ्चालित क्रसर (ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग) अवैधानिक भएको ठहर गरी प्रतिवेदन आज अनुग

इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)

  • 9 hours ago
इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)

नयां भर्ती भएका गोर्खाहरु क्याटरिक आइपुग्दा उनीहरुलाई गोर्खा ब्रिगेडका कामाण्डिंग अधिकृतहरुले स्वागत गरे । हिन्दू परम्पराअनुसार पण्डितले रातो टिका र आशिर्वाद समेत प्रदान गरे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । साइलेन्ट किलरका रुपमा ब्लड प्रेसरलाई मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।