दुई नम्बर प्रदेशको चलखेल समाप्त —प्रचण्ड

काठमाडाैँ । नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई नम्बर प्रदेशमा चलखेल गरेर मधेष छुट्छकी भन्ने डर समाप्त भएको बताएका छन् । दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशको स्थित भन्दा अलग गरेर चलखेल गर्दै केन्द्र सरकारलाई अस्थीर बनाउने कोशिस भएकाले संघीय समाजवादी फोरमलाई केन्द्रलाई सरकारमा ल्याउएर समाप्त पारेको बताए ।

 

उनले केन्द्र सरकारकै प्रभावमा प्रदेश दुईमा सरकार बन्ने बाटो समेत खुलेको बताए । नेपाल पत्रकार महासंघ चार नम्बर प्रदेशले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशहरुको स्थितिभन्दा अलग गराउने र त्यहाँ चलखेल गरेर सरकारलाई अस्थीर बनाउने कसैले सपना देखेको कारण त्यसको ढोका चाहिँ गरेको बताए ।

 

प्रचण्डले अर्को प्रसंगमा अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले त्यसको विकल्पबारे छलफल भएको बताए । नेपालका निर्वाचन प्रणाली निकै खर्चिलो भएको भन्दै अध्यक्ष प्रचण्डले कमखर्चिलो र सवसाधारणले पनि निर्वाचन लड्न सक्ने खाल्को निर्वाचन प्रणाली अपनाउने पर्ने बताए । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले निर्वाचनबारे अहिलेको जस्तो मानसिकताबाट बदल्नु पर्ने बताए । उनले आमजनताको पहुँच भित्र रहने गरि निर्वाचन प्रणाली बनाउन सासकिय प्रणाली परिर्वतन गर्न सकिने बताए ।

 

उनले आर्थिक वर्ष २०७५र७६ को बजेट पहिले वर्ष पहिलो गियरमा चलेको बताए । अको वर्ष दुई, तीन, चार हुदै बजेट बताउने उल्लेख गरे । विगतमा छिटो–छिटो सरकार परिवर्तन हुने भएकाले जनताको भोट तान्ने उद्देश्यले लोकप्रिय कार्यक्रम बजेटमा राख्ने गरिए पनि अहिले त्यस्तो नगरिएको प्रचण्डको भनाई छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा कम्युनिस्टहरुकै मुख्य भूमिका रहेकाले सरकार तानाशाही बन्ने सम्भव नभएको उनले स्पष्ट पारे ।

 


थप समाचार

मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ८५ पुग्यो

  • 9 minutes ago
मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ८५ पुग्यो

मेक्सिको सिटी । मेक्सिकोको मध्य क्षेत्रमा गत शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ८५ पुगेको छ ।

स्वस्थानी व्रत आजदेखि सुरू, यस्ताे छ धार्मिक विश्वास

  • 15 minutes ago
स्वस्थानी व्रत आजदेखि सुरू, यस्ताे छ धार्मिक विश्वास

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

  • 35 minutes ago
अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउट



जीवनशैली/स्वास्थ्य

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

हार्दा–हार्दैको अनुभवले मानिसलाई जिताँउछ । हार नै जीतको एक हिस्सा हो । जसले पटक–पटक हार्छ उसले प्रत्येक हार बाट केही सिक्छ र एक दिन उत्कृष्ट बन्छ ।

विचित्र विश्व

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउटा अजबगजबको विकास गरेर देखाउनेमा पर्छ दुबई ।