ISMT

HUB Education

समृद्धिका लागि अगाडि बढ्यौँ : मुख्यमन्त्री गुरूङ

Education Park

 

Kathmandu Trade Show

 

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार र पार्टी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै मुलुकको विकास तथा समृद्धिका लागि आफूहरू अघि बढेको बताएका छन् ।

 

नेकपा जिल्ला कमिटी नवलपुरद्वारा पार्टी केन्द्रीय सदस्य एवं सङ्घीय सांसद तिलक महतका आमा नन्दकलीको छैटौँ पुण्य तिथिका अवसरमा कावासोतीमा आयोजित श्रद्धाञ्जलिसभामा पार्टीको गण्डकी प्रदेशका इञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले पार्टीभित्र मौलाएको विसङ्गति र विकृतिका विरुद्धमा सङ्गठित भएर सामना गर्न कार्यकर्तालाई निर्देशन दिए ।

 

कोराला, पोखरा भिमाद हुँदै पूर्वपश्चिम राजमार्ग जोड्दै सुस्ता पूर्व त्रिवेणीसम्म सडक निर्माण गर्ने प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले त्यसका लागि कतिपय कानूनी अड्चन फुकाउन सङ्घीय सरकारले ढिलासुस्ती गरेको धारणा राखे ।

 

गण्डकी प्रदेश सरकारको गत आर्थिक वर्ष ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य रहेपनि कर्मचारी अभाव, विभिन्न ऐन नीति, कार्यविधि समयमा निर्माण हुन नसक्दा सोचे अनुसारको खर्च गर्न नसकेको उल्लेख गर्दै उनले चालू आर्थिक वर्षमा लक्ष्य प्राप्तिका लागि समयमै विकास निर्माणमा जुट्ने बताए ।

 

कावासोतीस्थित आफ्नो निवासमा दुःखमा बसेका सांसद महतले आमाको प्रेरणाले आफू राजनैतिक क्षेत्रमा लाग्न सफल भएको बताए । पार्टीको नवलपुरका अध्यक्ष तथा प्रदेशसभा सदस्य रोशन गाहामगरले पार्टीको जुनसुकै अवस्थामा पनि सहयोग पुर्‍याउँदै आएका आमा नन्दकलीको निधनले अपुरणीय क्षति पुगेको बताउँदै अग्रजले देखेका सपना पूरा गर्न सिङ्गो पार्टी पङ्ति सङ्गठित भएर लाग्नुपर्ने धारणा राखे ।

 

सभामा मुख्यमन्त्री गुरुङ, पार्टी स्थायी कमिटी सदस्य सोमनाथ प्यासी, प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, प्रदेश सरकारका भौतिक योजना तथा विकासमन्त्री रामशरण बस्नेत, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल कृषिमन्त्री लेखबहादुर थापा, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान लगायतले स्वर्गीय नन्दकलीप्रति श्रद्धान्जलि अर्पण गरे ।

 

नन्दकलीको काठमाडौँमा उपचारका क्रममा असार २७ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । (रासस)


थप समाचार

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

  • 5 hours ago
रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ ।

निरन्तर ओरालोतर्फ नेप्से

  • 5 hours ago
निरन्तर ओरालोतर्फ नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो ।

‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

  • 5 hours ago
‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएकाे छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

काठमाडौं । आउँदो शुक्रबार श्रीकृष्ण जन्माष्टमी रहेको छ । श्रीकृष्णको जीवनका कैयौं यस्ता घटनाहरु रहेका छन्, जुन एकदमै रोचक रहेका छन् र यसको बारेमा सबै मानिसलाई थाहा नहुन पनि सक्छ ।

विचित्र विश्व

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एजेन्सी । स्कटिस काउन्सिल वेस्ट डन्बर्टशायरको एक विद्यालयमा नयाँ शैक्षिक शत्र सुरु हुन भन्दा अघि २५ जुम्ल्याहा बच्चाहरुले भर्ना गरेका छन् । उनिहरु सबैको कक्षा सोमबारदेखि सुरु भएको छ ।