IIMS College

ISMT

HUB Education

अल्डरसटको शिव मन्दिरलाई लामिछानेले सहयोग गरे शिवलिंग र पाञ्चयान मूर्तीहरु

  • आइतबार, ८ मंसिर, २०७६
  • 2 weeks ago
  • युके
व्यवसायी एवम् समाजसेवी रविजंग लामिछाने
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

तस्विर: शिव भण्डारी

 

लण्डन । अल्डरसटमा नेपाली समुदायको सक्रियतामा स्थापित शिव मन्दिरका लागि बेलायतस्थित व्यवसायी एवम् समाजसेवी रविजंग लामिछानेले शिवलिंग र मूर्तीहरु प्रदान गरेका छन् । 

 

शनिबार लण्डनस्थित नेपाली दूतावासमा एक कार्यक्रमबीच ४ सय किलो तौलका शिवलिंग तथा पाञ्चयान मूर्तीहरु दाता लामिछानेले मन्दिरलाई हस्तान्तरण गरेका थिए । 

 

बेलायतका लागि नेपाली डा दुर्गाबहादुर सुवेदीको रोहबरमा मन्दिर सञ्चालक शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङले शिवलिंग तथा मूर्तीहरु बुझेका थिए ।

 

 

हस्तान्तरणको क्रममा पण्डित निलहरि घिमिरेले वैदिक मन्त्रोच्चारण गरेका थिए भने प्रथम नौमती बाजा गुल्मी यूकेको समुहले शुभसाइतको लागि विशेष प्रस्तुति गरेको थियो । गायिका सितु खरेलले भजन प्रस्तुत गरेकी थिइन् ।

 

सेन्टरका महासचिव विक्रम भट्टराईले मन्दिरका लागि पशुपतिनाथकै एक हिस्सा मानिने चतुर्मुखी शिवलिंग र पाञ्चयान भगवानका मूर्ती समाजसेवी लामिछानेले सहयोगस्वरुप उपलब्ध गराएको जानकारी दिए । 

 

कार्यक्रममा मन्तव्य राख्दै राजदूत डा सुवेदीले शिव मन्दिरको लागि समाजसेवी लामिछानेले गरेको सहयोगबाट बेलायतमा मौलिक नेपाली धर्म, संस्कृति र परम्पराहरुको संरक्षणका लागि महत्वपुर्ण योगदान हुने भन्दै धन्यवाद ज्ञापन गरे । साथै, ठूलो मेहनतबाट अल्डरसटमा शिव मन्दिर निर्माणको कार्य पूरा गर्ने स्थानीय नेपाली समुदायका अगुवाहरुलाई उनले बधाई ज्ञापन गरे । 

 

मन्दिर सञ्चालक शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङले मन्दिरका लागि समाजसेवी लामिछानेले गरेको महत्वपुर्ण सहयोगका लागि आभार प्रकट गरे ।

 

 

त्यसअवसरमा दाता लामिछानेले शिव मन्दिरका लागि प्रदान गरिएको ४ सय किलो तौलका शिवलिंग र पाञ्चयान मूर्तीहरु कालिगढहरुले तीन महिना लगाएर निर्माण गरेको सुनाए । मन्दिर निर्माणको कार्य पूरा भएपनि यसको दिगोपन र नियमित सञ्चालनको लागि सबैको साथ, सहयोग आवश्यक रहने धारणा उनले व्यक्त गरे ।

 

यसअघि मन्दिर निर्माणको लागि ठूलो आर्थिक सहयोग समेत प्रदान गरेका लामिछानेले भविष्यमा पनि आवश्यक सहयोगका लागि आफु सधै तयार रहने बताए । 

 

बेलायतका सफल व्यवसायी लामिछाने यहाँको नेपाली समुदायमा एक उदार दानवीरका रुपमा पनि परिचित छन् । उनले विशेषगरी नेपालका विभिन्न ठाउँमा धार्मिक, सांस्कतिक तथा समाजिक क्षेत्रमा लाखौंको सहयोग प्रदान गरेका छन् । 

 

 


थप समाचार

क्रिकेटर बन्दै तापसी !

  • 1 minute ago
क्रिकेटर बन्दै तापसी !

अभिनेत्री तापसी पन्नुले भारतीय क्रिकेट टीमको पूर्व कप्तान मिलाती राजको बायोपिक ‘शाबाश मिठू’मा काम गर्नका लागि कम्मर कसेकी छन् । तापसीको यस नयाँ फिल्मको चर्चा खुब भइरहेको छ । यस फिल्मको लागि तापसीले वि

खरले छाएको घरमा आगलागी

  • 6 minutes ago
खरले छाएको घरमा आगलागी

तुलसीपुर । दाङमा खरले छाएको एक घरमा आगलागी भएको छ । आज बिहान सवा १ः०० बजेतिर गढवा गाउँपालिका वडा नं ७ विजयपुर निवासी चुमा थापाको फुसले छाएको एकतले घरमा आगलागी भएको हो ।

चर्चामा दीपिकाको महंगो कालो गाउन !

  • 12 minutes ago
चर्चामा दीपिकाको महंगो कालो गाउन !

अभिनेत्री दीपिका पादुकोण आगामी वर्ष केही ठूलो फिल्मका साथमा सिल्बर स्क्रिन्समा देखिदैछन् । जसमध्ये दीपिकाको श्रीमान अर्थात अभिनेता रणवीर सिंहसँगको फिल्म ‘८३’ पनि हो । दीपिका रणवीर सिंहको जोडीलाई बलिउड



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।