रेडिङको नयाँ वर्ष कार्यक्रममा हिमाल सागर र आशिष सचिनले प्रस्तुति गर्ने

  • शुक्रबार, २९ चैत, २०७५
  • 1 week ago
  • युके

 

मणि सुवेदी, रेडिङ । नेपाली नयाँ वर्ष २०७६ को अवसरमा गेटर रेडिङ नेपाली कम्युनिटीले पनि एक सांस्कृतिक साँझ आयोजन गर्ने भएको छ । 

 

रेडिङको कम्बरल्याण्ड रोडस्थित 'द वेयरहाउस' मा १३ अप्रिल शनिबारको साँझ हुने शुभकामना कार्यक्रममा चर्चित गायकद्धय हिमाल सागर आशिष सचिनको विशेष प्रस्तुति रहने भएको छ । 

 

कार्यक्रममा स्थानीय कलाकारहरुका विविध सांस्कृतिक प्रस्तुति समेत रहने जानकारी कार्यक्रम संयोजक तथा रेडिङ नेपाली कम्युनिटीका उपाध्यक्ष भिमसेन खड्काले दिएका छन् । 

 

गत मार्च ३१ मा निर्वाचित कम्युनिटीको नयाँ कार्यसमितिले गर्न लागेको यो पहिलो कार्यक्रम हो । 

 

कार्यक्रमलाई भव्यताको साथ सम्पन्न गर्नका लागि विभिन्न कार्यविभाजन गरिएको छ । जसअनुसार  कार्यक्रम संयोजकमा कम्युनिटीका उपाध्यक्ष भीमसेन खड्का, हल सजावटमा अस्मिन श्रेष्ठ र मोहन कटुवाल, खाना व्यवस्थापनमा  दिपक गुरुङ र  सुशिला गुरुङ, मुख्य प्रवेश टिकट व्यवस्थापनमा सरोज थापा, जगन्नाथ सापकोटा र ईमानसिंग राई, पानीको व्यवस्थापनमा तुल बहादुर गुरुंग, हिम्मत सिटौला, लक्ष्मण श्रेष्ठ र उदय घिसिंग, राफल व्यवस्थापनमा सुशिला गुरुङ, वन्दना केसी र सुरेशजंग थापा, स्टेज तथा कलाकार व्यवस्थापनमा ओमकार अधिकारी, योगराज लिम्बू र मणि सुवेदी, अतिथि सत्कार व्यवस्थापनमा यादव श्रेष्ठ, धन रानामगर र सुशिला गुरुङलाई जिम्मेवारी दिइएको छ ।  

 

नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने यो अवसरमा सहभागी हुन रेडिङ क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण नेपालीहरुलाई कम्युनिटीले  आग्रह गरेको छ । 

 

साँझ ६ बजेदेखि राती साढे १० बजेसम्म कार्यक्रम निर्धारित छ । कार्यक्रममा सहभागिताको लागि १२ पाउण्डको टिकट राखिएको छ । १२ वर्ष मुनिका बालबालिकालाई ८ पाउण्ड मात्रै टिकट शुल्क छ भने ५ वर्ष मुनिका बालबालिकालाई भने निशुल्क प्रवेश दिइनेछ । 

 


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 3 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 5 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।