Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘बल्ल जमिन हाम्रो हो भन्नेमा ढुक्क भयौँ’

‘बल्ल जमिन हाम्रो हो भन्नेमा ढुक्क भयौँ’


सुर्खेत । तारादेवी बुढाको परिवार २०३५ साल तिर सल्यानबाट सुर्खेतको पूर्वी क्षेत्र मेहलकुनामा बसाइँ सर्यो । उनका श्रीमान् शेरबहादुरले बजारछेउमा थोरै ऐलानी जमिन जोडेका थिए। जग्गाधनी पुर्जा नपाउँदै शेरबहादुरको मृत्यु भयो । दुई छोराले दुःख गरेर ऐलानी जमिनमै एकतले पक्की घर बनाए ।

“जग्गाधनी प्रमाणपुर्जा नहुँदा बनाएको घर र जमिनको कुनै मूल्य नहुँदो रहेछ”, ७० वर्षीया तारादेवी भन्छिन्, “अब छोरा–नातिलाई सजिलो होला ।”

जग्गा र घर भए पनि व्यापार–व्यवसाय गर्न रकम नहुँदा उहाँका दुवै छोरा कमाउन भारत जाँदै आउँदै गरेका थिए । “अब त घर बैंकमा राखेर छोराहरूले यहीँ व्यापार गर्छौँ भनेका छन्”, उनले भनिन्, “बल्ल अहिले घर र जमिन मेरो हो भन्नेमा ढुक्क भएकी छु ।”

यस्तै ८० वर्षीया ओकी सुनारको हातमा लालपुर्जा पर्नासाथ उनले आँसु झारिन् । “यी दुःखका होइनन्, खुसीका आँसु हुन्”, अघिल्लो महिना मेहलकुनामा आयोजित कार्यक्रममा लालपुर्जा लिन मञ्चमा पुगेकी उनले भनिन्, “लालपुर्जा नपाएरै मरिन्छ भन्ने थियो, त्यो पनि आजदेखि हट्यो ।”

वर्षौँ पहिले सुनार रुकुमबाट श्रीमान्सँगै मेहलकुनाको खटाङ झरेका थिए । भेरी किनार नजिकै ओकीका श्रीमान् भद्रे सुनारले वनमारा पन्छाएर जमिन जोडेका थिए । यहीँ ठाउँमा सुनारले तीन छोरा र तीन छोरीलाई जन्माइन् । लालपुर्जा नदेखेरै उनका श्रीमान् र छोरीको मृत्यु भइसक्यो । “आफू बसेको जमिनको लालपुर्जा नदेखेरै लोग्ने र छोरा बिते”, उनले भनिन्, “म पनि नदेखेरै मर्छु कि जस्तो लाग्थ्यो, हातमा लालपुर्जा पर्दा आँसु रोक्न सकिनँ ।”

तारादेवी र ओकीजस्तै सुर्खेतका एक हजार दुई सय ४५ जनाले जग्गाधनी पुर्जा पाएका छन् । सुर्खेतका नौ पालिकामध्ये पाँचवटा पालिकामा लालपुर्जा वितरणको काम भइरहेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अनुसार कोटमाझखर्क अन्तर्गतका र तत्कालीन राप्ती बसोबास आयोगले नापजाँच गरेका जग्गाको लालपुर्जा उपलब्ध गराएको हो ।

गुर्भाकोट, भेरीगङ्गा, चौकुने र पञ्चपुरी गाउँपालिकामा केही परिवारलाई जग्गाधनी पुर्जा दिइएको बताए । एक हजारभन्दा धेरै परिवारको लालपुर्जा तयारी अवस्थामा भए पनि कतिपयले राज्यलाई दिनुपर्ने १० प्रतिशत राजस्व तिर्न नसकेका कारण पुर्जा पाउन सकेका छैनन् । विभिन्न पालिकामा गरी त्यस्तो सङ्ख्या एक सय ५० छ । उनीहरू भारत तथा स्वदेश बाहिर भएकाले पनि लालपुर्जा नलिएका हुन् ।

वीरेन्द्रनगर र लेकबेँसी, सिम्ता र चिङ्गाड गाउँपालिकामा लालपुर्जा वितरणको काम भने अहिलेसम्म हुनसकेको छैन । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले जग्गा नापजाँचका लागि प्रक्रिया अन्तिम चरणमा पुगेका केही दिनमा लालपुर्जा वितरणको काम सुरु गर्ने बताएका छन्  । केही पालिकामा कित्ताकाट रोकिएकाले पनि लालपुर्जा वितरणको काम अघि बढ्न नसकेको हो ।

लेकबेँसी नगरपालिकाले भू–उपयोग नीति बनाएर जग्गाको वर्गीकरण गरी क्रिया अघि बढाउनुका साथै वडा नं ६ मा दुई सय ५० जनालाई लालपुर्जा वितरण गरेको लेकबेँसी नगरपालिका सुर्खेतका अधिकृत नारायणदत्त तिवारीले जानकारी दिए । सिम्ता गाउँपालिकामा पनि भू–उपयोग नीति बनाइँदै गरेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए ।

भू–उपयोग नीति बनाउँदै गरेकाले यसको टुङ्गो लगाएपछि मात्रै थप काम अघि बढ्ने उहाँले जानकारी दिए । चिङ्गाड गाउँपालिकामा तथ्याङ्क सङ्कलनमै ढिलाइ भइरहेको छ । हालसम्म लालपुर्जाका लागि कुनै पनि काम नभएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत टोपबहादुर रानाले जानकारी दिए ।

सुर्खेतमा अव्यवस्थित बसोबास, भूमिहीन दलित र सुकुम्बासीका गरी झण्डै ४८ हजार निवेदन सङ्कलन भएका थिए । तीमध्ये ४२ हजार आवेदन अव्यवस्थित बसोबासीका रहेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौँ । उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र बनाउनको लागि

Techie IT