IIMS College

ISMT

HUB Education

साउथ एसिया टाइमको वर्षगांठमा बेलायतका चर्चित नेपालीहरुको सूची प्रकाशित

  • बिहीबार, १७ पुष, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लन्डन  ।  लंडनबाट नेपालीहरूद्वारा संचालित अंग्रेज़ी अनलाइन साउथ एशिया टाइमले जनवरी १ का दिन आफ़्नो पहिलो वार्षिक उत्सवको अवसर पारेर  बेलायतमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने नेपालीहरूको सूची  प्रकाशित गरेको छ ।

 

 

कसैलाई मूल्याँकन अनि रयांकिंग गरेर तह विभाजन गर्ने, कसैलाई उछाल्ने या पछार्ने भन्दा सामाजिक संजाल, प्रकाशित देखिने विवरणहरूका आधारमा बेलायतको नेपाली समाजमा योगदान गरिरहेका व्यक्तित्वहरूको सूची तयार गरीएको र यसलाई साउथ एशिया  टाइमको सम्मान लिस्टको रुपमा बुझीदिन सम्पादक जगन कार्कीले अनुरोध गरे ।

 

संकलित नामहरूबाट निर्धारित  मूल्याँकन समितिले विविध मापदण्डको आधारमा समावेसी रूपमा सूचीलाई अन्तिम टुंगो लगाएको बताइएको छ ।

 

 

“अपेक्षाकृत रूपमा नयाँ आप्रवासी समुदाय भए पनि बेलायतमा बसोबास गरिरहेका नेपालीहरुले विभिन्न क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेका छन् । उनीहरुको उपलब्धिको पहिचान र सम्मान गर्ने तथा ब्रिटिश समुदायलाई जानकारी पनि दिलाउने उद्देश्यले यो सूची तयार गरी प्रकाशित गरिएको हो,” साउथ एशिया टाइमका कार्यकारी सम्पादक डा. कृष्ण उपाध्यायले भने ।

 

 

सूचीमा सफल उद्यमी, समाजसेवी, युवा प्रेरणा, स्थानीय राजनीति, सार्वजनिक सेवा, सफल पेशाकर्मी तथा असाधारण योगदान गर्नेहरूको छुट्टाछुट्टै सूची प्रस्तुत गरीएको  छ ।  

 

 

त्यसैगरी जनवरी महीनाको अंतिम साता साउथ एशिया टाइमको आयोजनामा “प्रवासीहरूको उद्यमसिलता, आर्थिक निर्भरता र मानव अधिकार” विषयक विचार गोष्ठी आयोजना गरिने भएको छ ।

 

 

 

आफ़्नो वर्षगाँठको अवसर पारेर साउथ एशिया टाइम आनलाइनले नेपाल भ्रमण वर्षलाई लक्षित गरी ब्लग, कविता र निबन्ध प्रतियोगिता पनि गर्ने भएको छ । प्रतियोगितामा भाग लिन नेपालको पर्यटन सम्बन्धी लेख रचना सामग्री अंग्रेजिमा हुनुपर्ने छ । आगामी एप्रिल महीनासम्ममा आएका लेख,  रचना प्रकाशित गर्दै जाने र सबैभन्दा बढ़ी लाइक, शेयर र भ्युज  भएका ३ सामग्रीहरूलाई पुरस्कृत गरिने बताइएको छ ।

 

सूचीको लिंक यहाँ हेर्न सकिन्छ :

https://www.southasiatime.com/2020/01/02/south-asia-time-list-of-successful-british-nepalese-in-the-uk-2020/


थप समाचार

युवाको आकर्षण भएन मकै खेतीमा

  • 18 minutes ago
युवाको आकर्षण भएन मकै खेतीमा

फिदिम । कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागू गरेको छ । मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

  • 24 minutes ago
आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर स

प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

  • 37 minutes ago
प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत नर्वीच सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा नर्वीच सिटीले लेस्टरलाई १-० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।