श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद् गठन

Education Park

कोलम्बो । श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन भएको हो । 

 

नवगठित मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको कार्यभार राजापाक्ष स्वयंले लिनुभएको छ भने विदेश मन्त्रीको कार्यभार सरथ अमुनगुमालाई दिइएको थियो । यसबाहेक, पूर्व सरकारमा राष्ट्रपति सिरिसेनाका समर्थकका रुपमा सहभागी रहेका केही मन्त्रीहरुले पुरानै जिम्मेवारी पाएका छन् । 

 

यहीबीच, संसदमा बहुमत रहेको दाबी गर्दै पूर्व प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले जतिसक्दो चाँडो संसदको बैठक आह्वान गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीबाट आफूलाई अपदस्थ गरिएको भन्दै उनले आफ्ना समर्थकलाई कोलम्बोमा बुधबार भेला हुन आह्वान गरेका छन् । 

 

कूल २२५ सदस्यीय संसदमा १२६ जना सांसदले हस्ताक्षर गरी संसदको बैठक जतिसक्दो चाँडो आह्वान गर्न सभामुखसँग आग्रह गरेका छन् । सभामुखले एक चेतावनी पत्र जारी गर्दै तत्काल संसदको आपतकालीन बैठक नबसे मुलुकमा हिंसात्मक परिस्थिति सिर्जना हुनसक्ने बताएका छन् । 

 

कोलम्बोमा एकजनाको ज्यान जानेगरी भएको एक गोलीकाण्डमा प्रहरीले संसद सदस्य अर्जुना रणतुङ्गालाई गिरफ्तार गरेको छ । विश्वकप विजेता श्रीलङ्काली टोलीका कप्तान समेत रहिसकेका रणतुङ्गालाई प्रहरीले जमानतमा छाडेको थियो । 

 

राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई शुक्रबार राति अपदस्थ गरी महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै श्रीलङ्कामा राजनीतिक तनाव बढेको छ । यो नाटकीय सत्ता परिवर्तनका कारण सत्तारुढ गठबन्धन श्रीलङ्का फ्रिडम पार्टी र युनाइटेड नेसनल पार्टीबीचको एकता पनि टुटेको छ । 


थप समाचार

कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

  • 5 minutes ago
कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता हुनेको सङ्ख्या १० पुगेको छ ।

लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

  • 13 minutes ago
लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो ।

आफु बाहेक सबैकाे शैलीसँग प्रधानमन्त्री ओली असन्तुष्ट

  • 22 minutes ago
आफु बाहेक सबैकाे शैलीसँग प्रधानमन्त्री ओली असन्तुष्ट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मेलन टुंग्याउँदै गर्दा सञ्चारमाध्यमको शैलीप्रति असन्तुष्टी प्रकट गरेका छन् । सञ्चारमाध्यम र मिडियाको शैली



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।