Techie IT
२०८१ वैशाख २६, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलओडीआई विश्वकपः पहिलो खेलमा इंग्ल्याण्ड र न्यूजिल्याण्ड भिड्ने

ओडीआई विश्वकपः पहिलो खेलमा इंग्ल्याण्ड र न्यूजिल्याण्ड भिड्ने


एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ ।

सन् २०२३ को पुरुष एकदिवसीय विश्वकप अक्टोबर ५ मा भारतको अहमदाबादमा सुरु हुनेछ । जसमा इंग्ल्याण्ड र न्यूजिल्याण्ड भिड्नेछन् ।

खेल भारतका १० स्थानमा आयोजना हुनेछ र फाइनल खेल पनि अहमदाबादमा नोभेम्बर १८ मा हुनेछ । सेमिफाइनल खेल नोभेम्बर १५ र १६ मा मुम्बई र कोलकातामा हुनेछ ।

प्रतियोगिताको सबैभन्दा चर्चित खेल अर्थात भारत–पाकिस्तानको खेल अक्टोबर १५ मा नरेन्द्र मोदी स्टेडियममा हुनेछ । यद्यपि, भारतले विश्वकपको सुरुवात भने अस्ट्रेलियासँग खेलेर गर्नेछ । यो खेल ८ अक्टोबरमा चेन्नईमा हुनेछ ।

४६ दिनको अवधिमा ४५ लिग खेल र तीन नकआउट अहमदाबाद, बैंगलोर, चेन्नई, दिल्ली, धर्मशाला, हैदरावाद, कोलकाता, लखनउ, मुम्बई र पुणेमा खेलाइनेछ ।

दुई सेमिफाइनल र फाइनल सबै रिजर्भ दिन हुनेछ । यदि भारत सेमिफाइनलको लागि छनोट भयो भने उसको विपक्षी पाकिस्तान नभएसम्म त्यो खेल मुम्बईमा हुनेछ । तर पाकिस्तान पनि सेमिफाइनलमा छनोट भयो र भारतसँग मुकाबिला हुने भयो भने त्यस्तो अवस्थामा खेल कोलकातामा खेलिने आईसीसीले पुष्टि गरेको छ ।

यो ढाँचा २०१९ मा जस्तै हुनेछ, जसमा दस टोलीले लिग चरणमा एक अर्कासँग खेल्नेछन् र शीर्ष चार सेमिफाइनलका लागि छनोट हुनेछन् ।

भारत आयोजकका रूपमा प्रतियोगिताको लागि छनोट भएको छ भने अफगानिस्तान, अष्ट्रेलिया, इङ्गल्याण्ड, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिकाले २०२०र२०२३ विश्वकप सुपर लिगको शीर्ष आठमा स्थान बनाएका थिए ।

बाँकी दुई टोली जिम्बाब्वेमा जारी विश्वकप छनोटमा छनोट हुनेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वकप खेल्ने नेपाली क्रिकेट टिम अमेरिका पुग्यो

काठमाडौँ । आइसीसी टि२० विश्वकप २०२४ खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

Techie IT