चिनकाजी श्रेष्ठको दाबीः जनताको मन जितेको छु, चुनाव जित्न गाह्रो छैन

गोरखा, कात्तिक २८ । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार काँग्रेस नेता चिनकाजी श्रेष्ठले गोर्खाली जनताको मन जितिसकेकाले चुनाव जित्न गाह्रो नहुने बताएका छन् । प्रतिनिधिसभा तर्फ गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका श्रेष्ठले जनता आफ्नो पक्षमा रहेकाले आफूले जित्ने दावी गरेका छन् । नेपालीपत्रसंगको कुराकानीमा उम्मेदवार श्रेष्ठ भन्छन्, ‘गोरखामा म नयाँ अनुहार होइन, प्रत्येक मतदाताले मलाई चिनेका छन्, अरु जस्तो टुरिष्ट उम्मेदवार पनि म होइन त्यसैले मलाई चुनाव जित्न गाह्रो छैन ।’

 

राष्ट्रिय राजनीति बलियो पकड बनाएका श्रेष्ठले पञ्चायत कालदेखि नै गोर्खाली जनताको पक्षमा लडाई गर्दै आएको र जनताको लागि धेरै जेलनेल समेत ब्यहोरेको समेत बताएका छन् । संविधान निर्माणका क्रममा पार्टीका तर्फबाट महत्वपूर्ण भुमिका निर्वाह गरेको दावी गर्दै उनले संविधानको सफल कार्यान्वयनका लागि पनि आफुले जित्नु पर्ने दाबी गर्छन । ‘संविधान बनाउन मैले ब्यक्तिगत र पार्टीको तर्फबाट धेरै काम गरेको छु, त्यसलाई पूरा गर्न र संविधानको कार्यान्वयनका लागि पनि पार्टीले मलाई जिम्मेवारी दिएर पठाएको छ’ श्रेष्ठले भने ।

 

नेपाली काँग्रेसका मुख्य सचेतक समेत भइसकेका श्रेष्ठले नेपाली जनताले काँग्रेसलाई बहुमतले जिताउने ठोकुवा गरेका छन् । पञ्चायत कालदेखि आजसम्म देशमा आएका परिर्वतन र उपलब्धी सबै काँग्रेस कै नेतृत्वमा भएको दावी गर्दै उनले त्यसको रक्षाका लागि पनि जनता काँग्रेसलाई जिताउन आतुर रहेको बताए । काँग्रेसले जम्मा गरेको राष्ट्रिय ढुकुटी अन्य दलले मोजमस्ती र भ्रमण गरेर सिध्याउने गरेको उनको आरोप छ । ‘काँग्रेसले दुख गरेर राष्ट्रिय ढुकुटीमा पैसा जम्मा गर्छ अनि अर्को दलले सरकारमा आएपछि सबै बाँडेर, भ्रमण गरेर सिध्याउछन्’ श्रेष्ठले नेपालीपत्रसंग भने ‘यसलाई जनताले बुझेका छन्, आम्दानी चाहीँ गर्न नसक्ने अनि खर्च गर्न सिकाउनै नपर्ने ।’

 

जिल्लाको विकासको लागि केन्द्रिय तहमा रहेर योजना निर्माण देखि बजेट बाँडफाँडमा पनि आफू सक्रिय रुपमा सहभागी भएको भन्दै उनले जनताले उक्त कार्यको मूल्याङ्कन गर्ने बेला आएको बताए । ‘म पहिलाको क्षेत्र नम्बर ३ मा दुइ पटक सांसद भए, त्यहाँ गएर सोध्नुस् चिनकाजीले के ग¥या छैन ?’ उनले प्रश्न गरे ‘ जिल्लाको उत्तरी भेगलाई सडक सञ्जालमा जोड्न बिभिन्न देशी बिदेशी निकायसंग पहल मैले नै गरेको हुँ जुन बन्दै गरेको लोकमार्ग छ यसको पहल गर्ने को हो भनेर खोज्नुस न, छर्लङ्गै छ नि ।’
बुढिगण्डकी प्रभावितहरुको हरेक आन्दोलन र मागमा आफुले साथ दिदै आएको भन्दै उनले सरकारले यस क्षेत्रमा प्रभावितहरुको पक्षमा गर्ने गरेका हरेक निर्णयमा आफ्नो मुख्य भुमिका रहेकोे दावी गरे ।

 

‘ल हेर्नुस्, बुढिगण्डकी प्रभावितको हरेक आन्दोलनमा म जनताकै पक्षमा छु, आन्दोलनका हरेक माग सम्बोधन गराउन सुरुदेखि नै मै खटिएको छु ।’ उनी केही अघि मात्र आफ्नो प्रचारप्रसारको काम छोडेर आन्दोलनरत बुढी गण्डकी प्रभावितको मागलाई संबोधन गराउन उर्जा मन्त्रालय पुगेका थिए । पिडितका तर्फबाट उर्जामन्त्री कमल थापालाई ज्ञापनपत्र बुझाउँदै तोकिएको ठाउँको मुआब्जा वितरण बाँकी स्थानको यथाशिघ्र तोक्ने सरकारको ध्यानाकर्षण गराएका थिए । सोही अनुरुप सोमबार आयोजना प्रभावितहरुलाई मुआब्जा वितरण गर्न ३१ अर्ब रकम निकासा भईसकेको श्रेष्ठले दाबी गरको छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको चाईनाको गेजुवा कम्पनीलाई दिने विवादित निर्णय पनि खारेज भईसकेको छ ।



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 12 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 50 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 53 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।