घरदेखि मतदानस्थलसम्म मतदाताको सुरक्षा व्यवस्था

  • बुधबार, २० मंसिर, २०७४
  • 1 week ago
  • नेपाल

वीरगञ्ज,  मंसिर २०  ।  बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मत हाल्न जाने मतदाताको घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । 

मत खसाल्न जाने मतदाताले प्रयोग गर्ने बाटोभरि सुरक्षा व्यवस्था कडा पारिएकाले मतादाताले निर्धक्क तथा ढुक्क भएर मतदान गर्न सबै मतदातासँग पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले आह्वान गरेका छन । 

मतदाता हिँड्ने बाटोभरि नेपाली सेना तथा प्रहरीको मोबाइल गस्ती टोलीले गस्ती गर्ने भएकाले मतदाता सुरक्षित मतदानस्थल पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पाउने गरी सुरक्षा व्यवस्था कडा पारिएको विश्वास दिलाउँदै प्रजिअ सिंहले मतदाताको मतदान गर्ने वातावरण बनिसकेकाले उत्साहपूर्र्वक मतदान गर्न आग्रह गरे । 

शान्तिपूर्ण निर्वाचन गराउनु नै हाम्रो कर्तव्य भएकाले पर्साको सबै मतदान केन्द्रमा आवश्यक हातहतियार र बन्दोबस्तीका सामानसहित सुरक्षाकर्मी परिचालन गरिसकिएको बताइएको छ । 
मतदान केन्द्रमा नेपाल प्रहरी, त्यसभन्दा बाहिर सशस्त्र प्रहरी र नेपाली सेना रहने गरी तीन घेरामा निर्वाचन सुरक्षा व्यवस्था मिलाइएको भन्दै प्रजिअ सिंहले रासससँग भन्नुभयो, “मतदानस्थल मतदातालाई कुनै प्रकारको असुरक्षा नहोस् भनेर सबै ठाउँमा सुरक्षाकर्मीलाई उच्च सर्तकतामा राखिएको बताए । 

मतदानस्थल र वरिपरि कुनै पनि अवरोध एवं अवाञ्छित गतिविधि हुन नदिन व्यापकरुपमा सशस्त्र प्रहरीको उपस्थित बाक्लो बनाइएको भन्दै मध्यक्षेत्रीय सशस्त्र प्रहरी बल पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक कवीन्द्रमान श्रेष्ठले मतदाता हिँड्ने बाटोभरि सुरक्षा व्यवस्था कडा पारिएकाले मतदाता निर्धक्क भएर मतदान गर्नेछन् । 

निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न पर्सामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी तथा नेपाली सेना गरी करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ । 

पर्सा जिल्लामा रहेको १६७ मतदानस्थलमध्ये ७३ वटा मतदानस्थल अतिसंवेदनशील भएकाले त्यस्ता मतदानस्थलमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय सीमासँग जोडिएको कतिपय मतदानस्थलमा सुरक्षा चुनौती भए पनि त्यहाँ सुरक्षा व्यवस्था अति नै कडा पारिएकाले मतदाता सुरक्षित मतदान गर्ने वातावरण बनाइएको सुरक्षा अधिकारीको भनाइ छ । 

सीमावर्ती भारतसँग जोडिएको पर्सा जिल्लाको १०७ किमीमा पर्ने करिब दुई दर्जन सानोठूलो नाका भएकाले ती नाकाबाट आपराधिक प्रवृत्तिका व्यक्तिको प्रवेश हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी सो नाकामा भारतीय तथा नेपाली सुरक्षाकर्मीले विशेष निगरानी राखेको जनाइएको छ । चारवटा निर्वाचन क्षेत्र रहेको पर्सा जिल्लामा दुई लाख ९९ हजार ५४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

भोलि बिहीबार विहान ७ देखि बेलुका ५ बजेसम्म हुने मतदानका लागि मतदानस्थल र मतदाता हिँड्ने बाटोभरि सुरक्षा व्यवस्था अति कडा पारिएकाले आफ्नो अमूल्य मत खसाल्न पर्साका मतदाता आतुर रहेका छन् । मतदाता भन्छन्, “स्थानीय प्रशासनले यति ठूलो सुरक्षा व्यवस्था गरेकाले हामीहरु निर्धक्क भएर भोलि आफ्नो मताधिकारको प्रयोग गर्नेछौँ ।” 



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।