Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियकतारले गरायो ठूलो सम्झौता ! हमास दुई शर्त राखेर ५० जना बन्धकहरूलाई रिहा गर्न सहमत

कतारले गरायो ठूलो सम्झौता ! हमास दुई शर्त राखेर ५० जना बन्धकहरूलाई रिहा गर्न सहमत


एजेन्सी । आतंकवादी संगठन हमासले तीन दिने युद्धविराम र कैदीहरूको रिहाइको बदलामा ५० जना बन्धकहरूलाई रिहा गर्न कतारको मध्यस्थतामा भएको सम्झौतामा सहमत भएको छ।

यसबारे जानकारी दिँदै एक अधिकारीले समाचार एजेन्सी ‘रोयटर्स’लाई भने कि कतार र अमेरिकाको पहलमा बुधबार हमास र इजरायलबीच भएको सम्झौताअनुसार इजरायलले इजरायली जेलमा रहेका केही प्यालेस्टिनी महिला र बालबालिकालाई रिहा गर्नेछ।

यसले गाजामा मानवीय सहायताको मात्रा पनि बढाउनेछ। तीन दिनको युद्धविरामको अवधिमा गाजाबाट ५० बन्धकहरूलाई रिहा गरिने मिडिया रिपोर्टमा उल्लेख छ।

प्यालेस्टिनी आतंककारी समूह हमासले इजरायलमा अक्टोबर ७ मा गरेको हमला र हमास कमाण्डोले बन्धक बनाएपछि हमासद्वारा बन्धक रिहाइको यो सबैभन्दा ठूलो संख्या हो।

यद्यपी इजरायलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

अधिकारीका अनुसार इजरायल अझै यस सम्बन्धमा थप वार्ताको पक्षमा छ। यो सम्झौता अन्तर्गत इजरायलले आफ्नो जेलबाट कति प्यालेस्टिनी महिला र बालबालिकालाई रिहा गर्नेछन् भन्ने अझै थाहा छैन।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT