शर्मिला बर्देवाको मायाजालको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

  • सोमबार, १८ पुष, २०७३
  • 3 months ago
  • युके


लण्डन । बेलायतमा बस्दै आएकी लोकप्रिय गायिका शर्मिला बर्देवाले आवाज दिएको एक नयां गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

 

'मायाजाल..' बोलको गीतको म्युजिक भिडियो आइतबार लण्डनमा एक समारोह आयोजना गरेर गायिका बर्देवा र बेलायतको भ्रमणमा रहेका बिग आइकन साजन आलेले संयुक्त रुपमा विमोचन गरे ।


विमोचन कार्यक्रममा गायिका शर्मिलाले नयां पुस्तालाई उत्प्रेरित गर्ने सानो प्रयासस्वरुप नयां प्रतिभा बिग आइकन आलेबाट आफ्नो गीतको म्युजिक भिडियो विमोचन गराउन चाहेको बताइन ।


गीतमा कोमल मल्लको शब्द तथा किरण भण्डारीको संगीत संयोजन रहेको छ ।


बेलायतमै छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी तथा निर्देशक कुशल श्रेष्ठले गरेका हुन् । कृष्ण सुवेदी सहायक निर्देशक रहेको म्युजिक भिडियोमा सिनेमाटोग्राफी विष्णु श्रेष्ठले गरेका छन् । अभिनय विकेश बस्नेत र प्रमिला केसीले गरेका छन् ।


यो गीतको अष्ट्रेलियामा संगीत संयोजन, नेपालमा एरेञ्ज तथा बेलायतमा रेकर्डिंग र म्युजिक भिडियो निर्माण भएको हो ।

 



    Your Comment

    Loading...

    भिडियो


    Related Post

    बिकास उप्रेतीको स्वरमा भनन तिमीलाई म्युजिक भिडियो सार्वजनिक

    • 3 months ago
    बिकास उप्रेतीको स्वरमा भनन तिमीलाई म्युजिक भिडियो सार्वजनिक

    बिकास उप्रेतीको स्वरमा भनन तिमीलाई म्युजिक भिडियो सार्वजनिक सिड्नी, अस्ट्रेलियाको सिड्नीमा बसेर संगित साधानमा सक्रिय बिकास उप्रेतीको स्वरमा रहेको नयाँ गीत “भनन तिमिलाई कस्ले सिकायो? गीतको म्युजि

    चुनाव प्रचारका लागि दलहरुले बनाए सनसनीपूर्ण म्युजिक भिडियो, हेर्नुहोस् कसको भिडियो कस्तो ?

    • 5 days ago
    चुनाव प्रचारका लागि दलहरुले बनाए सनसनीपूर्ण म्युजिक भिडियो, हेर्नुहोस् कसको भिडियो कस्तो ?

    काठमाडौं, वैशाख ५ । स्थानीय निर्वाचन नजिकिँदै जाँदा दलहरुले चुनावी प्रचारलाई पनि तिव्र बनाएका छन् । र, दलहरुले चुनाव प्रचारका लागि विभिन्न माध्यमहरुको प्रयोग गरिरहेका छन् । प्रचारको माध्यममध्ये अहि

    सुभाष लामाको 'नाउ त मेरो अक्कले' म्युजिक भिडियो सार्वजनिक

    • 7 months ago
    सुभाष लामाको 'नाउ त मेरो अक्कले' म्युजिक भिडियो सार्वजनिक

    काठमाडाैं-युवा गायक सुभाष लामाको 'नाउ त मेरो अक्कले' म्युजिक भिडियो सार्वजनिक गरेको छ । ठटेउली सेलो भाकामा रहको सो म्युजिक भिडियो संगित क्षेत्रमा अहिले चर्चाको विषय बनेको छ ।

    hamropatro


    नेपाल

    एउटा निर्णय नहुँदा लाखौं लिटर पेट्रोलियम भण्डारण गर्ने ट्यांकी वर्षैंदेखी खाली

    एउटा निर्णय नहुँदा लाखौं लिटर पेट्रोलियम भण्डारण गर्ने ट्यांकी वर्षैंदेखी खाली

    धनगढी, वैशाख १० । पेट्रोलियम पदार्थ भण्डारण गर्न बेला बखत ट्यांकीको अभाव देखिएको अवस्थामा नेपाल आयल निगम धनगढीको कार्यालयमा रहेको मट्टीतेल भण्डारण गर्ने ट्यांकी भने प्रयोगविहीन अवस्थामा छ ।

     

    सात लाख ६० हजार लि क्षमताको उक्त ट्यांकी चार वर्षअघि खाली गराइएको भए पनि अहिलेसम्म प्रयोगविहीन अवस्थामा रहेको कार्यालयका प्रमुख नरेशकुमार डङ्गोलले बताए । “निगमको केन्द्रीय टोली आएर उक्त ट्यांकी खाली गर्ने निर्णय भयो”, डङ्गोलले भने, “डिजेल भण्डारण गर्ने भनेर खाली गरिएको भए पनि अहिलेसम्म निर्णय हुन नसक्दा ट्यांकी बन्द अवस्थामा छ ।”

    जीवनशैली

    डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

    डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

    शरीरमा भिटामिन बी–१२ को मात्रा धेरै हुादा डन्डिफोर आउने युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले गरेको एक अध्ययनले देखाएको छ ।