धुलो दूध प्लान्टको क्षमता तेब्बर बनाईने

मोरङ, ६ फागुन । एघार करोड रुपैयाँ लगानी थपेर दुग्ध विकास संस्थान विराटनगरले धुलो दूध कारखानामा उत्पादन क्षमता तेब्बर बनाउने भएको छ । संस्थानको विराटनगर शाखाका प्रबन्धक सरोजकुमार सिम्खडाका अनुसार चैतभित्रमा प्लान्टको क्षमता विस्तार भइसक्ने छ ।

 

चैत महिनामा दूध सङ्कलन कम हुने भएकाले कारखाना विस्तार सहज हुने अनुमान गरिएको छ । “हाल २० हजार लिटर दूधबाट धुलो दूध उत्पादन भइरहेको छ”, प्रबन्धक सिम्खडाले भन्नुभयो, “यसबाट एक हजार ६ सय किलोग्राम धुलो दूध उत्पादन हुन्छ । कारखानाको विस्तार गरिएपछि थप ४० हजार लिटर दूधबाट धुलो दूध उत्पादन गर्न सकिनेछ । दैनिक ६० हजार लिटर दूधबाट पाँच हजार किलोग्राम धुलो दूध उत्पादन गर्न सकिनेछ ।” धुलो दूधको कारखानाको विस्तार गरिएपछि पूर्वका किसानले ‘मिल्क होलिडे’को समस्या भोग्नु पर्दैन ।

 

प्रबन्धक सिम्खडाका अनुसार पूर्वक्षेत्रका किसानले जति दूध उत्पादन गरे पनि संस्थानले खरिद गर्नेछ । सो कारखानाबाट उत्पादित धुलो दूधको बजार काठमाडौँ हो । टेन्डर भएर संस्थानको परिसरमा मेसिन आइसकेको प्रबन्धक सिम्खडाको भनाइ छ । सो मेसिन जडान गरेपछि दूध उत्पादन बढ्नेछ । हाल किसानबाट सङ्कलित ३० हजार लिटर दूध विराटनगरस्थित आयोजनामा आइरहेको छ । विराटनगरमा सङ्कलन गरिने दूधमध्ये ६० देखि ७० प्रतिशत इलामबाट आउँछ ।

 

यसबाहेक पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी र सप्तरीबाट पनि दूध सङ्कलन भइरहेको छ । यसरी पूर्वाञ्चल क्षेत्र दूध र दूधजन्य पदार्थमा आत्मनिर्भर रहेको सिम्खडाको भनाइ छ ।

 

धुलो दूध मात्र नभई विराटनगरस्थित आयोजनाले उत्पादन गर्ने घिउ र मक्खनको ७० प्रतिशत बजार पनि काठमाडौँ हो । आयोजनाले दैनिक एक मेट्रिक टन मक्खन र त्यति नै मात्रामा घिउ उत्पादन गर्दै आएको छ ।

 

सो कारखाना स्व शैलजा आचार्य कृषिमन्त्री हुँदा संस्थानको विराटनगर कार्यालयस्थित परिसरमा स्थापना गरिएको थियो । सो कारखानालाई विसं २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेका थिए । रासस



Your Comment

थप समाचार

जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

  • 4 hours ago
जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

चितवन, मंसिर ५ । जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनकाे निधन भएकाे छ । वाम गठबन्धनको चितवनमा मंगलबार भएको कार्यक्रममा प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै उनी ढलेका&n

नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

  • 4 hours ago
नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्रा

पुटिनले ट्रम्पसँग फोनवार्ता गर्ने

  • 4 hours ago
पुटिनले ट्रम्पसँग फोनवार्ता गर्ने

सोची, रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना समकक्षी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मङ्गलबार टेलिफोन वार्ता गर्ने बताएका छन् ।


Loading...

भिडियो

hamropatro

नेपाल

नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

जीवनशैली

तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

एजेन्सी । समुद्र शास्त्रको अनुसार तपाईको निधारका ७ रेखाले तपाईको भविष्य बताउने विश्वास गरिन्छ । शास्त्रको अनुसार शारीरिक अंगको आधारमा मानिसको व्यक्तित्व र सोचको जानकारी पत्ता लगाउन सकिन्छ ।