Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसांसद पार्टीप्रति मात्र होइन देश र जनताप्रति समर्पित हुनुपर्छ: सांसद घर्तीमगर

सांसद पार्टीप्रति मात्र होइन देश र जनताप्रति समर्पित हुनुपर्छ: सांसद घर्तीमगर


काठमाडौँ । रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचितस्थल पनि हो । नेपाल एकीकरणपूर्व बाइसे र चौबिसे राज्य हुँदा सेन राजाहरु र काजीहरुको गुप्त सल्लाह तथा बसोबास हुने जिल्ला रोल्पा–रुकुम, प्युठान, दाङ, सल्यान र बागलुङजस्ता जिल्लासँग सीमाना जोडिएको जिल्ला हो । यही रोल्पा नेकपा (माओवादी)ले चलाएको सशस्त्र द्वन्द्वकालको एक उद्गमस्थल पनि हो, जहाँ माओवादी पार्टीका नेता कार्यकर्ता मात्रै सात सय ४२ सहिद भए । विसं २०५८ असार २७ गते भएको होलेरी आक्रमणमा सरकार र विद्रोही पक्षका गरी ३९ जना मारिएका थिए ।

लोकतान्त्रिक आन्दोलनको सफलतापछिका राजनीतिक गतिविधि र निर्वाचनमा माओवादीको प्रभाव नरहने कुरै भएन । यही जिल्लाका जनताबाट निर्वाचित भएका प्रतिनिधि मुलुकको सभामुख, अर्थमन्त्री र प्रदेशका मुख्यमन्त्री भइसकेका छन् । अरु जिल्लाको जस्तै रोल्पाको विकास पनि क्रमशः हुँदैछ तर जति हुनुपर्ने हो त्यति नभएको देखिन्छ ।

रोल्पालीका धेरै सपना पूरा हुन बाँकी नै छ, ती सपना माओवादीले मात्रै पूरा गर्न सक्दैन । यहाँको विकासका लागि अरु राजनीतिक दलको भूमिका पनि आवश्यक छ भनेर विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएकी ईश्वरी घर्तीमगर अहिले नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्य हुन्।

नुवागाउँको अरनिको माविमा पढ्दै गर्दा विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेकी सांसद घर्तीमगर पछि अखिल नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष भइन् । केही समय पत्रकारितामा पनि आफूलाई सक्रिय बनाएकी उनी प्रेस चौतारी नेपालको पनि जिल्ला अध्यक्ष भइन् । भूगोल र पार्टीको राजनीतिक भूमिकाबाट पहिलोपटक सिंहदरबारको संसदीय भूमिकामा आउँदा प्रारम्भमा उनको समय संसदीय अभ्यास, यसका नियमावली र आचारसंहिता आदिबारे सिकाइमै बित्यो । सरकार निर्माण, राष्ट्रपति–उपराष्ट्रपतिका निर्वाचन आदि घटनाक्रमले पनि विधि निर्माणको संसदीय भूमिकाको भेउ पाउन सांसद घर्तीमगरलाई केही समय लाग्यो ।

पार्टीको राजनीतिमा जस्तो एकोहोरो जिम्मेवारी पूरा गरेर पनि सांसदले सुख पाउँदैन । सांसद घर्तीमगरलाई अहिले यो कुरा स्पष्ट भइसक्यो कि सांसद भनेको पार्टीप्रति मात्रै उत्तरदायी हुने पद होइन, देश र जनताप्रति समर्पित भएर कानुन बनाउने विधायक हो । हुन त जनताले सानातिना (नागरिकता, राहदानी) देखि ठूला आयोजनासम्ममा सांसदलाई सम्झने गर्दछन् । जनताले आफ्ना कुरा सदनमा पुगोस् भन्ने चाहन्छन् । शून्य समय, आकस्मिक समय र विशेष समयमा समय पाएर हरेक विषयलाई न्याय गरेर बोल्न सांसदलाई पनि सहज छैन ।

जनताका आँखामा जुन सांसदले बढी बजेट र विकास ल्याउन सक्यो, त्यही ठूलो नेता कहलिन्छन् । ईश्वरीले हालसम्म धेरै पटक सदनमा उठाएको विषय–सहिदमार्गको निर्माण र स्तरोन्ततिबारे सरकारले पर्याप्त ध्यान दिएको छैन । द्वन्द्वकालमा लाइफलाइनका रुपमा लिइने २२० किलोमिटरको यो सडक दाङ–रोल्पा हुँदै पूर्वी रुकुमको हुकाममैकोटसम्म पुग्छ । घोराही–होलेरी सडकको अवस्था पनि बिजोग छ ।

“दयनीय अवस्थामा रहेको यो सडक बनाउन कनिका छरेजस्तो बजेट हालेर पुग्दैन । सांसद घर्तीमगर प्रश्न गर्छिन्, “बजेट र योजना पार्न सत्ता पक्षका सांसद हुनुपर्ने तथा मन्त्री र कर्मचारीलाई ढोग्न जानुपर्ने अवस्थाबाट देश बन्छ रु अहिले पनि रोल्पालीका सपना र चाहना पूरा गर्ने खालका योजना किन परेका छैनन् ?” रोल्पालीका शिक्षा, कृष र पर्यटन आदिका सपना पूरा गर्दै उनीहरुका जनजीवनमा परिवर्तन गराउन सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले विशेष पहल गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिकी सदस्य घर्तीमगर सरकारले विधेयक बनाउँदा सम्बन्धित संसदीय समितिका निर्देशनको पालना र सरोकार भएका पक्षसँग पर्याप्त छलफल नगरेको टिप्पणी गर्छन् । विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा अहिले भइरहेको शिक्षक–कर्मचारीको आन्दोलन त्यसैको उपज रहेको उनको बुझाइ छ । उक्त विधेयकलाई जस्ताको तस्तै पारित नगर्ने स्पष्ट गर्दै सांसद घर्तीमगरले यसमा सबै दलका सांसदबीचको छलफल र सहमतिका आधारमा अघि बढ्ने गरी पहल भएको स्पष्ट गरिन् । “सरकारले समितिका निर्देशन पालना गरिरहेको हुँदैन । विधेयक बनाउँदा पनि हामीसँग परामर्श हुन्न । औपचारिक निर्वाह गर्ने हिसाबले गरिने कामले जनता र सरोकारवालामा परिणाम दिन सकिन्न”, सांसद घर्तीमगरले भनिन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला

निर्धक्क भई मतदानमा सहभागी हुन आयाेगकाे आग्रह

काठमाडौँ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर

काठमाडाैँ विश्वकै प्रदूषित शहर बन्याे

काठमाडौँ । काठमाडौँ विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको ‘आईक्यू एअर’ ले गरेको मापनअनुसार आज

नेपाल र चीनबीच बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकाससम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल र चीनबीच दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयसँग विश्वव्यापी

पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छः आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता

Techie IT