प्रदेश न‌ं. ५ का प्रदेशसभा सदस्यहरुले लिए सपथ

प्रदेश–५ का प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय बलदेब शर्मा पोखरेललाई सपथ खुवाउँदै ।

बुटवल, माघ ७ । प्रदेशसभामा नवनिर्वाचित प्रदेश नं. ५ का सदस्यहरुले आज प्रदेशको अस्थायी मुकाम रुपन्देहीको बुटवलमा पद तथा गोपनीयताको सपथ लिएका छन् । 

 

प्रदेश नं. ५ का प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेललाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, राष्ट्र र जनताप्रति समर्पित रही सपथ खुवाएपछि पोखरेलले प्रदेशसभाका अन्य सदस्यलाई सामूहिक रुपमा सपथ गराए ।

 

नेपाली काँग्रेसबाट समानुपातिकतर्फ छनोट भएका पोखरेलको जन्म वि.सं. १९९५ माघ १९ गते प्यूठानमा भएको हो । उनी रुपन्देहीबाट प्रदेशसभा सदस्यमा समानुपातिकमा चयन भएका हुन् ।

 

अस्थायी मुकाम बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा स्थापित प्रदेशसभा संसद्को कार्यालयमा प्रदेश सदस्यको सपथ कार्यक्रम आयोजना गरिएको थियो । 

 

सो अवसरमा प्रदेशमा प्रत्यक्षतर्फ निर्वाचित ५२ र समानुपातिकतर्फका ३३ प्रदेश सदस्यले सपथ लिएका हुन् ।

 

नेकपा (एमाले)बाट समानुपातिकमा निर्वाचित अर्घाखाँचीकी जालपा भुसाल र राष्ट्रिय जनता पार्टीकी बिन पन्त आजको सपथ कार्यक्रममा उपस्थित हुन नसकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 5 hours ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 5 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 5 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।