वेश्यावृत्तिमा लागेकी एक वकिलकाे कथा...

हाम्रो समाजमा वेश्यावृत्ति शब्द सुन्नसाथ मानिसहरुले अनेकथरी सोच्ने गर्छन् । धेरैले यो पेशालाई नकरात्मक रुपले मात्रै हेर्ने गर्छन् । सामान्यरुपमा यस पेशामा लागेका हरु पनि कि त कुनै बाध्यताको कारणले यसमा लागेको बताँउछन कि त जबरजस्तीमा अरुले नै ल्याइदिएको बताँछन् ।


तर, तपाईलाई यो कुरा थाहा पाएर आश्चर्य लाग्न सक्छ कि ब्रासिलिया ब्राजीलकी ३४ वर्षिया क्लाउडियो डे मार्चीले वकिल जस्तो सम्मानित पेशा छोडेर वेश्यावृत्तिको काम सुरु गरेकी छिन् । यति मात्रै होइन् उनलाई आफ्नो नयाँ पेशामा गर्व छ ।


पहिले अदालतमा वकालत गर्ने क्लाउडिया ले भन्छिन्, उनी आफ्नो मर्जीले यो पेशामा आएकी हुन् । उनले भनिन् कि यो पेशामा उनलाई धेरै पैसा मात्रै मिल्दैन् कि यस काममा उनलाई धेरै ‘जब स्याटिस्फ्याक्सन’ पनि मिल्छ । उनले एक घन्टाको सेवा दिए बापत उनले एक मानिससँग १५० पाउण्ड अर्थात लगभग २० हजार रुपैंया लिने गर्छिन् ।


यसकारण छोडिन् वकालत 


वकालतमा आफ्नो पहिचान बनाइसकेकी क्लाउडिया एक समय अटोर्नी समेत बनेकी थिइन् । जो संवैधानिक कानुनमा एक विशेषज्ञको रुपमा जानिन्थिन् । आफ्नो पेशा बदल्नको पछाडी सबैभन्दा ठूलो कारण आफ्ना पहिलो जागिरलाई बताउने गरेकी छिन् । जसमा पुरुषहरुको दवदवा थियो र स्वार्थपुर्ण व्यवहार थियो ।


यसैले उनले पैसा कमाउनको लागि पुरुषहरुको दवदवा सहनुभन्दा आफ्नै शरिरको प्रयोग गर्न ठिक मानिन् । क्लाउडियाले आफ्नो एक ब्लग पनि सुरु गरेकी छिन् । जसको माध्यमबाट उनी अन्य महिलाहरुलाई मद्धत गर्ने गर्छिन् ।


उनले भनेकी छिन्, ‘मेरो यो विश्वास छ कि नारीवाद एक स्वतन्त्रता हो न कि एक दायित्व । मैले आफ्नो खुसी र जीवनधारालाई ध्यानमा राखेर नै यो फैसला गरेको हुँ ।’ 
त्यसैगरी उनको भनाई छ कि उनले केवल पढे लेखेका मानिसहरुसँग मात्रै सम्बन्ध बनाएकी छिन् । ‘जो मानिस पढे लेखेको हुँदैन् उनको विचारमा सहमत हुन सकिन्न र उनीहरुसँग कुनै पनि तरिकाको सम्बन्ध राख्न सकिँदैन्’ उनी भन्छिन् ।


क्लाउडियाले यो पेशामा आफ्नो नाम समेत लुकाएकी छैनन् । उनको भनाई छ कि वकालती पेशामा उनले जुन् उचाई हासिल गरेकी छिन् त्यसमा उनलाई गर्व छ र वेश्यावृत्ति गर्नको लागि आफ्नो परिचय बदल्नु पर्ने कुनै जरुरी छैन् ।


उनले बताएकी छिन् कि उनको आमा पनि उनको नयाँ पेशालाई सपोर्ट गर्छिन् । यतिमात्रै होइन उनको आमाले नै एक टिभी कार्यक्रम हेरेपछि उनलाई यो विचार दिएकी थिइन् जसमा एस्कोर्टको विलासी जीवनको बारेमा देखाइएको हुन्छ ।



Your Comment

थप समाचार

काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

  • 5 minutes ago
काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

  • 50 minutes ago
 मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध

प्रदेश नम्बर ३ का १ सय १० जना सांसदहरुले लिए सपथ

  • 1 hour ago
प्रदेश नम्बर ३ का १ सय १० जना सांसदहरुले लिए सपथ

हेटौँडा, माघ ७ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेशका सांसदहरुले शपथ ग्रहण लिएका छन् ।   


Loading...

भिडियो

hamropatro

नेपाल

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।