Techie IT
२०८१ वैशाख १९, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिशून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण

शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण


काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले गृहजिल्ला, निर्वाचन क्षेत्रलगायत स्थानका पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानबारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकमा सांसद डोलप्रसाद अर्यालले धादिङमा अस्पताल भवन निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै शीघ्र काम अघि बढाउन आग्रह गरे । सांसद तारा लामा तामाङले कञ्चनपुरका केही स्थानमा किसानले सरकारलाई मालपोत कर तिरेको भए पनि उक्त जग्गा धितो राखी ऋण लिन नपाएका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद तेजुलाल चौधरी तराई–मधेस आन्दोलनपछि सुझाव सङ्कलन गरी तयार गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । सांसद तोसिमा कार्कीले नीति तथा कार्यक्रममा ललितपुरका कला संस्कृतिका बारेमा कुनै ठोस कार्यक्रम उल्लेख नभएकोमा गुनासो गरे ।

सांसद दामोदर पौडेल वैरागीले अन्तर्राष्ट्रिय संस्थाले गरेको सहयोग स्थानीय गैरसरकारी संस्थाले मनपरी खर्च गरेको भन्दै सरकारलाई प्रभावकारी अनुगमन गर्न आग्रह गरे । सांसद दीपक खड्काले किमथाङ्का र चतरा जोड्ने सडक यही वर्षभित्र निर्माण गर्ने गरी काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद दामोदर भण्डारीले सुदूरपश्चिममा पशुचौपायामा देखिएको सङ्क्रमणको समयमै उपचार तथा रोकथामको माग गरे । सांसद दीपक गिरीले नेपाल कृषिप्रधान मुलुक भए पनि किसान मल नपाएर पीडित भएको उल्लेख गर्दै तत्काल मल बीउ आपूर्तिका लागि माग गरे । सांसद दीपकबहादुर सिंहले मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना र रोपवे सञ्चालन गर्न माग गरे ।

सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको चन्द्रनिगाहापुरमा स्थानीयले बैंकमा जम्मा गरेको रकम गायब भएको सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । सांसद देवेन्द्र पौडेलले बागलुङमा विभिन्न क्षेत्रमा सडक निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद नागिना यादवले युवा विद्यार्थी शिक्षा र रोजगारीका लागि विदेशिने गरेको बताउँदै विकासका लागि मुलुकभित्रै जनशक्ति तयार गर्ने नीति ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद ठाकुरप्रसाद गैरेले पाल्पामा विद्युत्को समस्याका कारण खानेपानीको समस्या भएको बताउँदै नियमित आपूर्ति गरी लोडसेडिङ अन्त्यको माग गरिन् ।

सांसद दिलेन्द्रप्रसाद बडूले यही जेठ १ गते नेपाली सेनाका पाँच जनाले सगरमाथाको सफल गरेको आरोहण फर्कने बेलामा तीन जना घाइते भएका र त्यसमध्ये सहसेनानी दिपेन्द्र खत्रीले अवस्था गम्भीर रहेकाले र थप उपचारका लागि विदेश लैजाने व्यवस्था गर्न आग्रह गरे ।

सांसद निर्मला कोइरालाले पर्सामा रहेको वीरगञ्च चिनी कारखाना पुनःसञ्चालनका लागि आगामी बजेटमा व्यवस्था गर्न माग गरिन् । सांसद निशा डाँगीले गाउँमा किसानका दूधले बजार नपाएको बताउँदै ठूला सहरमा भारतबाट दूध आयात गर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद नैनकला थापाले आगामी आवको नीति तथा कार्यक्रममा महिलाको पाठेघर क्यान्सरको पहिचानको निःशुल्क व्यवस्था गरिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक उपकरण ल्याउनुपर्ने बताइन् । सांसद पुष्पबहादुर शाहले अछाममा विगतको बाढीपहिरोबाट पीडितको तत्काल पुनःस्थापना गर्न माग गरे ।

सांसद पूर्णबहादुर घर्तीमगरले ढोरपाटन सिकार आरक्ष क्षेत्रका जनताका समस्या समाधानका लागि आग्रह गरे । सांसद प्रकाशमान सिंहले पैदलयात्री मैत्री बाटो नहुँदा दुर्घटना बढेको बताउँदै तत्काल नयाँ बानेश्वरको आलोकनगर–प्रयागमार्ग जोडने आकाशेपुल निर्माण गर्न माग गरे ।

सांसद प्रतिक्षा तिवारीले जनकपुरलगायत क्षेत्रमा खानेपानीका मुहान सुक्न लागेको बताउँदै सामाधानका लागि सरकारसँग माग गरे । साथै उनले सरकारी कार्यालय आफ्नै भवनमा राख्ने व्यवस्था गर्न माग गरे। सांसद प्रदीप पौडेलले हरेक प्रविधिमा इन्टरनेटको आवश्यकता भए पनि त्यसको गुणस्तर र नियमितता नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रदीप यादवले मधेस प्रदेशको सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि केही अभियन्ता काठमाडौँसम्म पैदलयात्रामा हिँडेको बताउँदै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रभु साहले रौतहटको सिँचाइ आयोजनामा बजेट छुट्याउने तर समयमै निर्माण नगर्नेलाई कारबाही गर्न माग गरे । सांसद प्रेमबहादुर महर्जन मच्छेन्द्रनाथको मन्दिर र सो क्षेत्रलाई विश्वसम्पदा सूचीमा राख्न माग गरे ।

सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्बन्धमा ठूला नेताका सार्वजनिक अभिव्यक्तिको सत्यतामाथि सरकारको ध्यान जानुपर्ने बताउँदै सो प्रकरणमा आरोपी सबैमाथि छानबिन गर्न माग गरे ।

सांसद बद्रीप्रसाद पाण्डेले दाङमा किसान बाबुराम चौधरीको समाचार सम्बन्धमा ध्यानाकर्षण गराउँदै किसानका बिक्री हुन नसकेका उत्पादन सरकारले खरिद गर्ने तथा भण्डारण गर्ने व्यवस्था गर्न माग गरे ।

सांसद बलराम अधिकारीले ऊखु किसानले मूल्य नपाएपछि आन्दोनलन गर्दै आएको र सो बेला भएको सम्झौता कार्यान्वयन नभएपछि अहिले किसानले माइतीघरमा पुनःआन्दोलन गर्नुपरेका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद वसन्तकुमार नेम्वाङले तमुर क्षेत्रमा ११ वर्षदेखि पुलको निर्माण भइरहेको र हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको सम्बन्धमा ध्यानाकर्षण गराउँदै शीघ्र निर्माणको माग गरे ।

सांसद वासुदेव घिमिरेले सार्वजनिक जग्गा र पार्कको दिगो व्यवस्थापनका लगि आवश्यकताअनुसार भौतिक संरचना बनाउन तथा दिगो व्यवस्थापन का लागि कानुन बनाउन माग गरे ।

सांसद विनिता कठायतले कर्णालीमा धेरै कलासंस्कृति सम्पदाका धरोहर भए पनि त्यसलाई विश्वसम्पदा सूचीमा राख्नका लागि नीति तथा कार्यक्रममा कुनै योजना नआएको भन्दै सरकारको ध्यानाकर्षण गराए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले महोत्तरीमा आगलागीका कारण घरबारविहीन भएका १५० घर परिवारलाई राहत सामग्री वितरण गरेको छ । बैंकले

सबैभन्दा धेरैं रेमिट्यान्स भित्र्याएको भन्दै ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रूपमा ग्लोबल आइएमई बैंक सम्मानित भएको

प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको बाबुराम…

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताका लागि जे पनि गर्न

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

चुनाव हारेका मिलन लिम्बु भन्छन्ः साग पसल खोल्छु, राजनीति गर्छु

काठमाडौँ । इलाम २ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले अब साग पसल खोलेर काम

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौँ । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी बढेसँगै एयर कुलरहरूको माग बढ्न

Techie IT