६ वर्षमै यौन दासी बनेकी महिलाको पीडाः ‘१ हजार ७ सय १६ घण्टासम्म बलात्कृत भएँ’

एजेन्सी । हाम्रो समाज बालबालिका प्रति कति संवेदनशिल छ ? उनीहरुमाथि कुनै पनि किसिमका हिंसा रोक्न समाज कति सचेत छ ? खासगरी समाजको संरचना नै बालबालिका मैत्री छ की छैन ? वर्षौँदेखि यस्तो बहस उठ्दै आए पनि बालबालिका अझै सुरक्षित छैनन् भनी विभिन्न अनुसन्धानले तथ्य सार्वजनिक गरेका छन् ।

 

बेल्जियममा एनेका लुकास नाम गरेकी एक बृद्धाको बाल्यकालको घटनाले पनि यस्तो प्रमाणित गर्छ । एनेकाको बाल्यकालका दिन पढ्ने हो भने शरिरका रौं ठाडा हुन्छन् । यहाँ उनको बाल्यकालको पीडादायी संस्मरण उनकै शब्दमा भावानुवाद गरिएको छ ।

 

‘मेरो नाम एनेका लुकास हो । एक आमा हुँ म । अचेल म योगा अभ्यासको काममा क्रियाशिल छु । बाल यौन हिंसाबाट बाल बाल बाँचेकी महिला पनि हुँ म । जब म ६ वर्षकी थिएँ साढे ५ वर्षका लागि यौन हिंसाको सिकारमा फसेँ ।

 

बेल्जियममा म रहँदा त्यहाँका कुलिन वर्गका पुरुषहरुको एउटा संजाल नै थियो । जसको चंगुलमा थुप्रै बालिका परेका थिए । थुप्रै बालिका भएको ठाउँमा ति उच्च घरानियाँ पुरुषहरु अत्याधिक रक्सी सेवन गरेर आउँथे । र उनीहरु बालिकालाई उपाभेगको वस्तु ठान्थे । र हामीहरु मुख्य रुपमा यौनका लागि प्रयोग हुन्थ्यौँ । उनीहरु अधिकांश कुलिन वर्ग (एलिट) का हुन्थे । जो बालबालिकालाई मार्न पनि चाहन्थे ।

 

त्यसपछि मेरो समय आयो । ११ वर्षको उमेरमा म झण्डै मारिएँ । मलाई कसैले अत्याधिक यातना दियो । मलाई उसले बन्धनमा पार्यो । मेरो शरिर पूर्ण रुपमा चिथरियो । अहिले पनि ति हरेक खतहरुले त्यही घटनाको झल्को दिन्छन् ।

 

मलाई त्यसबेला लाग्यो की, म मर्दैछु । त्यस सन्जालमा केही माया पनि गर्थे । उनीहरु मलाई उद्धार गर्न चाहन्थे । यस्तो यातना केही घण्टासम्म दिइन्थ्यो । मैले उक्त सन्जालभित्र साढे ५ वर्ष बिताएँ । त्यसबेला म धेरै, धेरै, धेरै पटक बलात्कृत भएँ ।

 

मलाई आफ्नो शरिरमा कति खत छन् भन्ने पनि थाहा थिएन । प्रायः हरेक रात यसरी बलात्कृत हुनुपथ्र्यो । मुख्य गरी हरेक सप्ताहान्तमा यस्तो गरिन्थ्यो । हरेक हप्ता ६ घण्टा बलात्कृत हुनुपथ्र्यो । यसरी मेरो त्यस अवधि हिसाव गर्दा १ हजार ७ सय १६ घण्टासम्म बलात्कृत हुनु पर्यो । र यो सबै १२ वर्षको उमेर भन्दा अघि नै भएको थियो ।

 

हुर्कँदै गर्दा म त्यहाँबाट उद्धार हुन सफल भएँ । र मलाई त्यस देशबाटै बाहिर लगियो । युवति भइसक्दा थुप्रै यौन सम्बन्धि कार्यक्रमका लागि मलाई प्रचार गरियो । मलाई पुरुषका लागि आकर्षक युवतिको रुपमा प्रस्तुत गरियो । पछि परिपक्व महिला भइसक्दा भने मलाई अत्याधिक अपमान गर्न थालियो । मैले अति नै अपमानित महसुश गर्न थालेँ ।

 

मलाई एक अति नै तल्लो स्तरको बेश्या भनेर अपमान गरिन्थ्यो । म त्यो सबै अपमानबाट मुक्त हुन चाहन्थेँ । म त्यस्तो अपमानबाट स्वतन्त्र बन्न चान्थेँ । यसका लागि नै वर्षौँसम्म संघर्ष गर्नुपर्यो । थुप्रै पीडा बोकेर वर्षौँसम्म संघर्ष गरिरहेँ ।

 

हरेक बालबालिका समाजमा सुरक्षित हुनुपर्छ भनी संघर्ष गरेँ । हरेक बालबालिका समाज निर्माणकर्ता हुन् । हाम्रो समाजको संरचना नै यस्तो छ की, म बालिका छँदा जे गरेँ त्यो मेरो गल्ती थियो भनी प्रचार हुन्छ । तर म जस्तो थिएँ जसरी मलाई प्रयोग गरियो त्यो कुनै पनि हिसावले अपराध थियो । अहिले म ठीक छु । संसारका करोडौं बालबालिकाहरु म जस्तै अपमानित नहोउन् उनीहरु सुरक्षित होउन् ।

 



Your Comment

थप समाचार

एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

  • 3 hours ago
एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

लण्डन । गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा र कोषाध्यक्ष हिक्मत थापा युथ इन्स्पाइरेसन अवार्डले सम्मानित भएका छन ।

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

  • 9 hours ago
परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस

अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

  • 9 hours ago
अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

काठमाडौँ, माघ २ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् ।   अनेरास्ववियूद्वारा आयोजित दुईदिने


Loading...

भिडियो

hamropatro

नेपाल

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

जीवनशैली

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ ? चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

विचित्र विश्व

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।