ड्यूटीमा खटिएका ट्राफिकलाई भिडले घेरेर यसरी कुटे ( भिडियो )

ट्राफिक प्रहरीको ज्यानको सुरक्षा भएन

  • बुधबार, २८ भदौ, २०७४
  • 2 months ago
  • नेपाल

काठमाडौं, भदौ २८ । सवारी नियम पालना गराउन राजधानी सहर काठमाडौंमा मात्रै हरेक दिन हजारौंको संख्यामा ट्राफिक प्रहरी खटिन्छन् । चर्किँदो घाम र दर्कँदो झरीमा धुलाम्मे बनेर सवारी आवागमन सहज बनाउन लागिपरेका उनीहरुको दुर्दशा पीडादायी पनि छ ।

 

हालै काठमाडौंको चक्रपथ क्षेत्रमा एक जना ट्राफिक प्रहरीको अवस्थाले यही पुष्टि गर्छ । उक्त भिडियो सामाजिक संजालमा भाइरल बन्दैगरेको छ । उक्त भिडियो हेरिसकेपछि यस्तो लाग्छ कि, आम पैदलयात्रुको सुरक्षाका लागि खटिएका ट्राफिक प्रहरीको भने सुरक्षा छैन ।

 

भिडियोमा एक ट्राफिक प्रहरी चालकहरुको समुहको बीचमा गएर उनीहरुलाई केही सम्झाउन खोजिरहेका देखिन्छन् । हातमा चिट बोकेर चालकहरुको भिडमा पुगेका ति ट्राफिकलाई केही बेरमै एक चालकले धकेले । धकेलेपछि उनी पछाडि पछारिनै लाग्दा फेरि अर्का चालकले पछाडिबाट टाउकोमा हिर्काए ।

 

ति ट्राफिकले आफूमाथि आक्रमण भएका व्यक्तिलाई हेर्न नभ्याउँदै उनलाई केही चालकको समुहले घेरेर पिट्न थाल्यो । उनका साथी भिड छुट्याउन भनी परबाट आइपुग्दा त्यहाँ चालकहरुको भिड यति ठूलो भइसकेको थियो कि त्यहाँ दुई जना ट्राफिक प्रहरीले भिड साम्य बनाउन सक्ने अवस्था नै थिएन ।

 

सामाजिक संजालमा भाइरल बनेको यस भिडियोका लागि हजारौँ मानिसले प्रतिक्रिया दिएका छन् । अधिकांशले चालकहरुको उक्त भिडलाई गाली गरेका छन् भने केहीले प्रहरीको संरचनामाथि नै प्रश्न उठाएका छन् । कतिले त प्रहरीको ब्यवहारका कारण आम नागरिकले प्रहरीलाई हेर्ने दृष्टिकोण नै नकारात्मक भएको जस्ता प्रतिक्रिया पनि दिएका छन् ।

 

भिडियो :

 



Your Comment

थप समाचार

युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

  • 3 hours ago
युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

लण्डन । बेलायतका ब्रेक्जिट मामिलाका मन्त्री (ब्रेक्जिट सेक्रेटरी) डेभिड डेभिसले ब्रेक्जिटको प्रक्रियामा आवश्यक सम्झौता गर्न युरोपेली संघ तयार हुनुपर्ने बताएका छन् ।

सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

  • 3 hours ago
सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

गत अगस्ट १८ मा सुरु गरिएको दोस्रो फेजको लगानीको अवसर यहि नोभेम्बर ३० तारिखमा बन्द गर्न लागिएको सगुनले जनाएको छ ।

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

  • 6 hours ago
"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 


Loading...

भिडियो

hamropatro

नेपाल

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 

जीवनशैली

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

जोकोही पुरष ह्याण्डसम लुकमा हिड्न चाहान्छन् । तर, पुरुषहरुको छाला महिलाको तुलनामा रफ हुन्छ । यसकारण उनीहरुलाई आफ्नो छालाको हेरचाह गर्नु आवश्यक पर्छ ।