चर्चा कमाउन अर्बपति साक्षी राखेर ३०० खर्चमा विवाह, पाहुना विदा भएपछि फेरि यस्तो...

काठमाडौं । सोमबार बिहान एक व्यक्तिले अर्बपति उपेन्द्र महत्तो साक्षी राखेर रु. ३०० खर्चमा बिहे सम्पन्न गरे । उनको विवाह सामाजिक सञ्जालदेखि अनलाइन मिडियामा भाइरल बन्यो । ति व्यक्ति थिए समता स्कुलका फाउण्डर उत्तम सञ्जेल ।

 

‘३ सय रुपैयाँमै विवाह सम्पन्न, चप्पल लगाएरै बिहे !’ शीर्षकमा समाचार प्रकाशन भए । ४१ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएका सञ्जेलले उदाहरणीय काम गरेको भन्दै सामजिक सञ्जालमा बधाइ दिनेहरुको ओइरो थियो । 

 

सस्तोमै विहेको गरेको सस्तो चर्चा सेलाउन नपाउँदै उनी यतिबेला आलोचनाको पात्र बनेका छन् । उनले सोमबार गुहेश्वरी मन्दिरमा सुन्दरीजलकी कला अधिकारीसँग विवाह गरेका हुन् । 

 

तीन सय रूपैयाँ खर्चमा विवाह सम्पन्न गरिएको कारण उनको जोडी चर्चामा आयो । तर अन्तिममा दोस्रो विवाह मण्डपको तस्बिर बाहिर आयो त्यसपछि भयो उनीहरुको नाटकको ‘पर्दाफास’ ।

 

जाबो ३०० रुपैयाँमा सामान्य चप्पल र टिसर्टमा सजिएका सञ्जेलको विवाहले एकाएक सामाजिक सञ्जालमा चर्चाको सगरमाथा चुमेको थियो । तर, उनको त्यो नाटक चार घण्टा पनि टिकेन । मन्दिर परिसरमा गरिएको विवाहमा सहभागी जन्तीलाई विदा गरेपछि उनले जग्गेमा राखेर अर्को विवाहा गरेको खुलासा भएको हो ।

 

सञ्जेलले २०० सय रुपैयाँको माला, ७५ रुपैयाँको पोते र २५ रुपैयाँको सिन्दुर किनेको भन्दै ३०० रुपैयाँमा बिहे गरेको सबैलाई बताएका समेत थिए । साँझ परेपछि भने त्यो विवाहमा टिकिरहन सकेनन् र उनी पुरानै रुढीवादी विवाहमा फर्किए ।

 

पशुपति क्षेत्रको गुहेश्वरी मन्दिरमा गरिएको विवाह समारोहमा कलाकार र पत्रिकाका सम्पादकसमेत गरेर मात्रै १०/१२ जना विवाह समारोहमा सहभागी थिए । विवाह समारोह झण्डै पाँच मिनटमै सकिएको थियो । 

 

विवाह समारोहमा व्यवसायी उपेन्द्र महतो, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, सिताराम कट्टेल, गुणराज लुईटेल, प्रतिक प्रधान, सुबास घिमिरे लगायत उपस्थित थिए । उनीहरुले लड्डु समेत बाँडेका थिए ।

 

तर पछिको तस्बिरमा पुरोहितसहितको जग्गेबाट धुमधामले गरिएको विहेको फोटो सार्वजनिक भएपछि उनी आफैंले सो कुरा स्वीकार गर्दै संस्कृतिलाई मिच्न नसकिएको बताए । 

 

उनी पाहुना गएपछि जम्बो आफन्तहरुसहित जग्गेमा बसेर पुनः विवाह गर्न राजी भएका हुन् । जग्गेमा बसेर गरेको बिहेमा दुलाहा, दुहलीले अर्कै माला लगाएका छन्, होम हालिएको छ । छेउमा लिंगो ठड्याइएको छ । पुरोहित पनि छन् ।

 

पहिले आदर्श जोडी भनेर चर्चा पाएका यी नवविवाहिताले केही घण्टामै चर्को आलोचना खेपिरहेका छन् ।

 


थप समाचार

‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’

  • 8 minutes ago
‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’

काठमाडौँ । स्थानीय तहअन्तर्गत वडाध्यक्षभन्दा तलका पदमा कानूनी व्यवस्था नभएकाले कानून संशोधन नगरी उपनिर्वाचन गर्न समस्या देखिएको छ । निर्वाचन आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार वडाध्यक्षभन्दा मा

पाँच दिनपछि इन्टरनेट सञ्चालनमा

  • 14 minutes ago
पाँच दिनपछि इन्टरनेट सञ्चालनमा

हुम्ला । हिमाली जिल्ला हुम्लामा पाँच दिनसम्म अवरुद्ध भएको इन्टरनेट एडिएसएल सेवा आजदेखि सञ्चालनमा आएको छ ।

भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौँ ल्याइयो

  • 17 minutes ago
भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौँ ल्याइयो

काठमाडौँ । भारत मणिपुरहुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने लागिएकाबेला भारतबाट उद्धार गरिएका १७९ जनालाई आज काठमाडौँ ल्याइएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।