Techie IT
२०८१ जेठ ६, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायल तनावमा ! इरानद्वारा खतरनाक मिसाइल ‘खैबर’को सफल परीक्षण

इजरायल तनावमा ! इरानद्वारा खतरनाक मिसाइल ‘खैबर’को सफल परीक्षण


एजेन्सी । इरान र इजरायलबीचको तनाव झनै बढेको छ । जहाँ इरानको आणविक कार्यक्रमलाई लिएर आक्रोशित इजरायलले खुला चेतावनी दिएको छ ।

इरानले २ हजार किलोमिटरको लक्ष्यमा प्रहार गर्न सक्ने खतरनाक ब्यालेस्टिक मिसाइल ‘खैबर’को सफल परीक्षण गरेर आफ्नो मनसाय प्रकट गरेको छ ।

इरानले अर्को क्षेप्यास्त्र पनि परीक्षण गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

रिपोर्टका अनुसार चौथो पुस्ताको क्षेप्यास्त्र भएको दाबी गरिएको छ, जसले २,००० किलोमिटर टाढाको लक्ष्यलाई प्रहार गर्न सक्छ।

इजरायलका सेना प्रमुखले इरानलाई दिएको चेतावनीपछि इरानले यो क्षेप्यास्त्र परीक्षण गरेर आफ्नो खतरनाक नियत देखाएको बताइएको छ ।

इरानको मिसाइल सूचीमा खैबर मिसाइल पनि थपिएको छ । पश्चिमी देशहरूसँग जारी तनावको बीचमा यस मिसाइलको परीक्षण इजरायलका लागि समस्या बन्न सक्छ। तेहरानमा एक कार्यक्रममा यो मिसाइल परिक्षण गरिएको हो । यो ट्रकमा लन्चरको सहयोगमा प्रक्षेपण गरिएको थियो।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अफगानिस्तानको घोर प्रान्तमा बाढीले ५० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । मध्य अफ्गानिस्तानको घोर प्रान्तमा आएको

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन राजदूतावासको आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार

इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो

काठमाडौँ । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ गरी नेपाल ल्याएको

भ्लादिमिर पुटिन र सी जिनपिङबीच भेटवार्ता

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । सीलाई भेट्न पुटिन बेइजिङ पुगेका

नरेन्द्र मोदीको सम्पत्ति ३ करोड

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम

क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमति

काठमाडौँ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति

Techie IT